• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कथित धनगढी भेलाका अगुवाको माओवादीसँग ‘बार्गेनिङ’


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका नाममा सुदूरपश्चिममा भेला गरेको समूहका अगुवाले नेकपा (माओवादी केन्द्र) सँग वार्गेनिङ गरेको खुलासा भएको छ । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई दक्षिणपन्थी भएको आरोप लगाउँदै छुट्टै भेला गर्नुको रहश्य माओवादीसँगको साँठगाँठ भएको बुझिएको छ ।

    Advertisement

    माओवादी केन्द्रका प्रदेशस्तरीय एक नेताले सो समूहसँग आफ्नो पार्टीको ‘कुरा भएको’ स्वीकार गरेका छन् । उनले समूह नै बनाएर आए नेताहरूलाई उचित स्थान दिन सकिने बताएको युगदर्शनलाई जानकारी दिए ।

    ‘उहाँहरुको बिना मगरसहित नेताहरुसँग कुराकानी भएको हो’ उनले भने, ‘अलग पार्टी गठन गरेर आए उचित पद दिने कुरा भएको थियो ।’

    ती नेताले ‘उचित पद’ बारे खुलाउन नचाहे पनि एक जनालाई सभा प्रदेश सदस्य र कञ्चनपुर र कैलालीमा एक/एक स्थानमा दलित आयोगको सदस्य बनाइदिने आस्वासन दिएको जानकारी प्राप्त भएको छ । सोही आधारमा ती व्यक्तिहरू सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि भेट्न गएको मुख्यमन्त्री कार्यालय स्रोतले पनि पुष्टि गरेको छ ।

    मुख्यमन्त्रीका एक सहयोगीले भने, ‘उहाँहरु आउनु भएको थियो । तर, के विषयमा कुरा भयो भन्ने थाह भएन ।’

    माओवादी स्रोतले गरेको कुराकानी पुष्टि गर्न हामीले राष्ट्रिय जनमोर्चाका केही नेता कार्यकर्तासँग सम्पर्क गर्यौं ।

    कथित प्रदेश समितिको सचिव बनाइएका लक्षीराम आचार्यले लम्कीको एउटा भेलामा ‘अब हामी माओवादीमा जानुपर्छ, यहाँ बसेर काम छैन’ भनेको नेकपा (मसाल) कैलालीका जिल्ला प्रवक्ता मिलन शाहीले बताउनुभयो । लक्षीरामको भनाई उदृत गर्दै शाहीले भन्नुभयो, ‘हामी समूह बनाएरै माओवादीमा जाने हो । सबै जना जाऔँ । तपाईंहरूको संरक्षण म गर्छु ।’

    यता, कञ्चनपुरमा पनि लोकेन्द्र लम्सालले माओवादीमा जान गुटबन्दी गरेको बुझिएको छ । राष्ट्रिय जनमोर्चा निकट एक जनवर्गीय संगठनका नेताले भने, ‘हामी यतिका वर्ष पार्टीमा लागेर बर्बाद भयौं, सम्पति कमाउन पनि सकिएन । राजनीतिमा पनि अगाडि जान सकिएन । अब माओवादीमा जाने हो भनेर लम्सालजीले भन्नुभयो ।’

    राष्ट्रिय जनमोर्चाको नाममा कथित भेला गरेर सो समूहले राष्ट्रिय जनमोर्चाको केन्द्रसँग सम्बन्ध विच्छेदको घोषणा गरेको छ । सो समूहका अगुवा लालबहादुर जाग्रीले फेसबुकमा लेखेका छन्, ‘चित्र बहादुर केसीले नेतृत्व गरेको पार्टीसँग हाम्रो राजनीतिक, वैचारिक आधारभुत रुपमा मतभेद रही लामो समय संघर्ष गर्दै आएकोमा उहाँको पार्टीसँग वैचारिक र राजनीतिक वैधानिकता मागेका छैनौँ । यस कमिटिको आफ्नो विचार र राजनीति रहेको छ ।’

    जाग्रीकै भनाईअनुसार पनि सो समूहको राजनीति नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चाको विचारसँग अब कुनै साइनो छैन । तै, पनि उनीहरू अझै केही समय राष्ट्रिय जनमोर्चाकै नाममा गतिविधि जारी राखेर पार्टी कार्यकर्तालाई भ्रममा पार्ने कोशिस गरिरहेका छन् ।

    माओवादी केन्द्रका अर्का प्रदेश सभा सदस्यले भने, ‘तपाईंहरुको पार्टीमा पो नीति,सिद्धान्त, विचार, पद्धतीको कुरा हुन्छ । हामीलाई त्यसको के मतलब ? साथीहरू माओवादीमा आउने कुरा भएको छ । हामी स्वागत गर्नेवाला छौँ ।’

