• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘पार्टी विरुद्धका भ्रम चिर्दै अघि बढौँ’


  •   बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
  • हेमलाल गौतम

    Advertisement

    यतिबेला नेपाली राजनीतिमा एक प्रकारको हलचल पैदा भएको छ । राज्यका संयन्त्रहरुमा गडबडी उत्पन्न भएको छ । देशका प्रमुख भनिने दलहरू टुट, फुट र गुटबन्दीमा अल्झिरहेका छन् । ठूला भनिएका नेताहरु हदैसम्मका अमर्यादित र अराजनीतिक शब्द प्रहार, गाली गलौज र प्रतिशोधमा उत्रिरहेका छन् । नेपालको राजनीतिमा स्थिरता पैदा हुन नदिन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने शक्तिहरू ‘फुटाउ र राज गर’को नीति लागू गर्दै थप सक्रियता बढाइरहेका छन् ।

    जब केपी ओलीले पहिलो पटक संसद विघटन गरे त्यसपछि राजनीतिक दलहरु त्यसका विरुद्धको लडाईंमा ध्रुबीकरण हुन थाले । अग्रगमन र पश्चगमन बीचको लडाईं चल्यो । अन्ततः पश्चगमनको पराजय भयो तर अहिले पनि नेपाली राजनीतिक आकाशमा पश्चगमनको कालो बादल मडारिइरहेको छ । अहिले पनि संसद अबरूद्ध गर्ने, होहल्ला गर्ने, विधेयकहरू पास गर्न नदिने, अध्यादेशबाटै सत्ता चलाउन खोज्ने जस्ता गतिबिधिहरू भइरहेका छन् । आफूले गरेको निर्णय नै सही थियो भन्ने प्रमाणित गर्न ओली समूहले संसदलाई अवरुद्ध गरिरहेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सरकार पनि जनहितमा काम गर्न नसक्ने देखिन्छ । ओली र देउवाका देखिने नदेखिने स्वार्थमा गोप्य साँठगाँठको सम्भावना पनि छ । एमसीसी उपाध्यक्ष फतिमा सुमारसँगको ओलीको प्रस्तुतीले यो सन्दर्भमा ओली र देउवाको साँठगाँठ प्रष्ट हुन्छ । देश सञ्चालन गर्ने जिम्मेवारी पाएका यी दलहरुमा एक प्रकारको अराजकता र भाँडभैलोको अवस्था छ । उनीहरुको उद्धेश्य राष्ट्रहित भन्दा पनि व्यक्तिगत र गुटगत महात्वाकांक्षाले नै काम गरिरहेको स्पष्ट हुन्छ ।

    हुन त पार्टीको ह्वीप उल्लंघन गर्ने र आफ्ना निर्णयहरूमा अडान राख्न नसक्ने जस्ता घटनाक्रमले हाम्रो पार्टी (राष्ट्रिय जनमोर्चा) लाई पनि अछुतो राखेन । हाम्रो पार्टीको आठौं महाधिवेशन भन्दा पहिलेबाट नै दुई लाइनको संघर्ष तीब्र गतिमा चलिरहेको थियो । प्रदेशको चुनाव र संघीय संसदको चुनावका क्रममा कतिपयका स्वार्थहरु प्रकट हुन थालेका थिए । त्यो भन्दा पहिले पनि पार्टी सरकारमा जाने या नजाने सवालमा पनि पार्टीमा मतभेदहरू उठ्न थालेका थिए । एउटा क्रान्तिकारीकारी पार्टीभित्र विभिन्न विचारहरु आउनु र अन्तरसंघर्ष हुनु स्वाभाविक हो । तर, मतभेदका नाममा पछिल्लो समय प्रकट भएका कतिपय अराजक र अनुशासनहीन प्रवृतिहरु पैदा भएका छन् ।

