किभ । युक्रेनको जापोरिझिया सहरमा सेप्टेम्बर ३०, २०२२ शुक्रबारका दिन रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।
युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार जापोरिझिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारुखले टेलिग्राममा भनेका छन्– ‘सत्रुले जापोरिझियाबाट बाहिरिने बाटोमा नागरिक मानवीय काफिलेमा रकेट आक्रमण गरेका छन् ।’
युक्रेनको राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोलाई उद्धृत गर्दै सिएनएनले उक्त हडतालमा मारिनेमा ११ वर्षीया बालिका १४ वर्षीय युवक रहेको बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार औपचारिक रूपमा चार क्षेत्रहरू डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिझियाको विलयको घोषणा गर्दै सो निर्णय लाखौँ मानिसको इच्छा रहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार पुटिनले चारओटा गाभिएका क्षेत्रका बासिन्दा अब रुसका वास्तविक नागरिक हुने बताए ।
राष्ट्रपतिले अब नयाँ क्षेत्रको रक्षा गर्ने दायित्व रुसको रहेको बताएका छन् । उनले जनमत सङ्ग्रहको नतिजालाई लाखौँ जनताको इच्छा पनि भने ।
गत फेबु्रअरी २४ मा डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रहरूले आफ्नो रक्षा गर्न मदतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो । (रासस–एएनआई)