खलङ्गा । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएको खबर छ । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहुमगरको घर पहिरोमा पुरिएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम प्रहरी निरीक्षक सुशील थापामगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहुमगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहुमगर बेपत्ता भएका छन् ।
दिउँसो ३ः३० बजे घटना घटेलगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली घटनास्थलतर्फ गएको थापामगरले बताउनुभयो ।
‘अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ’ उहाँले भन्नुभयो । (रासस)