गणेश अधिकारी, पोखरा ।
कास्कीको पोखरा महानगरपालिका वार्ड नम्बर २५ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ । शनिबार भएको भेलाले टम बहादुर रोकाको संयोजकत्वमा २३ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ ।
समितिमा लोकेन्द्र कुँवर, लक्ष्मण केसी, गंगा बहादुर केसी, कल माया मगर, गणेश पुन, यम कुमारी मगर, गोपाल रोका गर्बुजा, नेत्र बहादुर बुढाथोकी, मिनु थापा, ओम कुमारी घर्ती मगर, गोपाल पुन, कुलेन्द्र काजी, माया केसी, देबु परियार, बेल माया विक, दुर्गा कुँवर, बलेन्द्र विक, बेल माया विक, सावित्री पुन रोका, मिनु थापा, भक्त बहादुर रोका रहनुभएको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, गण्डकी प्रदेश सांसद पियारी थापा, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, राजमो कास्कीका अध्यक्ष रविन ढकाल, अखिल (छैठौ) केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य सपना बाराल, जिल्ला अध्यक्ष जमुना खत्री, किसान संघका जिल्ला अध्यक्ष गंगा बहादुर थापा, वार्ड अध्यक्ष लोकेन्द्र कुवर लगाएतका नेताहरुले भेलाको शुभकामना दिनुभएको थियो ।
भेलाको अध्यक्षता गंगा बहादुर थापाले गर्नु भएको थियो भने सन्चालन टम बहादुर रोकाले गर्नु भएको थियो ।
सोही भेलाबाट अखिल नेपाल महिला संघ २५ नं वडा समिति चयन गरिएको छ । यम कुमारी पुन अध्यक्ष रहेको समितिको उपाध्यक्ष कल माया घर्ती मगर, सचिव तारा घर्ती मगर, कोषाध्यध्यक्ष सुसिला बुढाथोकी चयन हुनुभएको छ ।
सदस्यहरुमा भिम माया परियार, कुल देवी रोका, साबित्री रोका। ओम कुमारी घर्ती मगर, दिल कुमारी रोका, भूमि सारा फगामी, माया केसी, दुर्गा कुँवर, देवु परियार रहनुभएको छ । १५ सदस्यीय समितिमा एक स्थान रिक्त राखिएको छ ।