डडेल्धुरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को सुदूरपश्चिम प्रदेश
समितिको भेला सम्पन्न भएको छ । सोमबार डडेल्धुरामा भएको भेलाले हेमराज भट्ट (कैलाली) को अध्यक्षतामा समिति पुनर्गठन गरेको छ ।
समितिको उपाध्यक्षमा डबल तिरुवा (डोटी), सचिव टंक अवस्थी (डडेल्धुरा), सहसचिव कर्म जोशी (डडेल्धुरा) र कोषाध्यक्ष भीमराज जोशी (कञ्चनपुर) चयन हुनुभएको छ । यस्तै, सदस्यमा सम्पदा जोशी (कैलाली), जनक तिमिल्सिना (बाजुरा),
राजेन्द्र साउद (अछाम), गणेश जोशी (कैलाली), भरत धामी (बझाङ) भक्त धमला (कैलाली) र भुवन कार्की (कञ्चनपुर) रहनुभएको छ । १ स्थान हाललाई रिक्त राखिएको छ ।
अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्टको प्रमुख आतिथ्यतामा म्पिन्न भेलाको अध्यक्षता प्रदेस सहसचिव टंक अवस्थीले गर्नुभएको थियो । भेलामा राष्ट्रिय जनमोर्चाका नेता जगत जोशी र राजमो डडेल्धुराका नेता आरसी धिक्तको आतिथ्यता रहेको थियो ।