• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

सामन्तवादी तथा साम्राज्यवादी संस्कृति अन्त्यका लागि रक्तिमकी पहरेदार लक्ष्मी गुरुङ


  •   बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
  • निमबहादुर बुढाथोकी ##

    Advertisement

    नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा आफ्नो छुट्टै पहिचान दिन सफल भएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सहायक सङ्गठन सङ्गठन अर्थात् रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय सल्लाहकार चर्चित जनवादी गायिका लक्ष्मी गुरुङको गत २०६८ कात्तिक २५ गते श्वासप्रश्वास र निमोनियाको कारण मृत्यु भयो । कास्की जिल्लाको भदौरेमा जन्मिएकी ५५ वर्षिय गुरुङ अहिले हामीमाझ हुनुहुन्न । उहाँ हाम्रामाझमा नभए पनि सामन्ती तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा उहाँले गर्नुभएको सङ्घर्ष र योगदान अतुलनीय छ ।

    आजको विश्व एक्काइसौँ शताब्दीमा पुगेको छ । विभिन्न प्रकारका आधुनिक उपकरणहरू वैज्ञानिक तवरले नयाँ नयाँ प्रविधिको विकास र नयाँ नयाँ आविष्कारको होडबाजी चलिराखेको छ । मानिसहरूको मानवीय मूल्यमान्यता आआफ्ना जनवीवनका शैली, कला, साहित्य, संस्कृतिलगायत विभिन्न खाले नयाँ नयाँ परिवर्तनका साथै नवीनतम शैलीहरू पनि देखिएका छन् ।

    विश्व इतिहासमा यस्ता थुप्रै सङ्घर्ष र चुनौतीका साथ यो अवस्थामा मानव समाज आएको छ । यो अवस्थासम्म आइपुग्दा मानव समुदायको जीवनशैलीमा विभिन्न प्रकारका संस्कृति, कला, साहित्यमा रमाइरहेका छन् भने कतिपय अवस्थामा पीडित भइआएका छन् । त्यस्तो अवस्थामा मानव समाजको उद्देश्य वर्गीय समाज र तदनुसारको सांस्कृतिकको धरातललाई उल्ट्याएर वर्गविहीन उच्च नैतिक समाज र संस्कृतिको स्थापना गर्ने नै हुनुपर्दछ । त्यसका लागि प्रगतिशील सांस्कृतिक आन्दोलनको खाँचो पर्दछ ।

    साम्राज्यवादी नङ्ग्रा फिजिँइरहेको संस्कृतिमाथि उच्च नैतिक समाज र संस्कृतिको स्थापन गर्नका लागि ठुला ठुला उथलपुथल पनि भइरहेका छन्† जस्तो कि रुसका म्याक्सिम गोर्की, चीनका लुसुन जस्ता व्यक्तिहरूले समाजको विकृति, विसङ्गति विरुद्ध अर्थात् सामन्तवादी, साम्राज्यवादी संस्कृतिका विरुद्ध जनचेतनामूलक सन्देश फैलाउँदै सर्वहारा वर्गीय कला, साहित्यबाट लैस साहित्य रचना गरे, जुन पुस्तक वा रचनाहरू आज पनि विश्वमा व्यापक रूपमा हेर्न र पढ्न पाइन्छ ।

    त्यस्तै सामन्तवादी, साम्राज्यवादी संस्कृतिको अन्त्य गर्नका लागि प्रगतिशील सांस्कृतिक आन्दोलनमा होमिएकी पहरेदार हुन्, लक्ष्मी गुरुङ, जसले नेपाल कम्युनिस्ट पार्टी (मसाल), रक्तिम सांस्कृतिक अभियानको सम्पर्कमा आउनुभन्दा पहिले सानै उमेरदेखि कास्कीको भदौरेमा जन्मिए पनि गीत गाउने, सृजना गर्ने, प्रतियोगितामा भाग लिने गर्थिन् । रुपन्देही जिल्लाको बुटवलमा बसाइँसराइ सरेर आएपछि पनि त्यहीँका स्थानीय क्लबमा आबद्ध भइन् । त्यो क्लबको हरेक कार्यक्रममा सहभागी भई गीत गाउँदै आफ्नो प्रतिभालाई अगाडि बढाउँदै गइन् ।

