काबुल । तालिबान प्रशासनका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा शुक्रबार अफगानिस्तानको जिर्गा वा धार्मिक विद्वान र एल्डरको महासभामा भाग लिएका छन्।
Advertisement
स्थानीय सञ्चार माध्यमका अनुसार तालिबानका सर्वोच्च नेताले सहभागीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिहीबारदेखि सुरु भई शनिबारसम्म चल्ने सम्मेलनमा सहभागी हुन युद्धग्रस्त देशका करिब ३ हजार ५ सय उलेमा (धार्मिक विद्वान्) लाई निमन्त्रणा गरिएको सरकारी समाचार संस्था बख्तरले जनाएको छ ।
जिरगाका सहभागीहरूले कक्षा ७ देखि १२ कक्षासम्मका छात्राका लागि विद्यालय पुनः सञ्चालन गर्ने राष्ट्रिय झन्डा र राष्ट्रियगानलगायतका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । (रासस–सिन्ह्वा)