    जब जब पार्टीका अन्तरबिरोधहरू अमैत्री हुन पुग्छन् तब पार्टी भित्र फुट र बिभाजन देखिने गर्दछ । यसरी फुटेर जानेहरूको ईतिहासलाई हेर्ने हो भने पनि कोही कसैको स्थिति पार्टी र क्रान्तिको स्प्रिटमा माथि उठ्न सकेको देखिँदैन ।

    हाम्रो पार्टीको दिर्घकालिन उद्धेश्य नौलो जनवाद र समाजवाद हुँदै साम्यवादसम्मको हो । हाम्रो लक्ष्य स्पष्ट छ भने र पार्टीको वैचारिक अडानमा दृढता छ । तर, हाम्रा लागि अहिलेको विश्व परिस्थिति र नेपाली राजनीतिको आत्मगत अबस्था परिपक्व छैन । ‘जनयुद्ध’ को अभ्यास गरेको पार्टी माओवादी पनि विभिन्न बहानामा सत्तारोहणको संसदीय बाटोमा आएर टुंगियो । त्यससँग बिमती राख्दै अलग धारमा हिँडेका वैद्य र विप्लव पनि अहिले संसदीय व्यवस्थाप्रति नरम दृष्टिकोण अपनाउँदै आफूलाई लचिलो बनाउन लागिरहेका छन् ।

    अहिले विश्व शक्ति राष्ट्रहरू पूँजीवादी टकराव र प्रतिस्पर्धामा होडबाजी गरिरहेका छन् । नेपाल भारतीय साम्राज्यवाद र चिनियाँ साम्राज्यवादको बिचमा अबस्थित छ । अमेरिकी साम्राज्यवादले आफ्नो मुख्य दुश्मन चीनलाई देख्दै आईरहेको सन्दर्भमा भारतलाई साथ लिएर चीनलाई कमजोर बनाउन हरसम्भव कोशिस गरिरहेको छ । यी साम्राज्यवादी शक्तिहरूमा नेपालका लागि तुलनात्मक रूपमा चीन अलि नरम देखिन्छ । नेपालले व्यवहारमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अंगिकार गरेको छ । तर, विभिन्न शक्तिराष्ट्रहरु नेपाललाई एक अर्को देशविरुद्ध उपयोग गर्ने प्रयास गरिरहेका छन् । एमसीसीको जाल फ्याँकेर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त तोडाउन खोजिरहेको देखिन्छ । यस्तो अबस्थामा अमेरिकाले बिभिन्न तरिकाले नेपाल–चीन सम्बन्धलाई टुटाउन खोज्छ भने त्यो स्वार्थमा भारतले अमेरिकालाई साथ दिन्छ ।

    अहिलेको विश्व परिवेशमा नेपालले मात्रै क्रान्तिको ज्वारभाटा उठाउन धेरै कठिन छ । तत् तत् देशहरूमा श्रमिक मजदुरको मुक्ति आन्दोलन जतिखेरसम्म उठ्न सक्दैन त्यतिन्जेलसम्म विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अबस्थामा मात्रै सिमित हुन पुग्छ । २१औं सताब्दीको पूर्वार्धमा अमेरिकालाई चुनौती दिँदै ल्याटिन अमेरिकी मुलुक पेरू र त्यहाँको कम्युनिष्ट पार्टी द साईनिङ पाथले मुक्तियुद्ध लड्यो । तर, सफलताको नजिक पुग्नै लागेको बेलामा त्यसका नेता गोन्जालो गिरफ्तारीमा परे । सो पार्टीका धेरै नेता कार्यकर्ताको हत्या, गिरप्तार र आजीवन कारावासको अबस्थामा पुर्यायो र त्यो कम्युनिष्ट आन्दोलनलाई तहस नहस पारिदियो । विश्व पूँजीवादी साम्राज्यवादले कुनैबेला कम्युनिष्ट शासन स्थापित गरेका मुलुकहरूमा टुटफुट र बिभाजन गराउन सफल रह्यो भने खुला अर्थ प्रणाली अपनाउन बाध्य हुने अवस्थामा पुर्यायो ।