    नेपालमा पनि साम्राज्यवादी संस्कृतिले विदेशी मालसामान बिकाउन प्रयोग गरिने नग्न तस्बिरहरू महिलाको संवेदनशील अङ्ग हेरेर नारी अस्मितामाथि नै जाइलाग्ने र मोजमस्ती गर्ने, सुन्दरी प्रतियोगिता, नग्न प्रकारका मोडलिङ, फेसन प्रदर्शन जस्ता अश्लील र छाडा संस्कृतिले व्यापक रूपमा आफ्नो क्षेत्रतिर तान्ने कोसिस गरिहेको छ र त्यो साम्राज्यवादी संस्कृतिको रूपमा हाम्रो देशमा पनि व्यापक रूपमा मौलाउँदै गइरहेको अवस्था छ । त्यसका विरुद्धमा साम्राज्यवादी संस्कृतिलाई ध्वस्त गर्नका लागि प्रगतिशील सांस्कृतिक आन्दोलनको खाँचो र अपरिहार्यता थियो र अहिले पनि छ । त्यसका साथै यी र यस प्रकारका कुरीति, कुसंस्कारका विरुद्ध विचार र सांस्कृतिक रूपान्तरणको आवश्यकता हुन्छ । त्यसको प्रतिनिधित्व रक्तिम सांस्कृतिक अभियानले मात्रै गर्दछ । यो सङ्गठनले मात्रै त्यसका विरुद्धमा दृढतापूवर्क आन्दोलन र सङ्घर्ष गर्न सक्छ ।

    त्यही सिलसिलामा नेपालको तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य भएपछि २०४६ सालतिर धनराज गुरुङसँग लक्ष्मी गुरुङको भेट भयो । गुरुङले त्यही सांस्कृतिक मोर्चा अर्थात् रक्तिम सांस्कृतिक अभियानका काम गर्थे । धनराज गुरुङसँग भेट भएपछि लक्ष्मी गुरुङ नेपाल कम्युनिस्ट पार्टी (मसाल) मा आबद्ध भइन् र उनको यात्रा नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सांस्कृतिक मोर्चा रक्तिम सांस्कृतिक अभियानसँग जोडियो । उनी निरन्तर त्यो यात्रामा लागिरहिन् ।

    नेपाल कम्युनिस्ट पार्टी (मसाल) र त्यसको सांस्कृतिक मोर्चा रक्तिम सांस्कृतिक अभियनले अख्तियार गरेको नीति पछ्याउँदै सामन्तवादी, साम्राज्यवादी शक्तिहरूले सर्वहारा वर्गलाई ध्वस्त पार्ने कोसिस गरिरहेका छन् । त्यति मात्रै होइन, विश्वस्तरमा नै सामन्तवाद र साम्राज्यवाद विरुद्धको तथा सर्वहारा संस्कृतिको पक्षमा सङ्घर्ष, आन्दोलन चलिरहेको छ । एकातिर, सामन्तवादी पुरातनवादी, रूढिवादद्वारा ग्रस्त एकाधिकारवादी संस्कृतिले जालो फिजाइरहेको छ भने अर्काेतिर, छाडा, अश्लील संस्कृतिको समेत व्यापक रूपमा जोडतोडले प्रचार प्रसार भइरहेको छ । रूढिवाद जस्ता कुसंस्कृतियुक्त प्रथाहरू अहिलेसम्म पनि कायमै छन् । लिङ्गभेद, वर्णभेद जस्ता कुरीतिका साथै सामन्ती प्रथा वा संस्कृतिले पनि साम्राज्यवादी संस्कृतिलाई मद्दत पुर्याइरहेको छ । त्यसका विरुद्धमा सशक्त प्रगतिशील सांस्कृतिक आन्दोलनको खाँचो छ । त्यो आन्दोलनको राजनैतिक, सैद्धान्तिक वैचारिक खुराक प्रदान गर्ने राजनैतिक सूत्राधार शक्ति नेपाल कम्युनिस्ट पार्टी (मसाल) हो । त्यो सांस्कृतिक आन्दोलनको नेतृत्व गर्ने एउटा जिम्मेवार सांस्कृतिक मोर्चा रक्तिम सांस्कृतिक अभियान हो । त्यस अभियानमा लामबद्ध भएकाहरूमध्येकी एउटी पहरेदार योद्धा लक्ष्मी गुरुङ हुन् ।

