• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

‘वामपन्थी’ संकीर्णवादी प्रवृत्ति


  •   मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
  • सुरेश थापा

    Advertisement

    केही समय अगाडि युगदर्शन अनलाइनमा “‘वामपन्थी’ संकिर्णवाद र फुटपरस्त प्रवृत्ति” शिर्षकमा का. मोहनविक्रम सिंहको लेख प्रकाशित भएको थियो । पछि उक्त लेख सानो पुस्तिकाको रुपमा पनि प्रकाशन भएको छ । त्यो लेखको आलोचना गर्दै सन्तबहादुर नेपालीले श्रृंखलावद्ध लेखमाला प्रकाशित गर्नु भएको छ । सन्तबहादुरको उक्त लेखमाला पढ्दा उहाँमा मौलाई रहेको ‘वामपन्थी’ संकीर्णवादी प्रवृत्ति अरु प्रष्ट भएको छ । हुनत उहाँले लेखमा आफ्नो विचार क्रान्तिकारी भएको दावा गर्न धेरै नै मेहनत गर्नु भएको छ । तर दुःखको कुरा उहाँको विचार ‘वामपन्थी’ संकीर्णवादी नै रहेको कुरा उहाँको लेखमालाले थप पुष्टि गरेको छ ।

    रोचक कुरा त के छ भने मोहनविक्रमको उक्त लेखले सन्तबहादुर लगायतलाई ‘हैरान’ नै बनाएछ । उहाँले लेख्नु हुन्छ, हामी ‘हैरान भयौँ’ । यद्यपी उक्त लेख कुनै व्यक्ति विशेषलाई केन्द्रमा राखेर लेखिएको थिएन । त्यो वैचारिक लेख हो । तर लेखले ठिक ठाउँमा प्रहार गरेछ । त्यसैले उहाँलाई एउटा लेखको आलोचना गर्न कैयौं लेखमाला प्रकाशित गर्नुपर्ने भयो ।
    ‘वामपन्थी’ संकीर्णवादीहरु कार्यनीति र रणनीतिको प्रश्नमा अलमलिन्छन् । उनीहरुले रणनीतिलाई कार्यनीति नारा बनाउन पुग्छन् र बढी क्रान्तिकारी देखिन खोज्छन् । वस्तुस्थिति भन्दा माथि आकाशमा हावामा उड्न मन पराउँछन् । जस्तो मोहनविक्रमको उक्त लेखमा ‘वामपन्थी’ संकीर्णवादी प्रवृत्तिबारे चर्चा गर्दै लेखिएको छ “‘वामपन्थी’ संकिर्णवादीहरुले उच्चप्रकारको क्रान्तिकारी वा रणनीति कार्यक्रमलाई नै तात्कालिन कार्यदिशाको रुपमा अपनाउनु पर्ने कुरामा बढी रुची राख्दछन् । बाह्य र प्रकटरुपमा हेर्दा त्यो बढी क्रान्तिकारी प्रकारको देखिन्छ । तर त्यसले वस्तुगत र व्यवहारिक पक्षसित मेल खाँदैन ।”

    ‘वामपन्थी’ संकीर्णवादीहरु कार्यनीति र रणनीतिको प्रश्नमा अलमलिन्छन् । उनीहरुले रणनीतिलाई कार्यनीति नारा बनाउन पुग्छन् र बढी क्रान्तिकारी देखिन खोज्छन् । वस्तुस्थिति भन्दा माथि आकाशमा हावामा उड्न मन पराउँछन् ।

    ‘वामपन्थी’ संकिर्णवादी प्रवृत्ति माक्र्सवाद–लेनिनवाद विरोधी विचारधारा हो । त्यसबारे चर्चा गर्दै मोहनविक्रमको उक्त लेखमा लेखिएको छ “मूलरुपमा उनीहरुले वस्तुस्थितिको ठोस विश्लेषण र त्यसका आधारमा कार्यनीति निश्चित गर्ने माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई त्यागेका हुन्छन् ।” उनीहरु ठोस वस्तुगत धरातल भन्दा माथि हावामा उड्न थाल्दछन् । त्यसप्रकारको “प्रवृत्तिका कारणले नै उनीहरु तात्कालिन राजनीति स्थितिअनुसार कार्यनीति निर्धारण गर्न त्यसलाई अपनाउन असफल हुन्छन् ।”

