• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

एम.सी.सी. को नाममा गठबन्धन भत्काउने प्रयास हुँदै छ : दुर्गा पौडेल

"राजमो बागमती प्रदेशको प्रथम सम्मेलन सम्पन्न "

  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले एम.सी.सी. को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताउनुभएको छ ।

    Advertisement

    २०७८ फागुन ७ गते राजमो बागमती प्रदेशको प्रथम सम्मेलनमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
    ‘गठबन्धन नभत्किए आगामी चुनावमा एमालेको स्थिति दयनीय हुन्छ भन्ने एमालेले बुझेको छ’ उहाँले भन्नुभयो– ‘त्यसकारण उनीहरू जसरी पनि गठबन्धन भत्काउन लागिपरेका छन् ।’

    एम.सी.सी. को विषयलाई लिएर केही दिनअघि एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा नै बालकोट पुगेको बताउँदै उहाँले भन्नुभयो– ‘त्यहाँ ओलीले गठबन्धनलाई भत्काएर आफूलाई प्रधानमन्त्री दिए एम.सी.सी. पारित गर्ने वचन दिएको जानकारी हुन आएको छ ।’

    सम्बोधनको क्रममा उहाँले एमालेले काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसदहरूलाई गठबन्धन भत्काउन उचालेको आरोपसमेत लगाउनुभयो ।

    ‘आफूले दुई दुईपटक संसद् विघटन गर्नु सही थियो भन्ने पुष्टि गर्न एमालेले पाँचदलीय गठबन्धन भत्काएर संसद् नै विघटन गराउन खोजिरहेको छ’ उहाँको भनाइ थियो ।

    ‘एम.सी.सी. संसद्मा टेबुल हुनु भनेको नै पास हुनु हो’ एम.सी.सी. पारित हुने/नहुने भन्ने सवालमा सांसद पौडेलले भन्नुभयो– ‘त्यसकारण एम.सी.सी. टेबल हुन नदिनु नै त्यसलाई रोक्ने एउटा उपाय हो ।’

    एम.सी.सी. सैन्य परियोजना नभएको तर्कलाई खण्डन गर्दै उहाँले भन्नुभयो– ‘एम.सी.सी. मा अमेरिकी राष्ट्रिय सुरक्षा नीति विरुद्ध नजाने प्रावधान राखिनु नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनु हो ।’

    उहाँले भन्नुभयो– ‘कानुन बाझिएमा एम.सी.सी. को कानुन मान्य हुनु भनेको नेपाली सार्वभौमसत्ता विरुद्धको कुरा हो ।’

    सम्बोधनको क्रममा नेतृ पौडेलले एम.सी.सी. को बारेमा यथार्थ कुरा नेपाली जनतामाझ लैजान आह्वान पनि गर्नुभयो ।

    सम्मेलनमा सम्बोधन गर्दै राजमो नेता आनन्द शर्माले अहिले राष्ट्रिय जनमोर्चा राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षाताको रक्षा तथा सङ्घीयता र एम.सी.सी. विरुद्धको मोर्चामा लडिरहेको बताउनुभयो ।

    जनआन्दोलनको उपलब्धी गणतन्त्र भएको र त्यसको रक्षा सम्पूर्ण प्रजातान्त्रिक शक्तिहरूको कार्यभार भएको बताउनुभयो ।

    ‘प्रतिगमन कति भयावह हुन्छ ? त्यो २०१७ साल र २०१९ सालको प्रतिगमनलाई हेर्दा हुन्छ’ उहाँले अगाडि भन्नुभयो– ‘यी दुईपटक भएका प्रतिगमनलाई सच्याउन नेपाली जनताले कति लामो लडाइँ लड्नुप¥यो ? त्यो सबैलाई थाहा छ ।’

    सम्बोधनको क्रममा उहाँले प्रतिगमनको खतरा अहिले पनि यथावत रहेको बताउँदै त्यसको विरुद्धमा पाँचदलीय गठबन्धनको औचित्य अहिले पनि रहेको बताउनुभयो ।

    उहाँले अहिले प्रतिगमन र एम.सी.सी. विरुद्धमा राष्ट्रिय जनमोर्चाले एकल र संयुक्त रूपमा लडिरहेको प्रष्ट पार्नुभयो ।

    ‘संयुक्त आन्दोलनमा पनि समस्या छन्’ उहाँले भन्नुभयो– ‘कतिपय पार्टी तथा समूहले राष्ट्रियता पक्षधर आन्दोलनमा राजावादीलाई पनि सामेल गर्ने प्रस्ताव ल्याउँछन् ।’

