काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला भलिवलको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग ३–० को सेटमा पराजित भएको छ। हारसँगै समूह एमा नेपाल र भारतको समान ३ अंक भएको छ।
Advertisement
दक्षिण एशियाको पावर हाउस भारतसँग पराजित भएपनि नेपालको सेमिफाइनल सम्भावना कायमै छ। पहिलो सेट २४–२६ ले गुमाएको नेपालले दोस्रो सेट २५–१२ ले गुमायो। तेस्रो सेटमा नेपाल २५– १६ ले पराजित भयो।
समुह चरणको अन्तिम खेलमा भारतले शुक्रवार बगंलादेशसँग प्रतिस्पर्धा गरेपछि सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंग्गो लाग्नेछ । नेपालले पहिलो खेलमा बुधबार बगंलादेशलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।

