• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रधानमन्त्री देउवालाई पूर्वसभामुख महराको सुझाव : एमसीसी सम्झौता राम्रोसँग पढ्नुहोस्


  •   बुधबार, माघ १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राम्रोसँग अध्ययन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । एक अनलाइन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै माओवादी केन्द्रका नेता महराले एमसीसी सम्झौता नपढेको बताउनुभएको छ ।

    Advertisement

    गएको पुस ११ माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटनका अवसरमा शुभकामना दिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी कहाँ छ राष्ट्रघाती भन्दै पहिला राम्रोसँग पढ्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवालाई जवाफ दिँदै महराले देउवाले नै एमसीसी नपढेको र पहिला आफैँले पढ्नुपर्ने बताउनुभएको हो ।

    ‘मलाई फेरि उहाँ (प्रधानमन्त्री)ले चाहिँ एमसीसी पढ्नु भएनजस्तो लाग्छ। म प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि एकपटक गहिरिएर पढ्न सुझाव दिन चाहन्छु’ महराले भन्नुभयो, ‘पूर्वसभामुखको हैसियतले म उहाँलाई अनुरोध गर्न चाहन्छु–गहिरिएर पढ्नुहोस्। पढ्ने मात्र होइन, अन्तर्राष्ट्रिय सन्दर्भ पनि हेर्नुहोस्। तब छर्लङ्ग बुझिन्छ। अरु सबै कुरा त भन्नु परेन।’

    यस्तै, सञ्चारकर्मीले सोधेको प्रचण्डले एमसीसीलाई संसदको विषय नबनाई मन्त्रिपरिषदबाट निर्णय गरेर जान सकिने बताउनुभएको हो ? भन्ने प्रश्नको जवाफमा महराले एमसीसी संसदमा आउनु नै रहश्यमय भएको बताउनुभयो ।

    उहाँले प्रश्न गर्नुभयो, ‘मन्त्रिपरिषद्ले उहिल्यै पास गरिसक्यो। अर्थ मन्त्रालय र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सही नै गरिसक्नुभएको छ, त्यो पाटो सकिइसक्यो। अब फेरि संसदमा आउनुपर्ने कारण किन ? त्यो संसदको विषय नै बन्न जरुरी थिएन। त्यही रहस्यमय छ। मैले पढ्नुस्, अध्ययन गर्नुस् भनेर प्रधानमन्त्रीलाई भनेको त्यही कारण हो। अब त्यसको धेरै पाटा पक्ष छन्, मैले अहिले व्याख्या गरिनँ। ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्री हुँदा सही गरिसक्नुभयो, सरकारको तर्फबाट काम सकियो। अब फेरि किन संसदको विषय बन्छ त ?’

    उहाँले एमसीसीलाई हल्काफुल्का रुपमा नलिन पनि चेतावनी दिनुभएको छ । एमसीसीसँग पैसा मात्रै नआएर अरु धेरै कुरा आएको महराको तर्क छ ।

    ‘अहिले परिमार्जन गर्ने भनेको त यो सम्झौता हो। सम्झौता भन्दा पर अरु धेरै सम्झौता भएका हल्ला पनि छन्, हल्लाको पछि नलागौं। मुख्यकुरा एमसीसी बाहिर चर्चामा आएजस्तो त्यसै आएको पैसा लिने भन्ने मात्रै होइन। यसलाई हल्काफुल्का भरमा लिनु हुँदैन’ उहाँले भन्नुभयो, ‘पैसाको विषय मात्र होइन। अरु धेरै विषय छन्। त्यसबारेमा गहिरो अध्ययन यसबीचमा गर्न जरुरी छ। सबैलाई अध्ययन गर्न म अनुरोध गर्छु ।’

    नेता महराले एमाले र कांग्रेस मिले पनि एमसीसी पास नहुने दाबी गर्नुभयो । एमसीसीकै कारण पाँच दलीय गठबन्धन नटुट्ने पनि स्पष्ट गर्नुभयो । ‘यदि एमाले–कांग्रेस मिले भने यो एमसीसी ल्याउने होइन, गठबन्धन टुटाउने उद्देश्य हो भन्ने देखिन्छ। तर यो गठबन्धन कुनै हालतमा टुट्दैन’ महराले भन्नुभयो ।

    बुधबार, माघ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.