गुल्मी । गुल्मी कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटमा राष्ट्रिय जनमोर्चाका अशोक पुन वडासदस्यमा विजयी हुनुभएको छ ।
Advertisement
जेठ २ गते बिहान सम्पन्न मतगणनामा नेपाली काङ्ग्रेसका होमबहादुर थापा नेतृत्वको गठबन्धन प्यानल विजयी भएको हो ।
वडासदस्य अशोक पुनले ४९२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वडाअध्यक्षमा नेपाली काङ्ग्रेसका होमबहादुर थापाले ५७१ मत प्राप्त गर्नुभएको थियो ।
कुल १०४० मत खसेको पुर्तिघाटमा राजमो केन्द्रीय सदस्य तारा थापाले ४९४ मत प्राप्त गरी माओवादी केन्द्रकी मञ्जुकुमारी दर्लामीभन्दा ५५ मतले अघि रहनुभएको छ ।
पालिका अध्यक्षमा काङ्ग्रेसका वेदबहादुर थापामगरले ४८४ मत प्राप्त गर्दा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार रामजी ढकालले ४१७ मत प्राप्त गर्नुभएको थियो ।