• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाठ्यपुस्तकमा मुद्रणराक्षसको दादागिरी


  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
  • ईरानराई ##
    यद्यपि मेरो पढाइको विषय नेपाली भाषा होइन तर एक नेपाली नागरिकको हैसियतले नेपाली भाषाप्रति मोह हुनु, चासो राख्नु, खोजनीति गर्नु र त्रुटि भेटिएमा सच्याउनु आफ्नो कर्तव्य ठान्दछु ।

    Advertisement

    नेपाली भाषाको बोलाइ र लेखाइप्रति मेरा केही जिज्ञासाहरू छन् । एकातिर, बोलाइ र लेखाइमा अङ्ग्रेजीले एवम् बोलाइमा हिन्दीले नेपाली भाषालाई निरन्तर हस्तक्षेप गरिरहेका छन् भने अर्कातिर, नेपाली भाषाले नेपालका अन्य मौलिक राष्ट्रिय/राष्ट्र भाषाहरूलाई निस्तेज पारिरहेको छ ।

    सरकार, विद्यालय प्रशासन र केही बुद्धिजीवीहरू निजी विद्यालयलाई पछार्न धेरै तर गुणस्तरीय पठनपाठनका लागि थोरै कारणले सामुदायिक विद्यालयमा पनि प्रारम्भिक कक्षाबाटै अङ्ग्रेजी माध्यममा अध्यापन गर्न/गराउन ‘तँ पहिला कि म पहिला’ को अनावश्यक प्रतिस्पर्धामा खरो उत्रन भरमग्दुर प्रयासरत देखिनुभएको छ । ज्ञान, बोध र सिपका लागि भाषा केवल माध्यम हो, अर्थात् साधन मात्र हो, साध्य होइन भन्नेहरू अल्पमतमा परे कि भन्ने डर लाग्छ ।

    एक्काइसौँ शताब्दीको यस्तो भाषिक राष्ट्रियता बोकिरहिएको बेला “सामाजिक शिक्षा” लाई जीवनोपयोगी शिक्षाका रूपमा ग्रहण गरी नेपाली भाषामा अध्ययन–अध्यापन गर्नु/गराउनु सुखद कार्य हो तर नेपाली भाषाको लेखाइ अनौपचारिक कार्यमा मात्र होइन, आधिकारिक निकायका दस्तावेजमा र औपचारिक कार्य र कार्यक्रममा समेत अशुद्ध हुनु अहिले सामान्य मान्न थालिएको छ ।

    यसो हुनुमा बाह्य भाषा र संस्कार–संस्कृतिको आक्रमण मात्र नेपाली भाषाको वृद्धि र विकासको बाधा हो कि हामी आफैँमा पनि कमी–कमजोरी र गल्ती छन् ? नेपाली भाषा बिग्रनु र बिग्रिएको देखिनुमा को दोषी हुन् : मानक निर्धारक कि प्रयोगकर्ता ? भौगोलिक र सांस्कृतिक विविधताले सामान्य भिन्नतालाई व्यावहारिक समस्या मानिन्छ तर सैद्धान्तिक पक्ष नै अमिल्दो छ वा वास्तवमा सैद्धान्तिक स्वयम्मा जटिल हुन्छ ? भाषा जीवित तथा बनोट र स्रोतका आधारमा पृथक भए तापनि एकरूपतामा कसरी ढाल्न सकिन्छ ? जो जसले भाषालाई शुद्ध लेख्नुपर्ने हो, उसै/त्यसैले बारम्बार गलत लेख्यो भने के गर्ने ? वर्णविन्यासलाई परिवर्तन गरिरहँदा (जस्तै : संघ/सङ्घ, लागू/लागु ?) आउने सकारात्मक र नकारात्मक परिणाम के कस्ता हुन्छन् ? यस्ता संशोधनको आवश्यकता र महत्ता के हुन् ? यी तमाम विषयमा विद्वतवर्गले बृहत् छलफलपश्चात् सामूहिक निष्कर्ष निकाल्नुपर्दछ ।

    अन्य पाठ्यपुस्तक, गैरपाठ्यपुस्तक र स्वयम् नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँद्वारा प्रकाशित “नेपाली बृहत् शब्दकोश” (२०७७) को संशोधित संस्करणमा समेत पाइन्छ; जस्तै– “दसौँ संस्करण – संशोधन समितिको भनाइ” को २. पदयोग र पदवियोग उपशीर्षकको (घ) मा ‘छुट्ट्याएर’ हुनुपर्नेमा “छुट्याएर” मात्र छ ।