    सन्तबहादुरले उच्चप्रकारको क्रान्तिकारी वा रणनीतिक कार्यक्रमलाई तात्कालिन कार्यदशाको रुपमा अपनाउने रुचीका कारण नै नेकपा (मसाल)को नीतिलाई दक्षिणपन्थी देख्न पुग्नु भएको छ । ठोस परिस्थितिको आधारमा होइन, हावामा उडान भरेर कार्यनीति तय गर्दाको परिणाम हो यो । यो ‘वामपन्थी’ संकीर्णवादी कमजोरी हो । यसप्रकारको ‘वामपन्थी’ संकीर्णवादी प्रवृत्ति उहाँको पुरै लेखमा देख्न सकिन्छ ।

    बहुदलीय व्यवस्था र गणतन्त्रको स्थापनापछि पार्टीले नयाँ जनवादी गणतन्त्रको स्थापनालाई तत्कालिन कार्यनीति नबनाएकोमा सन्तबहादुरको विरोध रहेको छ । त्यसैले तात्कालिनरुपमा अपनाउँदै आएको गणतन्त्र र बहुदलीय व्यवस्थाको रक्षाको कार्यनीतिलाई उहाँले दक्षिणपन्थी कार्यनीति बताउनुहुन्छ । यसबारे उहाँको यस्तो तर्क छ– “१२–१३ वर्षसम्म पुँजीवादी गणतन्त्रलाई कार्यनैतिक समर्थन गरिरहँदा त्यो समर्थनले रणनीतिक रुप” लिने र पार्टीलाई “सुधारवाद तर्फ” लैजानेछ । उहाँले तात्कालिन परिस्थितिमा आएको परिवर्तनका आधारमा होइन, १२–१३ वर्षसम्म पूँजीवादी गणतन्त्रलाई समर्थन गरिरहँदा सुधारवादी भइने त्रासका कारण गणतन्त्र र बहुदलीय व्यवस्थाको रक्षाको कार्यनीतिलाई दक्षिणपन्थी बताउनु हुन्छ ।

    नयाँ जनवादी गणतन्त्र अथवा नयाँ जनवादी क्रान्ति अहिलेको वस्तुस्थितिमा तात्कालिन कार्यनीति बन्न सक्दैन । माक्र्सवादी–लेनिनवादीहरुले कुनै कार्यनीति तय गर्दा समयलाई होईन तत्कालको वस्तुस्थितिलाई आधार बनाउने गर्दछन् । कुन कार्यनीति कति लामो समयसम्म कायम रहने भन्ने कुरा व्यक्तिको रुचीको आधारमा होइन, तत्कालको वस्तुगत परिस्थितिले निर्धारण गर्ने गर्दछ । त्यस आधारमा कतिपय अवस्थामा कुनै कार्यनीतिले लामो समय लिन्छ भने कतिपय अवस्थामा कार्यनीति २४ घण्टामा बदलिन्छ । समय सीमाको आधारबाट कार्यनीति र रणनीतिको वर्गिकरण गर्ने कुरा माक्र्सवादी–लेनिनवादी विचारसँग मेल नखाने कुरा हो ।

    आफ्नो विचारलाई पुष्टि गर्न उहाँले रुसमा लेनिनले र चीनमा माओले अपनाएको नीतिको बारम्बार चर्चा गर्नु हुन्छ । त्यसबाट पनि उहाँमा रहेको “वामपन्थी” संकिर्णवादी प्रवृतिलाई थप उजागर गरेको छ । रुसको चर्चा गर्दै उहाँले लेख्नु हुन्छ “लेनिनले फरवरी क्रान्ति सम्पन्न गरेपछि जारशाहको पुर्नस्थापनाको खतरा मात्रै बताएर अक्टोबर क्रान्ति अर्थात समाजवादी क्रान्तितर्फ नलागेको भए रुसमा क्रान्ति सम्पन्न हुने थिएन ।” यो कुरा सत्य होइन कि लेनिनले फरबरी क्रान्ति पछि समाजवादी क्रान्तिको कार्यनीति अपनाउनु भयो । करिब आठ महिना पछिमात्र अर्थात १९०१७ ओक्टुवर १० मा बसेको केन्द्रीय समितिको बैठकले शसस्त्र विद्रोह गर्ने फैसला गरेको थियो ।

