• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

काम गर्ने र गराउनेबिच अन्तरसम्बन्ध


  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    काम गर्ने भनेको पहिलेको स्थान, रूप, रङ, अवस्था आदि बदल्ने हो । हामीले विज्ञानमा कामको परिभाषा यसरी पढेका छौँ । कुनै वस्तुमा बल प्रयोग गरेपछि त्यो वस्तुले गति पायो भने काम भयो । व्यक्तिले बल प्रयोग गर्ने तर वस्तु जहाँको त्यही रहने भयो भने काम भएन ।

    Advertisement

    अर्को कुरा काम गराउने र काम गर्ने भन्ने पनि हाम्रा समस्या हुन् । काम गराउने शिक्षक हो, काम गर्ने विद्यार्थी हो । काम गराउनेको योग्यता, क्षमता जति छ, काम त्यत्ति गराउँछ । तब बिचमा खडा हुन्छ† पैसा कसको हो ? पैसा सबैको सामूहिक वस्तु हो । त्यसकारण पैसाले कामको नाप जाँच गर्दैन, कामको नापजाँच योग्यताले गर्दछ । कुनै विषयमा ज्ञान प्राप्त गर्नु भनेको योग्यता हासिल गर्नु हो । योग्यता सैद्धान्तिक र व्यावहारिक हुन्छन् ।

    वर्तमान समाजमा सिद्धान्त र व्यवहारबिच गहिरो खाडल भएकाले ती दुईबिच एकरूपता हुन सकेको छैन । त्यसैको सोझो असर काम गर्ने र काम गराउनेहरूका बिचमा परेको छ । जसले आफूले काम गर्न जान्दैन, त्यही अरूलाई काम गराउन कस्सिन्छ । समस्या अर्को आइपर्छ ।

    हाम्रा जल्दाबल्दा समस्या खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारका हुन् । काम गर्ने र काम गराउने विषय यिनै छओटा समस्यासँग सम्बन्धित भएकाले तथा समाज सञ्चालनमा यी समस्याको समाधानका तरिका परस्पर विरोधी भएको हुनाले सर्वसाधारण जनता जान्न छुट्टाउन नसकेर अन्यौलमा परेका छन् ।

    काम गर्ने शिक्षक हो अथवा काम गराउने शिक्षक हो । अवश्य पनि बढी जानेको शिक्षक हो । काम जानेको र बढी जान्न चाहने मान्छे विद्यार्थी हो । विद्यार्थीले जान्न चाहने, शिक्षकले सिकाउन नचाहने वा नसक्ने एउटा समस्या हो । शिक्षकहरूले सिकाउन चाहेन विद्यार्थीले क्नि नचाहने पनि उस्तै खालको अर्को समस्या हो । यस्ता समस्या समाजमा बढी नै छन् । किन यस्ता समस्या, जुन आउनुनपर्ने समस्या हुन्, तिनै समस्या आइपर्छन् ? यो गम्भीर भएर सोच्नुपर्ने र सबैको प्रयत्नबाट हटाउनुपर्ने समस्या पनि हुन् ।

    हाम्रा जल्दाबल्दा समस्या खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारका हुन् । काम गर्ने र काम गराउने विषय यिनै छओटा समस्यासँग सम्बन्धित भएकाले तथा समाज सञ्चालनमा यी समस्याको समाधानका तरिका परस्पर विरोधी भएको हुनाले सर्वसाधारण जनता जान्न छुट्टाउन नसकेर अन्यौलमा परेका छन् ।

    राज्यसत्ता ठुलो सङ्गठित संस्था मात्र होइन, जनतालाई सिक्ने/सिकाउने र काम गर्ने/गराउने मुख्य भूमिकामा रहेको हुन्छ । त्यही प्रयोगका लागि जनताबाट कर उठाउने र विदेशबाट जनताका नाममा ऋण र सहयोग ल्याउने समेत गर्दछ तर त्यो जनताको सिक्ने/सिकाउने र काम गर्ने/गराउनेमा भन्दा जनताका नामको ठुलो रकम आफ्नो बनाउने, आफ्ना मान्छेको बनाउने, त्यसरी जम्मा गरेको धनलाई वैधानिकता दिने आदि कपटी काममा व्यस्त छ ।