    यो लेखमा मैले विषयलाई खुम्च्याएर पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुरले मुद्रण गरेको कक्षा ११ को “सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा” (२०७७) मा देखिएका/भेटिएका केही कमजोरीलाई उजागर गर्ने प्रयत्न गर्ने छु ।

    यो पाठ्यपुस्तकमा भएको सबैभन्दा गम्भीर त्रुटि भनेको “ब” लाई लोपोन्मुख बनाउनु हो । उदाहरणका लागि विषयसूची, शीर्षक/उपशीर्षक र प्रश्नहरूमा “बस्ती” लेखिँदा “ब” हुनु तर पाठको विस्तृत रूपमा “ब” नलेखिएर “व” लेखिएको पाइन्छ (पृष्ठ १२७ लगायत) । “ब” लेखिनुपर्ने धेरै स्थानहरूमा “व” मुद्रित भएको पाइन्छ तर “विश्वमा नेपाल” शीर्षकअन्तर्गतको पृष्ठ सङ्ख्या ७६ मा “पूर्वी” (नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित “नेपाली बृहत् शब्दकोश” २०७७ अनुसार) हुनुपर्नेमा “पुर्बी” लेखिएको पाइन्छ । पृष्ठ ६३ मा पाठ ३ को शीर्षक “कृषि युगको सुरुआत र विकास” हुनुपर्नेमा “सुरूआत”’ लेखिएको छ । यो कमजोरी भाषा सम्पादकले नजानेर, नदेखेर भन्दा पनि टङ्कणकर्ताले “फन्ट” परिवर्तन गरेर बढी आकर्षक र प्रस्ट पार्ने प्रयत्नको दुष्परिणाम हुन सक्तछ ।

    मूल शब्दमा विभक्ति जोडिनुपर्नेमा पृष्ठ ५८ मा “सिकारका लागि” हुनुपर्नेमा “सिकार का लागि” लेखिएको छ । सोही पृष्ठमा “रहेकाले” हुनुपर्नेमा “रहे काले” भेटिन्छ । पृष्ठ ३१ मा “कारणसहित” र “कारण सहित” गरी एउटै कुरालाई भिन्नाभिन्नै रूपमा लेखिएको छ । कति शब्दमा मात्रा छुटाइएका छन्; जस्तै– “धूम्रपान” लाई “धूमपान” (पृष्ठ ४४) मात्र लेखिएको छ ।

    आगन्तुक सङ्क्षेपीकरण; जस्तै– की.मी. हुनुपर्नेमा कि.मि. नै छ (पृष्ठ ७५) ।

    वर्णविन्यासको समस्यादेखि बाहेक पनि केही कमजोरी छन्† जस्तै– आवरणमा अनावश्यक रूपमा अङ्ग्रेजीमा Curriculum Development Centre लेखिएको छ । त्यसरी गाताको अन्तिम पृष्ठमा नेपालको नक्सा छापिएको छ तर कुनै अक्षर बुझिँदैनन् । त्यो नक्सालाई त्यहीँ नै बुझिने गरी छाप्न सकिने प्रशस्त सम्भावना देखिन्छन् । त्यसरी नै मूल्य नतोकिनु अर्को समस्या हो । मूल्य नतोकिँदा अभिभावक/विद्यार्थीको हातमा सही दाममै पुग्छ भन्ने विश्वासिलो आधार भेटिँदैन । कतिपय ठाउँमा शब्दका बिचमा खाली ठाउँ (Space) छैन (पृष्ठ ८९) भने कतिपय स्थानमा लामो खाली ठाउँ (Double Space) छाडिएका छन् ।

    समग्रमा विद्यालय शिक्षाका लागि पाठ्यपुस्तकको आधिकारिक प्रकाशक पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले आफ्ना प्रकाशनमा धेरै कमजोरी र त्रुटि गरिरहेको पाइएको छ, जसलाई गम्भीर रूपमा लिई अविलम्ब परिष्कृत बनाउनुको विकल्प छैन ।

    iranrai77@gmail.com

    शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टार्टअप गर्ने विद्यार्थीलाई पीसीपीएस कलेजले बीउ पुँजी उपलब्ध गराउने
    पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित
    कक्षा १२ को नतिजामा त्रुटि भएको १२ विद्यार्थी सङ्गठनको ठहर
    सुन्नानी माविको वार्षिकोत्सव अभिभावक दिवससँगै
    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
    कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.