    पार्टीले गलत गरेको भए त्यसको मूल्यांकन गर्ने थलो भनेको भेला, सम्मेलन या महाधिबेशन नै हो । त्यो भन्दा बाहिरबाट अभ्यास गर्नु भनेको अन्तत: पार्टीमा फुट पार्नु र स्वयम् कमजोर हुनु हो ।

    अहिले पनि पूँजीवादी साम्राज्यवादका अगाडि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी भड्कावबाट जोगाएर अघि बढ्नु निकै चुनौतिपूर्ण छ । विश्वभरका कम्युनिष्ट संगठनहरुको सांगठनिक अवस्था पनि कमजोर छ । यो परिस्थितिका बिच हाम्रो देशले युद्धको घोषणा त गर्न सक्ला तर निष्कर्षमा पुर्याउन कठिन छ । तसर्थ बस्तुगत र आत्मगत परिस्थिति तयार नहुँदासम्म बिद्यमान व्यबस्थाभित्र र बाहिरबाट आफ्ना आवाजहरूलाई उठाउँदै र प्राप्त सिमित उपलब्धिहरूलाई उपयोग गर्दै जानुको विकल्प छैन । यो अवस्थामा हामीले सबैभन्दा बढी जोड संगठन निर्माण गर्न र क्रान्तिकारी चरित्र जोगाइराख्न नै ध्यान दिनुपर्दछ ।

    जब जब पार्टीका अन्तरबिरोधहरू अमैत्री हुन पुग्छन् तब पार्टी भित्र फुट र बिभाजन देखिने गर्दछ । यसरी फुटेर जानेहरूको ईतिहासलाई हेर्ने हो भने पनि कोही कसैको स्थिति पार्टी र क्रान्तिको स्प्रिटमा माथि उठ्न सकेको देखिँदैन । विगतमा विभिन्न भड्कावमा परेर हाम्रो पार्टीबाट कैयौं ईमान्दार साथीहरू पनि जानुभयो भने कैयौं साथीहरू निस्क्रिय भएर पनि बस्नु भयो । बिस्तारै बुझ्दै जाँदा कयौँ साथीहरू मूलघरमा फर्केर पार्टीको महत्वपूर्ण जिम्मेवारी निभाउनु भएको पनि छ । यसखालका भ्रम र भड्कावहरु पार्टी जीवनमा आइ नै रहन्छन् । हामी वैचारिक रुपमा प्रष्ट हुन नसकेमा कुनै पनि खालका भड्कावले पलायन बनाउन सक्दछ ।

    त्यसैले हामीले आफू स्पष्ट हुँदै, भ्रमहरूलाई चिर्दै शसक्त ढंगले पार्टी संगठनलाई हाँक्नु जरूरी हुन्छ । हाम्रो आस्थाको धरोहर हाम्रो पार्टीलाई राम्रो बनाउनु छ भने पार्टीका अन्तर बिरोधलाई सार्वजनिक गरेर होईन, आन्तरिक रूपमा उठाएर समाधान गरिनु पर्दछ । तसर्थ फुटपरस्त साथीहरूले साच्चिकै मूलघरलाई बनाउने हो भने यहीँ भित्रैबाट लड्नु पर्छ । पार्टीले गलत गरेको भए त्यसको मूल्यांकन गर्ने थलो भनेको भेला, सम्मेलन या महाधिबेशन नै हो । त्यो भन्दा बाहिरबाट अभ्यास गर्नु भनेको अन्तत: पार्टीमा फुट पार्नु र स्वयम् कमजोर हुनु हो । त्यसैले हामी आ–आफ्नो ठाउँबाट संगठित हुँदै यस प्रकारका गल्तीहरूमा खबरदारी गरौँ र साथीहरूलाई सहृदय मूलघरमै बसेर अन्तरबिरोध सञ्चालन गर्न सुझाऔँ ।

    (गौतम जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

     

    बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • २.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ३.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ४.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • ५.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ६.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ७.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ८.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.