    विकास गरेको भनेर मन्त्रीहरूले फेहरिस्त बताउँछन् । त्यो त सिक्ने/सिकाउनेहरूको परिश्रमको परिणाम हो तर आफूहरूले काम गराएको नाटक गरेर सामूहिक स्वामित्वको रकमलाई व्यक्तिगत स्वामित्वमा रूपान्तरण गरेर त्यो छलछामको कामलाई वैधानिकता दिन विकासका कुरा गर्छन् । गर्नुपर्ने र गर्न सक्ने एकातिर मिल्काएर अर्काले गरेको कामलाई आफूले गरेको भनी प्रचार गर्छन् । त्यो काम गर्ने मान्छे र गराउने मान्छेलाई समाजमा चिनाउने त कता हो कता, आफूले बाँडेको पैसाको र काम गरेको मिलान गरेर फस्र्यौटसमेत गर्ने योग्यता क्षमता आफूमा छैन । यही जनता विरोधी काम र जनता विरोधी स्वार्थ भएको राज्यसत्ता जस्तो ठुलो सङ्गठित शक्ति भएकाले जनताले सिक्ने र सिकाउने अभ्यासमा लाग्न सक्दैनन् ।

    समाजमा परिवर्तन गराउन चाहनेले सबैभन्दा पहिलो समाजलाई बुझ्नुपर्छ । बुझ्न सक्नुपर्छ । त्यसपछि बल्ने तरिका जान्नुपर्छ । बुझ्न नसक्ने र बदल्ने तरिका सही पक्रन नसक्नेले संसार बदल्न सक्दैन । समाजलाई बदल्न त के बुझ्न पनि सजिलो छैन ।

    काम गर्नेहरूको सरकार भएको भए काम कसरी गर्ने भनेर जनतालाई सिकाउने उनीहरूको काम हुने थियो । जनताले उत्सुकतापूर्वक सिक्ने थिए र सिकेजानेअनुसारको काम गराउने नेतृत्व गर्ने थिए तर अहिले काम कसरी गर्ने भन्नेबारे होइन, पैसा आफ्नो हात पारेर कसरी आफूले काम नगरिकन सुविधासम्पन्न भई बस्ने भन्ने विषय सिक्ने/सिकाउने हुनाले सर्वसाधारण जनताको योग्यता, क्षमताले त्यसो गर्न सक्दैन । त्यसकारण बेरोजगारी ब्यहोर्न विदेश जान र सत्तासिनलाई जीहजुर भन्न मात्र सिक्ने सिकाइने हुनाले समस्या समाधानतिर होइन, अझ अप्ठेरोतिर र झन् सङ्गठित र सचेत भई आमूल परिवर्तन गर्नुपर्नेतिर गएको छ ।

    समाजमा आमूल परिवर्तनको खाँचो छ । व्यवस्थामा आमूल परिवर्तनको खाँचो छ । त्योभन्दा पहिले समाजलाई हेर्ने विश्वदृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्छ । त्यो काम गर्ने/गराउने आमूल परिवर्तनको उद्देश्य भएका क्रान्तिकारीको हो । क्रान्तिकारी हुन सजिलो छैन ।

    समाजमा परिवर्तन गराउन चाहनेले सबैभन्दा पहिलो समाजलाई बुझ्नुपर्छ । बुझ्न सक्नुपर्छ । त्यसपछि बल्ने तरिका जान्नुपर्छ । बुझ्न नसक्ने र बदल्ने तरिका सही पक्रन नसक्नेले संसार बदल्न सक्दैन । समाजलाई बदल्न त के बुझ्न पनि सजिलो छैन ।

    धेरै समय पहिलेदेखि वर्ग सुरु भएका हुन् । वर्ग सुरु भएपछि वर्गीय दृष्टिकोण सुरु भएको हो । आफ्नो आफ्नो र परस्पर विरोधी वर्गीय दृष्टिकोणले मात्र चिन्तनमा छाप पारेको अथवा पार्ने तरिकाको बाटो धेरै पार गरिसकेका छन् । हाम्रा आवश्यकता प्रकृति विरुद्ध सङ्घर्ष नगरी नहुने त छँदै छन् । त्यसमाथि विरोधी वर्गले फाइदा उठाइरहेका छन् । काम त गर्ने प¥यो तर के काम गर्ने र कसरी गर्ने ?

