दाङ । राप्ती गाउँपालीका वडा नम्बर २ मा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको बाम गठबन्धनले युवा परिचालन समिति गठन गरेको छ ।
Advertisement
बिहिबार सम्पन्न भेलाले बासु चौधरी संयोजक र राजकुमार चौधरी सहसंयोजक रहेको २५ सदस्यीय युवा परीचालन समिति गठन गरेको हो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य र नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष स्यामेस चौधरीले भेलालाई सम्बोधन गर्नुभएको थियो ।