    फरवरी क्रान्ति पछि छिटो छिटो विकसित परिस्थिति र क्रान्तिको आधारबारे लेनिनले यसरी व्याख्या गर्नु भयो– “रसियाली क्रान्तिको अन्तर्राष्ट्रिय स्थिति (जर्मन नौसेनामा विद्रोह हुनु, जुन युरोपभर विश्व समाजवादी क्रान्तिको अभिवृद्धिको एउटा चरम अभिव्यक्ति हो, रुसमा क्रान्तिको घाँटी निमोठ्ने उदेश्यले साम्राज्यवादीहरुका बीच शान्ति गर्ने धम्की) र साथै त्यसको सैनिक स्थिति (पेट्रोग्राड जर्ननहरुको हातमा सुम्पने रस्सीयाली पूँजीपतिवर्ग र करेन्स्की डफ्फाको निश्चित निर्णय) र सोभियतहरुमा सर्वहारा पार्टीले बहुमत प्राप्त गरेको तथ्य), यी सारा कुरासंगसैगै किसान विद्रोह हुनु र हाम्रो पार्टीेतर्फ जनताको विश्वास मोडिनु (मास्कोमा भएका निर्वाचनहरु), र अन्तमा, दास्रो कोर्निलोव काण्डको लागि स्पष्टरुपमा भइरहेको तयारी….यी सब कारणहरुले गर्दा शसस्त्र विद्रोह तात्कालिन कार्यसूचीमा पर्न गएको छ ।” (सोभियत संघको कम्युनिष्ट पार्टी (वोल्सेविक) को इतिहासमा पृष्ठ १८१) यसरी लेनिनले सन्तबहादुरले झै महिना वा बर्ष गनेर होइन वस्तुगत परिस्थितिका आधारमा समाजवादी क्रान्तिको नारा दिनु भएको थियो ।

    चीनमा माओले अपनाएको नीतिको चर्चा गर्दै उहाँले लेख्नु हुन्छ “नयाँ जनवादी क्रान्तिपछि एउटा विवाद आयो । क. माओले समाजवादमा जाने कुरा गर्नु भयो । देङसियाओ पिङले नयाँ जनवादमा पनि पुँजीको विकास हुन्छ । त्यसकारण यसैलाई संस्थागत गर्नुपर्छ भनेका थिए । देङसियाओ पिङको कार्यदिशा यदि क. माओले स्वीकार गर्नु भएको भए चीन समाजवादमा जाने थिएन ।” क्रान्तिको सफलता पश्चात चीनको कम्युनिष्ट पार्टी सत्तामा थियो । समाजवादमा जानको लागि त्यो भन्दा अनुकुल परिस्थिति के हुन सक्थ्यो ? त्यो परिस्थितिमा माओले समाजवादको नारा दिनु सही कार्यनीति थियो ।

    के नेपालको अहिलेको अवस्था सन्तबहादुरले चर्चा गरेझै रुस र चीनको अवस्था जस्तै हो ? के नेपालमा गणतन्त्रको स्थापना पनि नयाँ जनवादी गणतन्त्र वा जनवादी क्रान्तिको नारा दिन सकिने परिस्थिति तयार भएकै हो ?

