• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जनजाति सम्मेलनले विश्व आदिवासी दिवस मनाउँदै


  •   सोमबार, असार १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले साउन महिनामा विश्व आदिवासी दिवस (अगस्त ९) मनाउने भएको छ । २०७९ असार ११ र १२ गते रुपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको आठौँ बैठकले सो निर्णय गरेको हो ।

    Advertisement

    अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा असार १३ गते जारी प्रेसविज्ञप्तिमा प्युठान, बागलुङ, अर्घाखाँची, गुल्मी, दाङलगायत देशैभरि विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको उल्लेख छ ।

    त्यस्तै, प्रेसविज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा जनजाति प्रतिनिधिको विजयप्रति बधाई तथा सफल कार्यकालको शुभकामना, एस.पी.पी. को विरोध, नागरिकतासम्बन्धी खुकुलो नीतिको विरोध, सम्मेलनका पूर्व केन्द्रीय सदस्यहरू जितबहादुर राना र इन्द्रबहादुर थापाको स्मृतिदिवस, महङ्गी, कालोबजारी, मल, बिउबिजन तथा पाठ्यपुस्तक अभावको विरोधमा साउन १५ देखि २० गतेसम्म विरोधसभालगायतका विषयमा निर्णय गरेको उल्लेख छ ।

    प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
    “अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको आठौँ पूर्ण बैठक समितिका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा २०७९ असार ११ र १२ गते बुटवलमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्नका लािग यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।

    १. अमेरिकी साम्राज्यवादले स्टेट पार्टनरसिप प्रोग्राम (एस.पी.पी.) लाई नेपालमा विस्तार गरी एम.सी.सी. जस्तै नयाँ सम्झौता गर्नका लािग नेपाल सरकारलाई दबाब दिइरहेको छ । नेपाली सेनालाई तालिम तथा अन्य प्रकृतिको सहयोग मात्रै रहेको भनी एस.पी.पी. लाई विस्तार गर्दै चीनसँग जोडिएका उच्च हिमाली क्षेत्रमा नै अमेरिकी सेनाको उपस्थिति गराउने योजनाअनुसार उक्त परियोजनामा हस्तान्तर गरेमा इन्डो–प्यासिफिक क्षेत्रमा चीनसँग विवाद गरी अमेरिकाले नेपालमार्फत चीनमाथि निगरानी राख्ने रणनीति लिएको छ । नेपाली सेनालाई सहयोग गर्ने नाममा चीन विरुद्ध नेपालको भूमि प्रयोग गर्न खोजेको छ । त्यसैले एस.पी.पी. अमेरिकी सैन्य रणनीतिको अङ्ग भएकाले यो देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति विपरीत छ भन्ने हाम्रो ठहर छ । त्यसैले यसको विरोध गर्नुपछ भन्ने बैठकले निर्णय गरेको छ ।

    अहिले एस.पी.पी. का विरुद्ध सिङ्गो देश एकमत भएर चौतर्फी विरोध भएपछि एस.पी.पी. लाई अघि बढाउन सरकारले अस्वीकार गरेको छ । सरकारको यो निर्णयप्रति हाम्रो सङ्गठनले स्वागत गर्दै आगामी दिनमा यसलाई अगाडि नबढाउन सरकारलाई सचेत गराउन चाहान्छ ।

    २. नेपाल सरकारले नागरिकता विधेयक खुुकुलो गरी ल्याउने अहिले कोसिस गरिरहेको छ । विदेशबाट विवाह गरेर अउनासाथ तुरुन्तै नागरिकता दिने अङ्गीकृत नागरिकका सन्तानलाई पनि वंशजको नागरिकता दिने वा जन्मको आधारमा नागरिकता प्रदान गर्ने गरी खुकुलो विधेयक ल्याउन खोजेको छ । हाम्रो सङ्गठनले यसप्रति घोर आपत्ति प्रकट गर्दै नेपालमाथि विशाल जनसङ्ख्या भएको भारतको जनसाङ्ख्यिक आक्रमण कायम हुने र देशको राष्ट्रियता बचाउन कडा नागरिकता नीति अपनाउनुपर्ने भन्दै जनजाति सम्मेलनले आन्दोलन गर्ने निर्णय गरेको छ ।

    ३. विश्व आदिवासी दिवस २०७९ लाई विभिन्न कार्यक्रमसहित साताव्यापी रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । जसअनुसार साउन २२ गते प्युठान, २३ गते अर्घाखाँची, २४ गते गुल्मी र काठमाडौँ, २५ गते दाङ, २६ गते बागलुङमा मनाउने र अन्य जिल्लाले पनि विश्व आदिवासी दिवसलाई भव्य रूपमा मनाउन निर्देशन गरेको छ ।

    ४. सम्मेलनले देशव्यापी रूपमा भइरहेको महङ्गी, कालोबजारी, किसानलाई मल, बिउबिजन तथा विद्यार्थीका लागि पाठ्यपुस्तकको अभाव, सर्वसाधारण जनताका लागि यातायात भाडामा वृद्धि, डिजेल, पेट्रोलको मूल्यवृद्धिलगायत विषयमा २०७९ असार १५ देखि २० गतेसम्म देशव्यापी विरोधसभा गर्ने निर्णय गरेको छ । साथै त्यसका लागि निम्न वक्ता ठेगान गरेको छ ः काठमाडौँ – निमबहादुर बुढाथोकी, प्युठान – अमरध्वज राना, अर्घाखाँची – उषा पुन, गुल्मी – गुमानसिंह पुन, कैलाली – खडक रानाथारू ।

    ५. बैठकले सम्मेलनका पूर्वकेन्द्रीय सदस्य जीतबहादुर रानाको छैटौँ स्मृतिदिवस मनाउने निर्णय गरेको छ । साथै त्यस सन्दर्भमा उहाँको स्मृतिमा अर्घाखाँची जिल्लाको देउराली आधारभूत विद्यालयमा २०७९ सालमा कक्षा ५ मा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण गरेका दुई जना जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

    ६. अर्घाखाँची जिल्ला साविक नुवाकोट गाविस–१, हाल भूमिकास्थान नगरपालिका–७ चिदी निवासी जनजाति सस्मेलनका पूर्वकेन्द्रीय सदस्य इन्द्रबहादुर थापा र उहाँकी पत्नी पुष्पा थापाको गत २०६१ साउन १ गते वर्षात्का कारण घर भत्किएर असामयिक निधन भएकोमा उहाँहरू दुवै जनाको स्मृतिमा उन्नाइसौँ स्मृतिदिवस मनाउने निर्णय गरेको छ ।

    ७. २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भइसकेको छ । बैठकले त्यसको पनि समीक्षा गर्दै सम्मेलनको विभिन्न समितिमा रहेर काम गर्दै आउनुभएका साथीहरू राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार बन्नुभयो र जित हासिल गर्नुभयो । निर्वाचित जनजाति प्रतिनिधिको सफलताप्रति यो बैठकले बधाई दिँदै उहाँहरूको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ । जनजाति सम्मेलनको केन्द्रदेखि स्थानीय तहसम्मका साथीहरू राष्ट्रिय जनमोर्चाको चुनावी प्रचार र प्रतिगमनकारी शक्तिलाई परास्त गर्न खट्नुभयो । उहाँहरू सम्पूर्ण साथीहरूलाई यो बैठकबाट हार्दिक धन्यवाद दिन चाहान्छ ।”

    सोमबार, असार १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.