    पहिले सिक्नुपर्यो । सत्तासिन वर्गले धेरै पुस्तादेखि तयार पार्दै गरेको शिक्षा व्यक्तिगत रूपमा सामान्य नागरिकले सामान्य ज्ञानले र सामान्य सङ्गतले विरोधी दृष्टिकोण विकास गरे पनि लगातारको अध्ययन प्रशिक्षण सङ्गठन र सङ्गठित शक्तिबिना निरन्तरता पाउन नै सक्दैन । सामान्य बुझाइले सामान्य काम मात्रै हुन्छ ।

    आमूल परिवर्तन गराउनलाई ज्ञान पनि विशेष किसिमले त्याग, दृढ अठोट अनुशासन र सङ्गठित शक्तिसहित निरन्तरको प्रयास आवश्यक पर्छ । अर्कोतिर यो पुस्तौँपुस्तासम्म निरन्तर रूपमा सञ्चालन गर्ने काम हो । क्रान्तिकारी कामको आदि र अन्त्य हुँदैन ।

    सत्य आफै निरपेक्ष हुन्न सापेक्ष हुन्छ । एकातिर प्रकृति र समाजबारे सत्य पत्ता लगाउनुपर्छ अर्कोतिर सधैँ सत्यको पक्ष लिनुपर्छ । त्यो पनि सजिलो छैन । सत्यलाई झुटले ढाकेको हुन्छ । झुटलाई नपन्छाएरसम्म सत्य भेटाउन सकिन्न । सत्य आफै पनि परिवर्तन भइरहेको हुन्छ ।

    परिस्थितिअनुसार सङ्घर्ष गर्दै जाने काम पनि हो । राजनीति गर्ने भनेको वर्गसङ्घर्ष गर्ने काम हो । त्यसको सुरुआत वर्गको सुरुआत भएसँगै भएको हो । वर्गको अन्त्य, शासनको अन्त्य र राज्यसत्ताको अन्त्य भइसकेपछि पनि प्रकृति विरुद्धको सङ्गठित सङ्घर्ष कायम रहन्छ र निरन्तर सङ्गठित भई नगरिकन हुने नै छैन ।

    समाज बुझ्नका लागि समाजको ज्ञान प्राप्त गर्नुपर्छ । ज्ञान प्राप्त गर्न सिद्धान्तको अध्ययन गर्नुपर्छ । त्यसपछि प्राप्त सिद्धान्तको ज्ञानलाई व्यवहारमा प्रयोग गर्नुपर्छ । व्यवहारमा प्रयोग नगर्ने ज्ञानको अथवा व्यवहारमा प्रयोग गर्न नसक्ने सिद्धान्तको अर्थ र महत्त्व हुन्न । ज्ञान प्राप्त गर्नु भनेको योग्यता हासिल गर्नु पनि हो । योग्यताले सत्य पत्ता लगाउनु र सत्यको पक्षमा काम गर्नु/गराउनुपर्छ ।

    सत्य आफै निरपेक्ष हुन्न सापेक्ष हुन्छ । एकातिर प्रकृति र समाजबारे सत्य पत्ता लगाउनुपर्छ अर्कोतिर सधैँ सत्यको पक्ष लिनुपर्छ । त्यो पनि सजिलो छैन । सत्यलाई झुटले ढाकेको हुन्छ । झुटलाई नपन्छाएरसम्म सत्य भेटाउन सकिन्न । सत्य आफै पनि परिवर्तन भइरहेको हुन्छ ।