    उनी निरन्तर त्यो यात्रामा लागिरहिन् । नेपाल कम्युनस्टि पार्टी (मसाल) को सही नीति, विचार र सिद्धान्तबाट प्रभावित भएपछि उनका गीत सृजना, प्रतिभा पनि राजनैतिक परिवर्तनबाट प्रेरित हुन थाले । साम्राज्यवादले सामन्तवादी, साम्राज्यवादी संस्कृतिको प्रचार प्रसारका लागि खुल्ला रूपमा छुट दिएको अवस्थामा विभिन्न प्रकारका अश्लील, नग्न तस्बिर, अश्लील भिडियो, फिल्मले छाडा संस्कृतिलाई बढावा दिइरहेको अवस्थामा त्यसका प्रगतिशील संस्कृतिको उन्नत विकास, त्यसै प्रकारको गीतसङ्गीतको सृजना गर्नुपर्ने वास्तविक आवश्यकता थियो र अहिले पनि छ । त्यसैको एउटी पहरेदार हुन्, लक्ष्मी गुरुङ ।

    स्वरकी अत्यन्तै धनी उनका गीत र सृजनाले नेपाली समाजलाई मात्र होइन, परिवर्ननका संवाहक आम युवायुवतीको पङ्क्तिलाई समेत दिन–प्रतिदिन नकारात्मक बाटोतर्फ दोहो¥याइरहेको अवस्थाको विरुद्धमा विदेशी दलालको मालसमान बिकाउन महिलाका नग्न तस्बिर र अस्मिता लुट्न रजाइँ गर्ने साम्राज्यवादी संस्कृति विरुद्धको तिखो प्रहार गीतसङ्गीत र स्वरको माध्यमबाट गरेकी छिन् गुरुङले । त्यहीमध्येको एउटा सृजनामा गुरुङले स्वर दिएकी थिइन्– “उत्तरबाट बादल आउँदा उत्तरतिरै हेर्छिन रे÷बम्बईको कोठरीमा हाम्री चेली रुन्छिन रे ।”

    वास्तवमा वर्गीय समाजमा राजनीति, दर्शन, आर्थिक प्रणाली आदि वर्गीय भए झँै कला, साहित्य र संस्कृति पनि वर्गीय नै हुन्छ । कला, साहित्य र संस्कृतिले पनि कुनै न कुनै वर्गस्वार्थको रक्षा र हितका लागि काम गरेको हुन्छ । सामन्ती संस्कृतिले पुरानो भत्किन लागेको सामन्ती समाजलाई जोगाउन प्रयत्न गर्दछ भने पुँजीवादी, साम्राज्यवादी अश्लील छाडा संस्कृतिले पुँजीपति वर्गको रक्षा गर्दछ । त्यसैले यसको विपरीत सर्वहारा र जनवादी संस्कृतिले तमाम शोषित, पीडित जनतालाई सामन्ती र पुँजीवादी शोषणबाट मुक्त पार्ने काम गर्दछ । यसले शोषित–पीडित जनतालाई वर्गीय चेतना दिन्छ र शोषकवर्गको विरुद्ध लड्ने एउटा ठुलो हतियारको रूपमा काम गर्दछ भन्ने विचार, भावना र सिद्धान्त बुझेकी पहरेदार लक्ष्मी गुरुङ हुन् ।

    “चाहे चुँडियोस सिर हाम्रो झुक्ने छैन यो आस्था कहिल्यै” वास्तवमा यो गीतमा कति दम छ ? विद्रोही भावनाले ओतप्रोत छ । प्रत्येक शरीरको रगत रगत नसा नसामा विद्रोहको भावना बगेको छ । त्यसको गीतसङ्गीत, नृत्य, हेर्ने सुन्ने, देख्ने तमाम शोषित–पीडित र पुँजीवादी संस्कृतिको विरुद्ध बृहत् अभियान चलाउनैपर्छ भन्ने दृढ विश्वासका साथ अघि बढेकी पहरेदार योद्धा हुन् लक्ष्मी गुरुङ ।

    नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा उदारवादी प्रवृत्ति हावी भएको इतिहास छ भने अर्काेतिर “वामपन्थी सङ्कीर्णतावाद” मा एकलकाँटे संस्कृतिको प्रभाव र अराजकतावाद, संयुक्तमोर्चामा सङ्कीर्णतावाद देखिँदै आएको पाइन्छ । त्यस्तो अवस्थामा रक्तिम सांस्कृतिक अभियानले सामन्ती र पुँजीवादी संस्कृतिको विरुद्ध एउटा ठुलो अभियान छेडेको इतिहास छ । रक्तिम सांस्कृतिक अभियानले साँच्चै नै शोषक–सामन्तको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ भने तमाम शोषित न्यायप्रेमी जनतामा जोस, उत्साह र उमङ्ग ल्याउँदै मुक्तिकामी जनसमुदायको पक्षमा दृढ सङ्कल्प बोकेर हिँडेको छ । रक्तिम सांस्कृतिक अभियानमध्येकी एउटी जोदाहा पहरेदार योद्धा हुन् लक्ष्मी गुरुङ ।

