बागलुङ बजार । राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका वडा नं. १ दुदिलाभाटी, बागलुङको प्रशिक्षण भेला २०७८ पुस २३ गते सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा सापकोटा हुनुहुन्थ्यो ।
त्यस्तै कार्यक्रमका अन्य अतिथिमा अखिल नेपाल युवक सङ्घका का.वा. महासचिव भीमसेन वन, अखिल नेपाल किसान महासङ्घ बागलुङका अध्यक्ष नेत्रबहादुर बुढाथोकी, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य बोमबहादुर थापा, सल्लाहकार टङ्कबहादुर केसी, गलकोट नगर सचिव लालबहादुर राना हुनुहुन्थ्यो ।
उहाँहरूले कार्यक्रममा प्रशिक्षण तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम तिलबहादुर गुरुङको अध्यक्षता, पूर्णबहादुर खत्रीको सञ्चालन र मीनबहादुर कुँवरको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।