    राजा हुनुपर्ने सामन्ती युगका लागि सत्य भए पनि पुँजीवादी युगका लागि सत्य होइन । पुँजीवादका लागि बहुदल र दलीय अनुशासन सत्य भए पनि समाजवादका लागि वर्ग र वर्गीय अनुशासन सत्य हो । सूर्य बिहान पूर्वमा हुने सत्य भए पनि बेलुकी पश्चिममा हुने सत्य हो, जबकि पूर्व र पश्चिम परस्पर विरोधी दिशा हुन् ।

    ज्ञान प्राप्त गर्दा पनि भौतिक परिस्थितिको जानकारी आवश्यक हुन्छ । छिपछिपे ज्ञानले गहिराइको सत्य पत्ता लगाउन सक्दैन । त्यसकारण काम गर्न र काम गराउन पनि उच्चस्तरको ज्ञानको जरुरी पर्दछ । जसले जुन क्षेत्रमा गहिरो अध्ययन र व्यवहार गरेको हुन्छ, ऊ त्यही क्षेत्रमा सिकेको हुन्छ र सिकाउन सक्ने हुन्छ । समाजका धेरैजसो विद्वान व्यावहारिक हुन नसक्ने कारण परम्परागत संस्कृतिअनुसार जान्ने व्याख्या गर्नलाई हो भन्ने मान्यता छ । जान्ने बदल्नलाई हो भन्ने सत्यलाई पक्षपोषण गर्ने हो भने वर्तमान व्यवस्था असफल हुन्छ । त्यसकारण बदल्ने होइन, व्याख्या गर्ने मात्र कामले प्रोत्साहन पाइरहेको छ । जबर्जस्ती तरिका प्रयोग गरेर मात्र बदल्ने कामले गति पाउन सक्छ । काम गर्ने र काम गराउने दुवैको उद्देश्य एउटै भए मात्र बदल्न सकिन्छ । त्यसका लागि राज्यसत्तामा आमूल परिवर्तन गराउन सक्ने गरी जबरजस्तीसहितको सङ्गठित शक्ति चाहिन्छ ।

    विश्वदृष्टिकोण निर्माण र विश्वदृष्टिकोणमा परिवर्तन नगरी नगराइकन समाजवादी व्यवस्थाको स्थापना र सञ्चालन सम्भव छैन । सत्यको खोजी गर्ने सिलसिलामा विश्वदृष्टिकोणमा परिवर्तन हुने हो ।

    सङ्गठनमा लागेका विभिन्न व्यक्तिका भिन्न भिन्न र विभिन्न उद्देश्य हुन सक्दछन् । तर सङ्गठनात्मक उद्देश्य सबैको एउटै हुनुपर्छ । सङ्गठनमा आबद्ध सबै व्यक्तिहरू सङ्गठनको अनुशासनको मातहतमा रहनैपर्छ ।

    आमूल परिवर्तन आफै हुने होइन, सङ्गठनको बलले हुने हो । आमूल परितर्वन गर्ने विश्वदृष्टिकोणसहितको निश्चित उद्देश्य भएको सङ्गठित शक्ति आवश्यक पर्छ । पुँजीवादी व्यवस्थाको शक्ति पुँजीमा हुन्छ भने समाजवादी व्यवस्थाको शक्ति सङ्गठनमा हुन्छ । सङ्गठन नै ठुलो शक्ति भएको हुनाले सङ्गठन बनाउनुपर्छ तर सङ्गठन बनाउदा वर्गाधारको ख्याल भने राख्नैपर्छ ।

    विश्वदृष्टिकोण निर्माण र विश्वदृष्टिकोणमा परिवर्तन नगरी नगराइकन समाजवादी व्यवस्थाको स्थापना र सञ्चालन सम्भव छैन । सत्यको खोजी गर्ने सिलसिलामा विश्वदृष्टिकोणमा परिवर्तन हुने हो । विश्वदृष्टिकोणको आमूल परिवर्तनको सिलसिलामा सङ्गठित र अनुशासित हुने हो । सङ्गठन सबैभन्दा ठुलो शक्ति हो तर एउटा व्यक्तिलाई सङ्गठनमा ल्याउँदा उसको पारिवारिक संस्कृति, रहनसहन, बानी, परम्परा उसको विश्वदृष्टिकोण, उसको योग्यता, क्षमता सबै पार्टीको हिस्सा हुन पुग्छ । पार्टीले उसमा आमूल परिवर्तन गर्ने योजना सँगसँगै पार्टीलाई उसले परिवर्तन गराउने सम्भावना पनि कम हुन्न ।

