दाङ । दाङस्थित लमही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा पाँच दलीय गठबन्धन समर्थित संयुक्त प्यानल विजयी भएको छ ।
Advertisement
अध्यक्षमा जंगबहादुर चौधरी (ने.का. १५,१८ मत), उपाध्यक्षमा एकीकृत समाजवादीकी सीता चौधरी ( १४,२१ मत ), सचिवमा राष्ट्रिय जनमोर्चाका बसन्त राज आचार्य ( १२,२३ मत ), कोषाध्यक्षमा माओवादी केन्द्रका बासुदेव गौतम ( १३,७८ मत ), त्यसैगरी सदस्यहरुमा ने.का का किरण चौधरी (१४,४२ मत ) , माओवादी केन्द्रका ज्ञान बहादुर वि.क ( १४,००) मत , ने.का का सिवा चौधरी ( १४०९ मत ) , माओबादी केन्द्रका सीता केसी पोख्रेल ( १४,५८) मत सहित विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले समर्थित सनम पौडेल अध्यक्ष रहेको प्यानल पराजित भएको छ ।
उक्त खानेपानी संस्थामा कुल ४२ सय मतदाता रहेकोमा २७ सय मत खसेको थियो ।