• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मदरसा नहुँदा पर्वतमा मस्जिदमा कक्षा सञ्चालन


  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
  • कुश्मा । जिल्लामा मुस्लिम बालबालिकाले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ । यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै मदरसा सञ्चालन गरिएको हो ।

    Advertisement

    ती समुदायका बालबालिकालाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दु भाषा अध्यापन गराउने ठाउँ मदरसा हो । मदरसा नभएकै कारण कुश्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकालाई मस्जिदमा राखेर पठनपाठन गर्दै आइएको छ । बालबालिकालाई पढाउनुपर्ने बाध्यता भएकाले मस्जिदमा राखेर भए पनि अध्यापन गराइएको हो ।

    ‘मस्जिदमा प्रार्थना गर्न आउने हो । यहाँभित्र छिर्न निश्चित पोसाक तोकिएको हुन्छ । तर यहाँ मदरसा नहुँदा मस्जिदमा नै कक्षा चलाउनु परेको छ । हामीलाई सहयोग गर्न आउने तथा अनुगमन गर्न आउने मान्छे हाम्रो पोसाकमा आउने कुरा पनि हुँदैन’ मौलाना (शिक्षक) मोहम्मद अकबर अलीले भन्नुभयो– ‘हामी थोरै सङ्ख्यामा भएका कारण पनि होला, कसैले वास्ता नगरेको, सरकारले हामीलाई हेरिदिए हुने हो ।’

    २०६८ सालमा कक्षा १ देखि पठनपाठन सुरु गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन । मस्जिदमा ५८ विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन् । बिहान र बेलुका दुई समयमा उर्दू भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्ने हुँदैन ।

    मुस्लिम सेवा समितिका सचिव अस्गर अली मियाँले आफूहरू कुश्मामा अल्पसङ्ख्यक भएका कारण नै कसैको ध्यान मुस्लिमको समस्यामा नगएको बताउनुहुन्छ । मुस्लिम समुदायको मदरसा मात्र नभई अन्य थुप्रै समस्या रहेको उहाँले बताउनुभयो ।

    ‘नगरपालिकाले वर्षको एकपटक एक लाख रुपियाँ दिने गरेको छ । त्यसले त शिक्षकलाई छ महिनाको तलब पनि पुग्दैन, हामीले चन्दा उठाएर मौलानालाई दिने गरेका छौँ’ उहाँले भन्नुभयो– ‘हामीलाई मस्जिदबाहिर छुट्टै ठाउँमा मदरसा र त्यहाँ स्थायी रूपले पढाउने एकजना शिक्षक चाहिएको छ ।’

    कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले नगरपालिकाले मदरसामा सहयोग गर्ने चाहना राखेको भए पनि मदरसा सञ्चालनका लागि सरकारले तोकेका मापदण्ड पूरा नभएका कारण सबै काम गर्न नसकिएको जानकारी दिनुभयो । विद्यालय सञ्चालनका लागि नगरपालिकाका तर्फबाट वार्षिक रु एक लाख नियमित अनुदान दिँदै आएको र गत आर्थिक वर्ष थप रु दुई लाख ४१ हजार दिइएको उहाँको भनाइ छ ।

    ‘राज्यले तोकेका मापदण्ड र नीति पूरा गरेपछि मात्र अन्य विद्यालयले पाउने जस्तै गरी अनुदान पाउन सकिन्छ’ उहाँ भन्नुहुन्छ– ‘विद्यालयको नाम के हो भन्ने थाहा छैन; विद्यालयको नाम भएको होर्डिङ बोर्ड छैन, लेटरप्याड र छाप पनि छैन; बिहान र बेलुका आफ्नो तरिकाले यहाँ पढाइ भएको छ तर १० देखि ४ बजेसम्म पढाइ हुनुपर्छ ।’

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिङ गुरुङले मदरसालाई अहिलेकै अवस्थामा राख्ने वा विद्यालय जसरी अगाडि बढाउने भन्ने कुरा मुस्लिम समुदायको निर्णयमा भर पर्ने बताउँछन् । अगाडि बढ्ने हो भने राज्यले मदरसाका लागि तयार पारेको पाठ्यक्रमअनुसार कक्षा सञ्चालन गर्दै अरू मापदण्ड पनि पूरा हुने र मस्जिदबाट मदरसा हटाउने हो भने कुश्मावासी सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।

    कुश्माको मदरसामा अध्ययन गर्दै आइरहेका विद्यार्थीहरु बिहान–बेलुकाको समयमा उर्दु भाषा सिक्ने र दिउँसोको समयमा कोही सामुदायिक त कोही निजी विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् ।

    पर्वतमा दुई ठाउँमा मात्र मदरसा छन् । कुश्माबाहेक जलजला गाउँपालिकावारि बेनीमा रहेको छ । वारि बेनीको मदरसा व्यवस्थापनका लागि म्याग्दी सदरमुकाम बेनी बजारमा बस्दै आएका मुस्लिम समुदायसमेत लागिपरेका कारण त्यहाँ भने समस्या देखिएको छैन । (रासस)

    बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टार्टअप गर्ने विद्यार्थीलाई पीसीपीएस कलेजले बीउ पुँजी उपलब्ध गराउने
    पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित
    कक्षा १२ को नतिजामा त्रुटि भएको १२ विद्यार्थी सङ्गठनको ठहर
    सुन्नानी माविको वार्षिकोत्सव अभिभावक दिवससँगै
    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
    कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.