    पार्टी परस्पर विरोधी विचारको सङ्गम हो । एउटा व्यक्ति थपिने र आमूल परिवर्तन गर्न गराउन नसने हुँदा भएको शक्तिसमेत टुक्रिएर जाने सम्भावना उत्तिकै रहन्छ । अर्को कुरा मान्छे आफै सचेत प्राणी हो । उसले वर्ग र वर्गीय हितअन्तर्गत रहेर समर्पित भई काम गर्ने उद्देश्य बनाएको भए पनि र लामो समयसम्म त्यसरी काम गरेको भए पनि अरूको ऊप्रतिको पूर्वाग्रही भावना पचाउन नसक्ने एकातिर उसले भने सोचे, योजना बनाएर उद्देश्य निश्चित गरेअनुसारको सफलता झन्पछि झन् निरासाजनक स्थितिमा पुगेपछि ऊ पनि यही समाजको सदस्यको हैसियतमा पछि हट्ने र हट्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

    काम गर्ने मान्छेभन्दा काम गराउने मान्छेको अझ बढी महत्त्व हुुन्छ । त्यसैले होला, बुढापाकाहरूले काम गर्नेभन्दा काम गराउने भलो हुन्छ भन्ने पनि गर्दथे । काम गराउने भनेको उसलाई प्रेरणा दिने हो । यसले आफूबाट प्रेरणा लिइरहोस् भन्नलाई आफू काममा, उद्देश्यमा र सफल प्रयत्नमा लगातार खटिरहन सक्ने हो भने मात्र उसका अनुयायीहरू उसको मातहतमा काम गर्ने र गरिरहने हुन सक्छन् ।

    प्रेरणाको श्रोतमा नै खिया लाग्ने अवस्था आउने हो भने काम गर्ने मान्छेमा पनि नैराश्यता स्वाभाविक हुन जान्छ । हाम्रो जीवनको अवधि सीमित हुन्छ तर आमूल परिवर्तनको अवधि त्यस मातहतको हुन सक्दैन । निरन्तर धेरै पुस्तासम्म चल्ने र चलिरहने प्रक्रिया भएको हुनाले एउटा मात्र व्यक्ति प्रेरणाको श्रोत बन्न सकेन र त्यसले नै काम गराइरहन सक्ने भन्ने कुरा पनि हुन्न । ऊ पनि मान्छे हो । उसका पनि सीमितता हुन्छन् । त्यसकारण प्रकृतिको नियमानुसार समाजको गतिअनुसार र आफ्नो जीवनको अवस्थानुसार अधिकतम मुक्तिका लागि योगदान थप्ने प्रेरणा आफूमा बलियो हुनुपर्छ । प्रचलित व्यवस्था अव्यवस्थाको परिचायक भएको हुनाले त्यसमा भर परेर होइन, आफूले सतर्कतासहित आफ्नो निम्नतम आवश्यकताको पूर्ति गर्नसमेत आफ्नै सङ्गठनात्मक स्वरूप निर्माण र परिचालन गर्नुपर्छ ।

    काम गर्ने र काम गराउने एउटा ऐच्छिक विषय मात्र होइन, जिम्मेवारीबोध गर्ने र जिम्मेवारी पूरा गर्ने विषय पनि हो । कसैलाई लाग्न सक्छ, मैले काम गर्दिनँ । उसले सँगसँगै जवाफ पनि तयार पार्नुपर्छ– त्यसो भए कसले गर्छ त ? गर्ने मान्छे तयार नपारिकन आफ्नो जिम्माको काम अलपत्र पारेर छाड्नुहुन्न; किनभने, इतिहासले हामीलाई गर्न सक्ने काम नगरेकोमा धिक्कार्ने छ ।

