• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लिपुलेकमा भारतले सडक विस्तार जारी राखेकोबारे बोलेनन् कांग्रेस र माओवादी


  •   बुधबार, पुष २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तारको कार्य जारी राखेकोबारे सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) मौन देखिएका छन् । यसबारेमा विभिन्न दल र जनस्तरबाट व्यापक विरोध भएपनि सरकारलेसमेत मुख खोलेको छैन ।

    Advertisement

    अघिल्लो महिना उत्तराखण्डमा भारतीय जनता पार्टीद्वारा आयोजित चुनावी सभामा​ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकतर्फको ग्रामीण सडक विस्तारलाई तीव्रता दिइएको बताएका थिए । मोदीको अभिव्यक्तिलगत्तै उत्तराखण्डका गभर्नर गुरमित सिंहले लिपुलेक नजिकका नाबी र गुन्जी क्षेत्र भ्रमण गरी त्यहाँ बनिरहेका सडक पूर्वाधारको अवलोकन गरेका थिए ।

    मोदीको अभिव्यक्ति उत्तराखण्डका गभर्नरको कालापानी क्षेत्रको भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलले आपत्ति जनाएका छन् । राष्ट्रिय जनमोर्चाले तत्काल विज्ञप्ति निकालेर ती दुवै घटनाको विरोध गरेको थियो ।

    अध्यक्ष चित्रबहादुर केसीद्वारा प्रकाशित विज्ञप्तिमा ‘भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा त्यसको घोर विरोध गर्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग’ गर्नुभएको थियो ।

    यस्तै, सत्तासिन दल नेकपा (एकीकृत समाजवादी) ले भारतले एकतर्फीरुपमा जारी राखेको सडक विस्तार रोक्न माग गरेको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले सोमबार वक्तव्य निकालेर लिपुलेकमा भारतले एकतर्फीरुपमा जारी राखेको सडक विस्तारको विरोध गर्नुभएको हो ।

    सरकारबाहिर रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लिपुलेकमा जारी सडक विस्तारप्रति आपत्ति जनाइसकेका छन् ।

    यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लिपुलेकबारे सरकारको मौनतालाई सन्देहास्पद रुपमा लिएको बताएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार पार्टीका तर्फबाट प्रेस विज्ञप्ति जारी गरेर भारतसँगको सीमा समस्याबारे अविलम्ब वार्ता गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

    सन् २०२० जनवरीमा नयाँ दिल्लीमा भएको नेपाल—भारत संयुक्त आयोगको छैठौं बैठकमा सीमा विवाद वार्ताका माध्यमबाट हल गर्ने सहमति भएको थियो। त्यसपछि पनि भारतका तर्फबाट लिपुलेकमा सडक निर्माण रोकिएको छैन। अतिक्रमित कालापानीमा अझै पनि भारतीय सेनाको क्याम्प छ।

    भारतले सीमा अतिक्रमण गरिरहँदा र नेपाली भूमिमा सडक विस्तारलाई जारी राख्दा सत्तासिन प्रमुख दलहरु कांग्रेस र माओवादी केन्द्रको मौनता सन्देहास्पद देखिन्छ । भारतको गतिविधिबारे परराष्ट्र मन्त्रालयलाई जानकारी भए पनि परराष्ट्रले देखेको नदेखै गरेको छ ।

    • कालापानीमा उत्तराखण्डका गभर्नरको भ्रमणबारे सरकारको मौनता आपत्तिजक : केसी
    • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन् : लिपुलेकमा सडक निर्माण जारी छ (भिडिओ)
    • राजमोले भन्यो : लिपुलेकमा भारतले जारी राखेको सडक विस्तार तत्काल रोकियोस्

    बुधबार, पुष २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.