पोर्टमोरेस्बी । पपुवा न्युगिनीको बोगेनभिल टापुमा रहेको लगिङ क्याम्पमा भारी हतियारधारी समूहले गरेको आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा तीन जनाको ज्यान गएको छ ।
सैन्य अधिकारीहरूका अनुसार सो घटनामा अन्य धेरै घाइते भएका छन् ।
हतियारधारी समूहले टोनोलीमा रहेको शिविरमा आक्रमण गरेको थियो । स्वशासित क्षेत्र बोगेनभिलको दक्षिणमा – उक्त टापु रहेको अधिकारीहरूले एक विज्ञप्तिमार्फत सो जानकारी दिएका छन् ।
सशस्त्र समूहले कब्जामा लिएका लगिङ क्याम्प अधिकारीहरू अक्टोबर ३, २०२२ सोमबारसम्म पनि फिर्ता गर्न असमर्थ भएको प्रहरीले जनाएको छ ।
यस आक्रमणमा परी टोनोलेई एकीकृत कृषि परियोजनाको साइटमा आधारित दुई स्थानीय र एक प्रवासीको ज्यान गएको स्वायत्त बोगेनभिल सरकारले जानकारी दिएको छ ।
बोगेनभिलका प्रहरी प्रमुख फ्रान्सिस टोकुराले एएफपीलाई मारिनेमा एक मलेसियाली नागरिक रहेका जानकारी दिएको छ । (रासस÷एएफपी)