    धेरै साथीहरूले काम गर्ने सिलसिलामा सङ्गठनात्मक अनुशासनभन्दा बाहिर गएर सङ्गठन तोडेको हामीले देखेभोगेका छौँ । त्यो आफू सङ्गठित हुने, सङ्गठन निर्माण गर्ने र सङ्गठनको सीमाभित्र रहने कामको उल्लङ्घन हो । त्यो भनेको सोझो भाषामा जनतामाथिको विश्वासघात हो । त्यो काम जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम हो, जुन काम क्रान्तिकारीका लागि मनाही हुन्छ । एकातिर, जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउँदै गर्ने, अर्कोतिर जनताको मुक्तिका लागि काम गर्नु सङ्गठनको र सङ्गठन निर्माणको कुरा गर्दै जाने यो क्रान्तिकारी चरित्र होइन, त्यसबाट सङ्गठन निर्माण र आमूल परिवर्तन हुन्न ।

    काम गर्ने र काम गराउने एउटा ऐच्छिक विषय मात्र होइन, जिम्मेवारीबोध गर्ने र जिम्मेवारी पूरा गर्ने विषय पनि हो । कसैलाई लाग्न सक्छ, मैले काम गर्दिनँ । उसले सँगसँगै जवाफ पनि तयार पार्नुपर्छ– त्यसो भए कसले गर्छ त ? गर्ने मान्छे तयार नपारिकन आफ्नो जिम्माको काम अलपत्र पारेर छाड्नुहुन्न; किनभने, इतिहासले हामीलाई गर्न सक्ने काम नगरेकोमा धिक्कार्ने छ । गर्न नसक्ने काम कसैले गर्दैन । गर्न सक्ने काम पनि नगर्नु जीवनको दुरूपयोग गर्नु नै हो । गौतम बुद्धले समेत बहुमत मान्छेलाई फाइदा हुने काम गर्नुपर्छ भनेका थिए ।

    हामी समाजको एउटा सदस्यको रूपमा छौँ । समाजमा आमूल परिवर्तनको आवश्यकता छ ।

    समाजमा श्रमजीवीहरूको सङ्ख्या अत्यधिक बहुमतमा छ । उनीहरूको सङ्गठित हुने र राज्यसत्ता खोसेर चलाउने अधिकारलाई पन्छाएर सीमित सम्पन्न वर्गका व्यक्तिले शासन गरिरहेको वर्तमान अवस्थामा बहुमत श्रमजीवी वर्गको शासन स्थापित र सञ्चालन गर्नुपर्ने काम हो । सके उपरी संरचना नै निर्माण गर्ने हो । भौतिक परिस्थिति निर्माण नभएको अवस्थामा त्यसको बलियो आधार निर्माणमा आफ्नो योगदान थप्ने हो ।

    हामी समाजको एउटा सदस्यको रूपमा छौँ । समाजमा आमूल परिवर्तनको आवश्यकता छ । त्यसैले आमूल परिवर्तनकारी शक्ति कम्युनिस्ट पार्टीको एउटा सदस्य बनेर आफ्नो भूमिका बढाउनुपर्छ । कम्युनिस्ट पार्टीको सदस्य आफै महान् व्यक्ति हो† किनभने, उसले आमूल परिवर्तनको एकाइ बन्ने जिम्मा लिएको हुन्छ । एक्लै काम पूरा गर्न नसकिने र सङ्गठित र शक्ति चाहिने भएको हुनाले सङ्गठन निर्माण गर्ने काम पनि गर्छ । सङ्गठनको बलले अन्याय, अत्याचार र शोषण, दमन विरुद्ध सङ्गठित आन्दोलन प्रदर्शन गर्दछ । त्यसबाट जनताको चेतनास्तर उच्च बनाउन सहयोग पुग्छ । जनता सचेत भई आन्दोलन गर्दै राजनैतिक आन्दोलनले जनसेनाको आधार तयार पार्दछ । जनताको साथ–सहयोगमा जनसेनासहितको कम्युनिस्ट पार्टीले राज्यसत्ता कब्जा गरेर समाजवादको आधार बनाउँछ ।

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.