    उहाँले भन्नुभयो– ‘राजावादीहरू गणतन्त्र र धर्म निरपेक्षताको विरुद्ध भएकाले राष्ट्रियता पक्षधर आन्दोलन सामेल गर्न सकिन्न भन्ने नीतिमा हाम्रो पार्टी दृढ छ ।’

    राजमो नेता शर्माले स्थानीय तहको चुनावका लागि आजैदेखि तयारीमा लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले पाँचदलीय गठबन्धनको निरन्तरताप्रति शङ्का भएकाले एकल रूपमै चुनाव लड्ने मानसिकता बनाउन सबैलाई आग्रह गर्नुभयो ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले एम.सी.सी. तात्कालिक राजनीतिको धेरै नै जटिल समस्या बनेको बताउनुभयो ।

    अध्यक्ष मीना पुनले एम.सी.सी. का कारण नेपालको राष्ट्रियता कमजोर बनेको पनि बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले नेपाली काङ्ग्रेससित खालि ५५ अरब रुपियाँमा राष्ट्रियता नबेच्न आग्रह गर्नुभयो ।

    अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले एमालेले राष्ट्रिय जनमोर्चा नेपाली काङ्ग्रेसको क्याम्पमा जाँदै छ भने भ्रम फिँजाइरहेकाले त्यसको प्रतिवाद गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    तात्कालिक राजनीतिका वामपन्थी शक्ति एमालेले प्रतिगामी भूमिका खेलिरहेको तर गैरवामपन्थी शक्ति नेपाली काङ्ग्रेसले सकारात्मक भूमिका खेलेकाले ऊसित सहकार्य भएको तथ्यका साथ एमालेले फिँजाएको भ्रमलाई चिर्नुपर्ने बताउनुभयो ।

    उहाँले प्रतिगमन विरोधी मोर्चाको वैचारिक नेतृत्व राष्ट्रिय जनमोर्चाले गरिरहेको दाबी पनि गर्नुभयो ।

    कार्यक्रममा जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव डम्मर कार्की, अखिल (छैठौं) का पूर्व अध्यक्ष विमल पोखरेल, रक्तिम सांस्कृतिक अभियानकी मेस्मा पुन र प्रगतिशील लेखक सङ्घका केन्द्रीय सचिव प्रकाश थापामगरले पनि सम्बोधन गर्नुभएको थियो ।

    उद्घाटन सत्रको कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्यहरू घनश्याम न्यौपाने, कल्याणी श्रेष्ठ, सुधा शर्मा, देवी शर्मा, केन्द्रीय सल्लाहकार नीलगोविन्द महर्जन, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य प्रेम मोक्ता र युगदर्शन मिडियाका गोविन्दकुमार शर्माको पनि आतिथ्य रहेको थियो ।

    सम्मेलनले लालबहादुर थापा (काठमाडौँ) को अध्यक्षतामा २१ पूर्ण र सात जना सल्लाहकार रहेको राजमो बागमती प्रदेश समिति निर्माण गरेको छ ।

    समितिको उपाध्यक्षमा राजेश गोसाईं (भक्तपुर), सचिवमा डम्बर पुरी (चितवन), सहसचिवमा दावा लामा (सिन्धुपाल्चोक) र कोषाध्यक्षमा सुधा शर्मा (काठमाडौँ) रहनुभएको छ ।

    त्यस्तै सदस्यहरूमा निरबहादुर सिन्तान (मकवानपुर), दीर्घबहादुर सुवेदी (सिन्धुपाल्चोक), सुवर्णविक्रम थापा (काभ्रेपलान्चोक), झविन्द्र बेलबासे (काठमाडौँ), घनश्याम न्यौपाने (काठमाडौँ), अर्जुन थापा (रामेछाप), लक्ष्मी केसी (काठमाडौँ), रोशन दानी (काठमाडौँ), मानबहादुर लो (सिन्धुली), देवी शर्मा (चितवन), दिपाराम महर्जन (ललितपुर), भक्त विक (काठमाडौँ), कल्याणी श्रेष्ठ (काठमाडौँ), ऋतु केसी (काठमाडौँ), सीता क्षेत्री (चितवन) र सुनिला तामाङ (सिन्धुपाल्चोक) रहनुभएको छ ।

    एवम् प्रकारले सल्लाहकारमा नीलगोविन्द महर्जन (ललितपुर), मनोज श्रेष्ठ (रामेछाप), छवि खनाल (काठमाडौँ), राजेन्द्र पुडासैनी (काठमाडौँ), केशव तामाङ (दोलखा), दिनेश विष्ट (मकवानपुर) रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

    शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.