    के नेपालको अहिलेको अवस्था सन्तबहादुरले चर्चा गरेझै रुस र चीनको अवस्था जस्तै हो ? के नेपालमा गणतन्त्रको स्थापना पनि नयाँ जनवादी गणतन्त्र वा जनवादी क्रान्तिको नारा दिन सकिने परिस्थिति तयार भएकै हो ? परिस्थितिको एउटा पाटोलाई मात्र हेरेर निश्कर्षमा पुग्ने यो उहाँको अधिभूतवादी दृष्टिकोण हो । यो ठोस परिस्थितिको ख्याल नगरिकन चर्को नारामा रुची राख्ने ‘वामपन्थी’ संकिर्णवादी प्रवृत्ति हो ।

    सन्तबहादुरले एकातर्फ राजतन्त्रको अन्तसंगै सामन्तवादको अन्त भैसकेकोे र दलाल पुँजीवादका विरुद्धको संघर्ष नै प्रधान संघर्ष हुनुपर्ने विचार प्रकट गर्नु हुन्छ भने अर्को तर्फ नयाँ जनवादको कुरा पनि गर्नु हुन्छ । यो विचार आफैमा विरोधाभासपूर्ण छ । नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मूलुक हो । यसैले नेपाली क्रान्तिको चरित्र नयाँ जनवादी क्रान्ति हुन जान्छ । यदी सामन्तवादको अन्त्य भएको हो भने नयाँ जनवादी क्रान्तिको कुरा गर्नुको औचित्य के रह्यो ? अथवा नयाँ जनवादमा विश्वास गर्ने हो भने दलाल पूँजीवाद विरुद्धको संघर्ष कसरी प्रधान बन्यो ? यदि पूँजीवादको प्रसस्त विकास भएको हो भने समाजवादी क्रान्तिको नारा दिनु पर्ने होइन र ? यसरी नयाँ जनवादको कुरा गर्दै गर्दा उहाँ माओविचारधारको विरुद्ध उभिन पुग्नु भएको छ । अति क्रान्तिकारीता प्रदर्शन गर्दा गैरक्रान्तिकारी दलदलमा फसेको कुरा सन्तबहादुरले पत्तै पाउनु भएको छैन ।

    क्रान्तिपूर्व सरकारमा भाग लिने प्रश्न कम्युनिष्ट पार्टीको लागि कार्यनीति प्रश्न हो । कार्यनीतिको अर्थ क्रान्तिपूर्व पनि कम्युनिष्ट पार्टी सरकारमा जान पनि सक्छ भन्ने नै हो । तर सबै परिस्थिति र सबै प्रकारका सरकारमा जाने भन्ने हुदैन । कम्युनिष्टहरुले रणनैतिकरुपमा सरकारमा जाने वा नजाने दुबै कुराको विरोध गर्दछन् । त्यसैले कम्युष्टिहरुका लागि सरकारको प्रश्न रणनीति नभएर कार्यनीतिक प्रश्न बन्न जान्छ । सरकारमा भाग लिने वा नलिने त्यो तात्कालिन राजनैतिक परिस्थिति र राजनैतिक आवश्यकताले फैसला गर्ने कुरा हो । यो कुरामा सैद्धान्तिकरुपले सन्तबहादुरको कुनै असहमति भएजस्तो लाग्दैन । तर व्यवहारमा उहाँ यो प्रश्नमा रणनैतिक विचार अपनाउन पुग्नु भएको छ । मसालको विचारको जसरी पनि विरोध गर्नुपर्छ भन्ने पुर्वाग्रहले उहाँलाई त्यो ठाउँमा पु¥याएको छ । जस्तो उहाँले लेख्नु हुन्छ “नीति खुल्ला गर्नुको अर्थ सरकारमा सर्वकालिन जान सक्ने भनिएको हो । यो संसदवादी विचार हो ।” पहिलो कुरा त कार्यनीति भनेकै नीतिमा खुला हुनु हो । अर्थात खुला नीति भनेकै कार्यनीति हो । उहाँको विचारमा सरकारमा जाने नीति खुला गर्नु हुँदैन किनभने त्यसो गर्नु भनेको “सर्वकालिन सरकारमा जान सक्ने भनिएको हो”, त्यो “संसदवादी विचार हो” । सरकारमा जाने प्रश्न कार्यनीतिक प्रश्न भएको कुरालाई नीतिगतरुपमा स्वीकार गरेपनि व्यवहारमा उहाँले त्यसलाई रणनैतिक प्रश्न बनाउनु भएको छ । जुन माक्र्सवादी–लेनिनवादी विचारसँग मेल खाँदैन ।

