मोगादिसु । सोमालियामा थप १७ जना लडाकु मारिएका छन् । सुरक्षाकर्मीको कारबाहीका क्रममा बिहीबार उनीहरू मारिएको अधिकारीहरूले जनाएका छन् ।
Advertisement
मारिएका सबै जना अलसबाब समूहका लडाकु भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारबाही अझै पनि तीव्र रुपमा जारी रहेको जनाएको छ । देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुरलगयतका ठाउँमा अतिवादी लडाकु समूह विरुद्धको कारबाही चलाइएको हो ।
सोमालियामा यस वर्षको सुरुदेखि नै सुरक्षा कारबाहीलाई तीव्रता र प्राथमिकता दिइएको अधिकारीहरूले जनाएका छन् । सुरक्षाकर्मीहरूले लक्षित गरेको सबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ । त्यसैगरी कतिपय उच्चपदस्थ अधिकारीहरूलाई सो समूहले आक्रमण गरेको थियो । (रासस/सिन्ह्वा)





