दिनेश रैदास, दाङ ।
दाङको राजपुर गाउँपालिका राष्ट्रिय जनमोर्चाको तर्फबाट वडा नं ४ मा राजकुमार विश्वकर्मा (रातो टि सर्ट) र वडा नं ५ मा टेकबहादुर बुढाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
वडा न ४को वडाअध्यक्ष उम्मेदवार विश्कर्मा जातीय समता समाज दाङका सदस्य एवम् राजमो राजपुरका एरिया सदस्यसमेत हुनुहुन्छ । विक दलित, गैरदलित सबै समुदायमाझ उत्तिकै घुलमिल हुनसक्ने नेता हुनुहुन्छ।
राजपुर गाउँपालिका ४ मा बुबा युद्ध प्रसाद र आमा कुसुमिको कोखबाट २०३८ सालमा जन्मेका विक समाजमा विद्यमान भेदभावको विरुद्ध संघर्ष गर्ने अठोट गर्नुपर्ने बताउनुहुन्छ ।
हालै आफ्नो छोराले गैरदलित किसोरीसँग प्रेम विवाह गरेवापत तथाकथित उच्चजातिका नेताहरुको उक्साहटमा दाङ जिल्ला प्रहरीले आफूलाई गिरफतार गरि अपराधी सरह हथकडी लगाएर ३ दिन सम्म हिरासतमा राखेको तितो अनुभव विक सुनाउनुहुन्छ ।
त्यसैगरि राजमो राजपुर वडा नं ५ का वडा अध्यक्ष पदका उम्मेदवार टेक बहादुर बुढा विकट महतिनियाखोला निवासी हुनुहुन्छ ।
बुढाको जन्म २०३६ असोज ३० गते बाबा शशिराम र आमा कृष्णा बुढाको कोखबाट रोल्पा जिल्ला नुवागाउँमा भएको हो ।
बुढा राजमो राजपुर एरिया कमिटी सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का सदस्य समेत हुनुहुन्छ ।
- राजपुरको अध्यक्षमा रैदास र उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी दर्ता
- राजमो दाङ : कहिँ गठबन्धन, कहिँ एकल उम्मेदवारी