    अर्को कुरा दस्तावेजको एउटा वाक्यलाई टिपेर अर्थ लाउने कुरा नै अधिभूतवादी दृष्टिकोण हो । सरकारका जानेबारे आठौं महाधिवेशनको दस्तावेजमा स्पष्ट भनिएको छ “कुनै सरकारमा जाने वा नजाने विषयमा हाम्रो पार्टीले कुनै खास बेलाको स्थिति र राजनैतिक अवस्था र सरकारको प्रकृति अनुसार नै निर्णर्य गर्दछ ।”(पृष्ठ ३३) त्यही कार्यनीति अनुसार महाधिवेशन पछि पनि कयौं सरकारहरु बने, तर पार्टी सरकारमा सामेल भएको छैन । अहिले पाँच गठबन्धनको सरकारमा पनि सामेल नहुने निर्णय गरेको छ । यदि सरकारमा जाने रणनैतिक निर्णय भएको भए सबैप्रकारका सरकारमा पार्टी किन गएन ? यति सरल र प्रष्ट कुरा हुँदाहुँदै पनि भ्रमको खेति गर्न खोज्नु राजनैतिक इमान्दारीता होइन । चर्को कुरा गरेर क्रान्तिकारी भइने हो भने त्यसमा केही भन्नु छैन ।

    यदि सरकारमा जाने रणनैतिक निर्णय भएको भए सबैप्रकारका सरकारमा पार्टी किन गएन ? यति सरल र प्रष्ट कुरा हुँदाहुँदै पनि भ्रमको खेति गर्न खोज्नु राजनैतिक इमान्दारीता होइन ।

    तत्कालको स्थितिमा शान्तिपूर्ण संघर्ष नै संघर्षको प्रधान पक्ष भएको कुरा महाधिवेशनले स्पष्ट पारेको छ । यसप्रकारको नीतिलाई पार्टी सशस्त्र संघर्षको नीतिबाट पछि हटेको भनेर भ्रम श्रजना गर्न प्रयत्न गरिएको छ । अर्थात सशस्त्र संघर्ष भन्दा मुनीका संघर्षका रुपहरुलाई उहाँले संसदीय प्रणालीलाई स्वीकार गरेको ठान्नु हुन्छ । “कुनै खास परिस्थितिमा कुनै देशको स्थितिअनुसार सशस्त्र संघर्षको सट्टा शान्तिपूर्ण आन्दोलन वा संसदीय प्रणालीलाई पनि उपयोग गर्नु पर्ने आवश्यकता हुन्छ”(रा.प्रतिवेदन पृष्ठ ३८) न्युनतम कार्यक्रममा त्यो कुरालाई यसरी प्रष्ट पारिएको छ “त्यो लक्ष्य सर्वहारावर्गको पार्टीको नेतृत्व, पार्टीको नेतृत्वमा सवै क्रान्तिकारी वर्गहरुको संयुक्त मोर्चा तथा दीर्घकालिन जनयुद्धद्वारा मात्र प्राप्त हुन सक्नेछ । तर अहिलेको वस्तस्थिति माथि ध्यान दिंदा सशस्त्र संघर्ष सुरु गर्ने अवस्था छैन र शान्तिपूर्ण जनआन्दोलन नै संङ्घर्षको प्रधानरुप हुन्छ । तर त्यसको उदेश्य पुनः नयाँ जनवादी क्रान्ति वा दीर्घकालिन जनयुद्धका लागि आधार तयार पार्ने हुनुपर्छ ।”(पृष्ठ ४)
    अराजकतावादीहरुले सशस्त्र संघर्ष भन्दा तलका संघर्षका रुपहरुलाई दक्षिणपन्थी बताउने गर्दछन् । यसरी सबै प्रकारको परिस्थितिमा शसस्त्र संघर्षको नीतिलाई संघर्षको प्रधानस्वरुपका रुपमा बुझ्ने उहाँको विचार अराजकतावादी र अधिभुतवादी प्रकारको छ । ‘वामपन्थी’ संकिणवादको बैचारिक आधार भनेकै अराजकतावाद हो । विचारमा भएको यसप्रकारको स्खलनलाई हेर्दा उहाँ कै शब्दमा भन्नु पर्दा “टिठ लागेर आउँछ ।”

