काठमाडौं । नेपाली सेनाले अनकन्टार भीरबाट दुर्घटनाका मृतकको शव संकलन गरेको फोटो/ भिडिओ सार्वजनिक गरेको छ ।
Advertisement
मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाको शव नेपाली सेनाले संकलन गरेको हो ।
दुर्घटनास्थलबाट सेनाले रसीको सहायताले अनकन्टार भीर र खोँचबाट शव संकलन गरेको जनाएको छ ।
भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन सेनाले निकै मिहनेत गरेको तस्बिरमा देख्न सकिन्छ ।
सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए ।






