क्युटो । इक्वेडरका तीन प्रदेशमा शुक्रबारदेखि सङ्टकाल घोषणा गरिएको छ ।
Advertisement
राष्ट्रपति गुयलेरमो लासोले एन्डिज क्षेत्रमा पर्ने तीन प्रदेशमा कम्तीमा ३० दिनका लागि भन्दै सङ्टकालको घोषणा गर्नुभएको हो ।
उहाँका अनुसार पिचिन्चा, इम्बाबुरा र कोटोपाक्सीलाई थप हिंसा हुन नदिनका लागि सङ्टकाल घोषणा गर्नुपरेको हो ।
पछिल्लो पाँच दिनमा त्यस क्षेत्रमा धेरै हिंसात्मक घटना भएकाले सङ्टकाल लगाउनुपर्ने बाध्यता आइपरेको उहाँको भनाइ छ ।
सङ्टकाललाई प्रभावकारी बनाउन स्थानीय समयानुसार हरेक दिन राती १० बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु आदेश पनि जारी गरिएको छ ।
दक्षिण अमेरिकी यस मुुलुकमा लामो समयदेखि स्थानीय आदिवासी समुह र राज्य पक्षका बीचमा द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण ठुलो धनजनको क्षति भएको छ । (रासस÷सिन्ह्वा)