    महाधिवेशनले सन्तबहादुरले चाहे झै गणतन्त्रको अन्त्य र नयाँ जनवादी गणत्रन्त्र वा नयाँ जनवादको स्थापनालाई तात्कालिन कार्यनैतिक नारा बनाएन । त्यसप्रकारको निर्णय नगरेकै कारण उहाँले पार्टीलाई बारम्बार दक्षिणपन्थी घोषित गर्दै आउनु भएको छ । तर विचित्र त यो छ कि, त्यही लेखमालामा आफ्नो अडानबाट १८० डिग्री फन्को मारेर आफूहरुले जनवादी गणतन्त्र वा नयाँ जनवादलाई तात्कालिन कार्यनीतिक नारा नबनाएको कुरा बारम्बार दोहो¥याउनु भएको छ । लेख्दै जाने आफै काट्दै जाने । यो कस्तो विरोधाभास र विचारको असन्तुलन हो ?

    सायद, मोहनविक्रमको लेख पछि उहाँ अली डराएको, आतंकित भएको जस्तो भान हुन्छ । जस्तो उहाँले एकठाउँमा लेख्नु भएको छ “सरकार र प्रतिक्रियावादी शक्तिहरुले निगरानीमा राख्ने छन् ।” त्यसपछि उहाँले वारम्वार नयाँ जनवादी गणतन्त्र आफ्नो कार्यनीति नभएको कुरामा जोड दिनु भएको छ । जस्तो उहाँले लेख्नु हुन्छ “बुजुर्वा प्रणाली पनि सापेक्षतामा प्रगतिशिल हुन्छ”, “यसको अर्थ तत्काल नै लोकतन्त्रलाई समाप्त पारेर नयाँ जनवाद स्थापना गर्नु भन्ने लाग्दैन”, “त्यसकारण यो व्यवस्थाको अन्त गर्नु र नयाँ जनवादी व्यवस्था स्थापना गर्नु स्वतः रणनीति बन्न जान्छ”, “जनवादी गणतन्त्र कसैले चाहँदैमा तत्काल हासिल हुने कुरा होइन”, “अहिले नयाँ जनवाद हाम्रो लागि रणनीति हो । अहिले त्यो रणनीति प्राप्त गर्न सकिदैन”, “नयाँ जनवाद र त्यसपछि समाजवाद नै आवश्यक व्यवस्था हो भनेर प्रचार गर्न सकिन्छ”, “अल्पमत पक्षले तत्काल सशस्त्र संघर्ष शुरु गर्नुपर्छ भनेको छैन”, “माफ गनुहोला, अल्पमत पक्षको तत्काल त्यस्तो नीति नभएको कुरा माथिको पंक्तिहरुबाट स्पष्ट छ” ।

    उच्च क्रान्तिकारी देखिन गणतन्त्र र बहुदलीय व्यवस्थाको रक्षाको कार्यनीतिलाई दक्षिणपन्थी बताउँदै त्यसको अन्त्यमा जोड दिने तर जनवादी गणतन्त्र स्थापनालाई कार्यनीति बनाउन पनि डराउने ?

    यसरी उहाँले वारम्वार यो स्पष्टीकरण दिनु भएको छ कि जनवादी गणतन्त्र वा नयाँ जनवाद तत्कालको कार्यनीति होइन । त्यसो हो भने उहाँको तात्कालिन कार्यनीति के हो त ? उच्च क्रान्तिकारी देखिन गणतन्त्र र बहुदलीय व्यवस्थाको रक्षाको कार्यनीतिलाई दक्षिणपन्थी बताउँदै त्यसको अन्त्यमा जोड दिने तर जनवादी गणतन्त्र स्थापनालाई कार्यनीति बनाउन पनि डराउने ? व्यवहारमा उहाँ बिना कार्यनीतिको दिशाविहीन हुन पुग्नु भएको छ । यो भन्दा “वामपन्थी” संकिर्णवादको उत्तम नमुना के हुन सक्छ ?

    मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.