    उनको “यो मेरो जीवन बर्बाद भयो जालीको खेलले” भन्ने गीतमा दिइएको स्वर अत्यन्तै मार्मिक छ, जसले समाजमा प्रचालित धर्म, अन्धविश्वास बुर्जुवा सांस्कृतिक परम्पराका विरुद्ध, सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध नयाँ जनवादी संस्कृतिका पक्षमा उर्जा जोस, जनचेतना जगाउने क्रान्तिकारी भाव प्रस्तुत गरेको छ ।

    वास्तवमा एउटा सच्चा कम्युनिस्ट पार्टीले सांस्कृतिक आन्दोलनलाई क्रान्तिको अनिवार्य अङ्गसँग जोडेर लैजानुपर्दछ । त्यसका लागि सांस्कृतिक मोर्चालाई लेख्ने, बाँच्ने, गाउने, बनाउने र रमाउनेमा मात्र सीमित राख्ने होइन कि कुशल सङ्गठनको रूपमा विकास गराएमा मात्र क्रान्तिको सहयोगीको रूपमा विकास गराउन सकिन्छ भन्ने मान्यता र विचार कम्युनिस्ट पार्टीले राख्दछ । त्यही पात्रको रूपमा स्थापित भएकी पहरेदार हुन् लक्ष्मी गुरुङ ।

    प्रतिबद्ध सांस्कृतिक कर्मीहरूको देशव्यापी सङ्गठन निर्माणले मात्र नेपालको नयाँ जनवादी सांस्कृतिक आन्दोलन अगाडि बढ्न सक्छ । त्यसैले सांस्कृतिक मोर्चा र आन्दोलनलाई सशक्त किसिमले अघि बढाउन सैद्धान्तिक रूपमा परिकल्पना हुन आवश्यक छ । वामपन्थी राजनैतिक पार्टीमा लागेका मात्रै होइन सांस्कृतिक मोर्चामा काम गर्ने आम नेता–कार्यकर्ताको सर्वहारा सांस्कृतिक चेतना एकदमै न्यून छ । त्यसकारणले प्रगतिशील सांस्कृतिक रूपान्तरणको खाँचो छ । अझै पनि सबैको मनमस्तिष्कमा सामन्ती तथा विकृत पुँजीवादी संस्कृतिले घर जमाएको छ । त्यसलाई आमूल परिवर्तन गर्न जरुरी छ । त्यसका लागि हामीले सामन्ती, दलाल नोकरशाही, बुर्जुवा साम्राज्यवादी, छाडा र अश्लील गीतसङ्गीत वा साहित्य निर्माण र प्रचार गर्नुहुँदैन । आफ्नो क्षमता र श्रम प्रयोग गरी प्रतिक्रियावादी वर्ग र तिनका विचार, साहित्य, संस्कृतिसित सम्बन्धित क्रियाकलाप निर्माण गर्ने, प्रचार गर्ने गर्नु हुँदैन ।

    नेपाली शोषित–पीडित जनता सर्वहारा वर्गीय सांस्कृतिक मूल्यमान्यताअनुरूपका अमूल्य कलात्मक सामग्री र रक्तिमको सांस्कृतिक गतिविधिबाट धेरै लाभाविन्त भएका छन् । सृजनात्मक दार्शनिक, सैद्धान्तिक र वैचारिक धरातलबाट माथि उठेको जुझारु, सशक्त, एकताबद्ध र सर्वहारा सांस्कृतिक क्रान्तिको अभिभारालाई बहन गर्न सक्ने क्षमतावान् सुदृढ सङ्गठनको आवश्यकता अहिले छ । त्यो आवश्यकताको परिपूर्ति रक्तिम सांस्कृतिक अभियान नै हो र त्यसमा काम गर्नेमध्येकी दरिलो पात्र हुन् लक्ष्मी गुरुङ । उनीबाट हामीले उनले दिएको योगदानका कदर गर्नैपर्छ, तब मात्र उनका सपना सरकार हुने छन् ।

    बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.