वसन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीकोटको भुजुङेमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ताको प्रशिक्षण सम्पन्न भएको छ ।
खाँचीकोटको भुजुङेमा शुक्रवार देशको वर्तमान परिस्थिति, संगठन विस्तारमा अगुवा कार्यकर्ताको भूमिका, राष्ट्रघाती एमसीसी, संघीयता, विकास–निकासमा देखिएको व्यापक भ्रष्टाचार र कार्यकर्ताको स्तरोन्नती सम्बन्धमा समसामयिक विषयमा प्रशिक्षण सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले देशको समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो । साथै राजमो जिल्ला सचिवालय सदस्य गोबिन्द बिसी, समता समाजका जिल्ला सदस्य पुन बहादुर नेपाली, राजमो वार्ड समितिका अध्यक्ष दिलदार हुसेन लगायको उपस्थिती रहेको थियो ।

कार्यक्रम कुल बहादुर नेपालीको अध्यक्षता, वसन्त खड्काको सञ्चालन र वसन्त नेपालीको स्वागत मन्त्यब्यमा सम्पन्न भएको थियो ।
युवक संघको टोल समिति गठन
यस्तै, भुजुङेमा अखिल नेपाल युवक संघको टोल समिति गठन भएको छ । बिहीवार आयोजित एक भेलाले सन्जु नेपालीको अध्यक्षतामा २१ सदस्यीय टोल समिति गठन गरेको हो ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसी नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल दिलदार हुसेन युबक संघका जिल्ला कोषाध्यक्ष वसन्त खड्काको उपस्तिथि रहेको थियो।