काठमाडौं । सर्लाहीमा गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृतक भारतीय नागरिक ईनदल महतो हुन् ।
सर्लाहीको मलंगवामा बुधबार साँझ मोटरसाइकलमा आएका भारतीयको गोली प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली लागि घाइते भएका उनलाई मलंगवास्थित अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
मोटरसाइकलमा आएका व्यक्ति भने गोलि प्रहार गरेर भारततर्फ नै भागेका छन् । अहिले फरार व्यक्तिको खोजि भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
धनुषामा गोली हानेर युवकको हत्या
यता, धनुषामा गोली प्रहार गरी एक युवकको हत्या भएको छ। धनुषाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको गोली तथा चक्कु प्रहार गरी हत्या भएको हो।
महराको शव घर नजिकैको गहुँ खेतमा बुधबार दिउँसो फेला परेको धनुषा प्रहरीले जनाएको छ । मंगलबार साँझ ६ बजे घरबाट निस्केका महराको राति नै हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।
महराको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ भने घटना विषयमा थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।