• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा इमानदारिताको अभाव


  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
  • वासुदेव पोखरेल ##
    २०७९ साउन २ गते कान्तिपुर दैनिकमा प्रकाशित एउटा अन्र्तवार्तामा माओवादी केन्द्रका अध्यक्ष का. प्रचण्डले भनेका छन् : “काङ्ग्रेसले माओवादीलाई हराउन जिल्ला जिल्लामा एमालेसँग तालमेल गरेको छ । रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालिकोट सल्यान हेर्नुस् । माओवादी बलियो भएको ठाउँमा माओवादीलाई हराउनुपर्छ भनेर खुलेआम लागे । माथि नीति बनेको छ, एमालेसँग तालमेल नगर्ने तर तल माओवादीलाई हराउन तालमेल गरिएको छ । काङ्ग्रेसका नेताहरूलाई आउँदो चुनावमा त्यस्तो हुनुहुदैन भनेका छौँ ।”

    Advertisement

    तर काङ्ग्रेसलाई उक्त आरोप लगाउने बेलामा अध्यक्ष प्रचण्डले यो कुरा गर्न सकेनन् कि स्वयम् माओवादीले पनि देशका कैयौँ ठाउँमा गठबन्धनमा सामेल सहयात्री दलका उम्मेदवारलाई हराउन एमालेसँग तालमेल गरेको थियो, जसको उदाहरणको रूपमा प्युठानको झिमरुकलाई लिन सकिन्छ, जहाँ राजमो विरुद्ध माओवादीले एमालेसँग चुनावी तालमेल गरेको थियो ।

    उक्त तालमेल (झिमरुकमा एमालेसितको तालमेल) को नीति माओवादी केन्द्रको एमालेसित चुनावी तालमेल नगर्ने नीतिका विरुद्ध भएको कुरा स्वयम् उक्त पार्टीको लुम्बिनी प्रदेश कार्यालयले सार्वजनिक गरेको पत्रबाट पनि थाहा हुन्छ । त्यो पत्रमा पार्टीको घोषित नीतिका विरुद्ध एमालेसित तालमेल नगर्न सचेत गराइएको थियो । यदि पार्टीको घोषित नीति विपरीत तालमेल गरेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो तर त्यसरी आफ्नो पार्टीको नीति विपरीत एमालेसित तालमेल गर्ने झिमरुकको पार्टी कमिटी वा आफ्नो कुनै सदस्यलाई माओवादीले कार्बाही गरेन । उल्टो यसरी पार्टीको घोषित नीतिको उल्लङ्घन गरी चुनाव जित्ने पार्टीको सदस्यलाई काठमाडौँमा बोलाएर स्वयम् अध्यक्ष प्रचण्डले सम्मान गरेको दृष्य सामाजिक सञ्जालमा समेत पोस्ट गरिएको थियो । साथै उक्त पोस्टमा माओवादी कार्यकर्ताले गरेको कमेन्ट पढ्दा घोषित नीतिका विरुद्ध गएर चुनाव जितेकोमा उनीहरूमा कुनै पश्चाताप होइन, प्रचण्डको सम्मान कार्यक्रमबाट भविष्यमा पनि पार्टीका घोषित नीतिका विरुद्ध जान उनीहरूलाई (माओवादी कार्यकर्तालाई) थप हौसला मिलेको छ ।

    कान्तिपुर दैनिकमा दिएको अन्तवार्तामा माओवादीलाई हराउन काङ्ग्रेसले एमालेसित समेत तालमेल गरेको आरोप लगाउँदा प्रचण्डले आफूहरूबाट पनि चुनाव जित्नैका लागि भएको अराजनीतिक चुनावी तालमेलबारे पनि आत्मालोचना गरेको भए केही इमानदारिता देखिन्थ्यो ।

    नेपालका राजनीतिक पार्टीहरूमा आफ्नो छुद्र महत्त्वाकाङ्क्षा पूरा गर्नैका लागि आफ्ना पूर्वघोषित नीतिलाई तिलाञ्जली दिने, अराजनैतिक कृयाकलाप वा गठबन्धन गर्ने गरेका थुपै्र उदाहरण पाइन्छन्, जसले गर्दा राजनीतिक पार्टी वा बहुदलीय व्यवस्था बदनाम हुने र प्रतिगमनले बारम्बार टाउको उठाउने अवसर प्राप्त गरिरहेको छ ।

    स्मरण रहोस्, देशका राजनीतिक पार्टीमध्ये राजमो मात्र यस्तो पार्टी हो, जसले आफ्ना घोषित नीतिका विरुद्ध कहिल्यै पनि आफ्नो फाइदाका लागि यस प्रकारका अराजनीतिक र सिद्धान्तहीन सौदाबाजी गर्ने गरेको छैन । गत स्थानीय चुनावमा पनि कैयौँ स्थानमा हार्न तयार भयो तर घोषित नीति विरुद्ध राजमोले एमाले र राजावादीसँग कहि पनि तालमेल गरेन तर राजमोलाई छाडेर देशका अन्य राजनीतिक पार्टीहरूको विगतलाई अध्ययन गर्ने हो भने प्रष्ट हुन्छ कि उनीहरू कैयौँपटक आफ्नो राजनीतिक वा पदीय फाइदाका लागि आफ्ना पूर्व निर्धारित नीति वा अडानबाट पछाडि हट्ने र जनविरोधी तथा राष्ट्रघाती नीतिलाई बल पु¥याउने कार्यमा सामेल भएका छन् ।

    यसरी राजनीतिक पार्टीका सिद्धान्तहीन र अनुशासनविहिन कृयाकलापका कारणले स्वयम् राजनीतिक पार्टीप्रति नै जनताको वितृष्णा जागिरहेको छ र यसैलाई उपयोग गरेर प्रतिगमनले आफ्नो पन्ना फैलाउँदै लगिरहेको छ । त्यसकारण देशका राजनीतिक पार्टीले आफ्ना छुद्र र सङ्कीर्ण महत्त्वाकाङ्क्षा पूरा गर्न आफ्ना घोषित नीति, सिद्धान्त र अनुशासनमा जस्तोसुकै सौदाबाजी गर्न पनि पछाडि नपर्ने स्वार्थ समूहको जस्तो चरित्र प्रदर्शन नगरेर राष्ट्र र जनताको हितमा आफ्ना घोषित नीति र सिद्धान्तमा जस्तोसुकै कठिन परिस्थितिमा पनि अडान लिन सक्ने राजमोको चरित्रबाट केही सिक्न सकेमा देशकै राजनीतिक चरित्रमा समेत केही हदसम्म सुधार हुने थियो कि ?

    आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.