• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख


  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
  • न्युयोर्क, ५ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले विभिन्न चुनौतीका बीच अपेक्षाभन्दा बढी लचिलोपन प्रदर्शन गरिरहेको भए पनि आगामी दिनमा केही महत्वपूर्ण जोखिमहरू कायमै रहने बताउनुभएको छ ।

    Advertisement

    आइतबार अमेरिकाको न्युयोर्कमा आयोजित कतार इकोनोमिक फोरमको विशेष कार्यक्रममा बोल्दै जर्जिएभाले उच्च मुद्रास्फीति, बढ्दो ऋण सेवा लागत तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको तीव्र लगानी विश्व अर्थतन्त्रका प्रमुख सम्भावित जोखिम रहेको उल्लेख गर्नुभएको हो ।

    जर्जिएभाका अनुसार विश्वका विभिन्न मुलुकमा मुद्रास्फीति अपेक्षाअनुसार छिटो घट्न सकेको छैन । उहाँले मुद्रास्फीतिको समस्या तत्काल समाधान हुने अवस्था नरहेको उल्लेख गर्दै मूल्य स्थिरता कायम गर्न केही केन्द्रीय बैंकहरूले मौद्रिक नीति थप कडा बनाउनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

    मूल्य स्थिरता कायम गर्ने प्रयाससँगै ऋणको सेवा लागत पनि बढिरहेको उहाँले बताउनुभयो । सरकारहरूले वित्तीय अनुशासन कायम गर्नुपर्ने आवश्यकता स्वीकार गरे पनि त्यसअनुसार पर्याप्त कदम चाल्न अझै बाँकी रहेको उहाँको भनाइ छ ।

    एआई क्षेत्रमा लगानीबारे सावधानी आवश्यक

    जर्जिएभाले पछिल्लो समय तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता क्षेत्रमा भइरहेको लगानीसँग सम्बन्धित सम्भावित जोखिमप्रति पनि सावधानी अपनाउनुपर्ने बताउनुभएको छ ।

    उहाँका अनुसार एआई क्षेत्रमा उच्च अपेक्षाका साथ ठूलो मात्रामा लगानी भइरहेको छ । यस क्रममा ऋणमा आधारित लगानी तथा एकअर्कासँग जोडिएका वित्तीय कारोबार बढ्दै गएकाले जोखिमसमेत सिर्जना हुन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

    एआई प्रविधिबाट अपेक्षा गरिएअनुसारको प्रतिफल प्राप्त हुन नसके त्यसले लगानीकर्तामा निराशा उत्पन्न गर्न सक्ने र त्यसको प्रभाव व्यापक वित्तीय प्रणालीसम्म पुग्न सक्ने सम्भावनातर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।

    जर्जिएभाका अनुसार एआई क्षेत्रको वित्तीय जोखिम मुख्य रूपमा संयुक्त राज्य अमेरिकामा केन्द्रित रहे पनि एसिया र युरोपका धेरै मुलुक एआईको विश्वव्यापी आपूर्ति शृंखलासँग जोडिएका छन् । त्यसैले यस क्षेत्रमा आउने ठूलो उतारचढावको प्रभाव अन्य अर्थतन्त्रमा समेत पर्न सक्ने उहाँको भनाइ छ ।

    करिब ३ प्रतिशत आर्थिक वृद्धि महत्वपूर्ण उपलब्धि

    विभिन्न चुनौतीका बाबजुद विश्व अर्थतन्त्रले देखाएको लचिलोपनलाई जर्जिएभाले सकारात्मक रूपमा लिनुभएको छ । ऊर्जा आपूर्ति संकट, मुद्रास्फीति, उच्च ऋण लागत तथा अन्य आर्थिक झट्काबीच पनि विश्व अर्थतन्त्रमा करिब ३ प्रतिशतको आर्थिक वृद्धि कायम रहनु महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो ।

    ऊर्जा आपूर्तिमा देखिएको संकटलाई सम्बोधन गर्न आवश्यक समयमा विभिन्न पक्षबाट तीव्र र प्रभावकारी कदम चालिएको उदाहरणले आफूलाई आशावादी बनाएको पनि उहाँले उल्लेख गर्नुभयो ।

    विश्व अर्थतन्त्रमा सहकार्य र परस्पर निर्भरता कायमै

    विश्व अर्थतन्त्र थप विभाजित हुँदै गएको चर्चा भइरहे पनि मुलुकहरूबीचको परस्पर निर्भरता र सहकार्य अझै महत्वपूर्ण रहेको जर्जिएभाको भनाइ छ ।

    उहाँका अनुसार विश्व पहिलेको तुलनामा कम एकीकृत देखिए पनि व्यापार, लगानी, प्रविधि तथा आपूर्ति शृंखलाका कारण मुलुकहरू एकअर्कासँग अझै गहिरोसँग जोडिएका छन् ।

    “विश्व थप विभाजित भएको चर्चा भइरहेको छ । वास्तवमै विश्व पहिलेभन्दा कम एकीकृत भएको छ। तर पनि हामी एकअर्कामा निर्भर छौँ र सहकार्य गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

    अक्टोबरमा नयाँ आर्थिक प्रक्षेपण सार्वजनिक हुने

    आईएमएफले आगामी अक्टोबरमा विश्व अर्थतन्त्रसम्बन्धी नयाँ प्रक्षेपण सार्वजनिक गर्ने तयारी गरेको छ । जर्जिएभाका अनुसार उक्त प्रक्षेपणमा विश्व अर्थतन्त्रमा विद्यमान उच्च जोखिम र अनिश्चितताको अवस्थालाई समेत समेटिनेछ । उहाँले आगामी दिनमा विश्व अर्थतन्त्रका चुनौती र जोखिमप्रति सरकार, केन्द्रीय बैंक तथा निजी क्षेत्र सबैले सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

    “हामी सावधान र सतर्क रहनुपर्छ । जोखिम उच्च छन् र अनिश्चितता नै नयाँ सामान्य अवस्था बनेको छ,” जर्जिएभाले भन्नुभयो ।

    सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    निर्वाचन पराजयपछि मर्जमाथि दबाब
    अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • २.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ३.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ४.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ५.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ६.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ७.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ८.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.