    लाखौं खर्च, ‘डोनर’ को ?
    राष्ट्रिय जनमोर्चाको नाममा यही भदौ ८ र ९ गते धनगढीमा गरिएको कथित भेला एउटा सुविधासम्पन्न होटलमा गरिएको थियो । पार्टीको भेला भन्दै झुक्याएर ल्याइएका कार्यकर्तालाई धनगढीको साथी होटलका सञ्चालक दिनेश भण्डारीद्वारा सञ्चालित बी पोलिटेक्निक आवासीय सेन्टरमा भेला गरिएको थियो । सहभागी पार्टी सदस्यका अनुसार कार्यकर्तासँग मेस/प्रवेश उठाइएको छैन, बरु पहाडी जिल्लाबाट आउनेलाई आतेजाते बस भाडा दिइएको छ ।

    राष्ट्रिय जनमोर्चाले प्रायजसो आफ्नो भेला, सम्मेलन गर्दा विद्यालय वा सामुदायिक भवनहरूलाई प्रयोग गर्छ । सहभागीबाट मेस प्रवेश उठाउँछ । त्यतिले नपुगे सुभचिन्तकबाट सहयोग संकलन गर्छ । त्यो कुनै स्रोतबाट नभइ महंगो होटलमा लाखौं खर्च गरेर कार्यक्रम गर्ने पैसा कहाँबाट आयो ?

    स्रोत भन्छ, माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारले सहयोग गरेको हो । अब जिल्लाहरूमा पनि समानान्तार समिति बनाउने र त्यसका लागि भेला गर्न ‘चाहिने जति’ रकम सहयोग गर्न माओवादीले आश्वासन दिएको स्रोतको दाबी छ ।

    कार्यकर्ता भन्छन् : हामीलाई झुक्यानमा पारियो
    भेलामा सहभागी अधिकांश कार्यकर्तालाई झुक्याएर ल्याइएको सहभागीहरूले नै खुलासा गरेका छन् । राष्ट्रिय जनमोर्चाका सदस्य राजबहादुर तिरुवाले फुटपरस्त तत्त्वहरूले आफूलाई झुक्याएको बताउनुभएको छ ।

    उहाँले भन्नुभयो– ‘पार्टीको प्रदेश भेला छ भनेर मलाई बोलाइयो । त्यसैले म धनगढी भेलामा गएको थिएँ ।’ तिरुवाले आफूलाई यथार्थ जानकारी नदिइकन प्रदेश समितिको सदस्यमा राखेकोमा आपत्ति जनाउनुभयो ।

    यस्तै, राजमो कैलालीका सल्लाहकार शंकर सोव, जिल्ला सदस्य टिकाराम नेपाली, सुरेन्द्र ताडीलगायत नेताहरूले पनि आफूलाई झुक्याएर भेलामा लगिएको र समितिमा राखिएको बताउनुभएको छ । यस्तै, राजमो कैलालीका सदस्य मनकुमारी सोब, रत्न सञ्ज्याललगायतले आफूलाई ‘पार्टीको कार्यक्रम छ’ भनि झुक्याएर लगिएको बताउनु भयो ।

    राजमो डोटीका सदस्य मानबहादुर खड्काले त आफूलाई अपहरणकै शैलीमा भेलामा लगेर प्रदेश समितिको सदस्य बनाएको बताउनु भयो ।

    सो समूहले कतिपय देशबाहिर रहेका वा फुटपरस्त तत्वसँग सरोकारै नराख्ने पार्टीका इमान्दार कार्यकर्ताको नामसमेत समितिमा राखेका छन् । अखिल (छैठौं) का केन्द्रीय सदस्य डबल तिरुवा हाल भारतको पञ्जावमा हुनुहुन्छ । तर, उहाँलाई पनि कथित प्रदेश समितिमा राखिएको छ । जो कतिपय यथार्थ बुझेर पार्टीमा फर्किएका छन् भने कयौं फर्किने क्रममा रहेका छन् ।

    माओवादीमा जान नदिने जागरण गुटको प्रयास
    सुदूरपश्चिममा भेला गरेको समूहलाई माओवादीमा जान नदिने जागरण गुटको प्रयत्न रहेको बुझिएको छ । नेकपा (मसाल) बाट केही समयअघि निष्काशनमा परेका र बेग्लै केन्द्र सञ्चालन गरेका एक नेताले सुदूरपश्चिमको कथित प्रदेश समिति आफूसँगै रहने दाबी गरे ।

    ‘उहाँहरूको भेला वैधानिक छ । कुनै पार्टीमा जानुहुन्न । हामीसँगै रहनुहुन्छ’ उनले भने ।

    ती नेताका अनुसार सुदूरपश्चिममा जस्तै अब अन्य जिल्ला, क्षेत्र र प्रवासमासमेत ‘विद्रोह’ हुनेछ र बेग्लै समानान्तर समिति बनाइने छ । उनले मसाल नेतृत्व दक्षिणपन्थी भएको र आफूहरूले क्रान्तिकारी पार्टी निर्माण गर्ने दाबी पनि गरे ।

    स्रोतका अनुसार जागरण समूहमा छुट्टै संगठन निर्माण गर्ने लविको बाहुल्यता छ । त्यसबाहेक वैद्य, विप्लव र हालै गठन भएको माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) लवीका मानिसहरू छन् । जसको उदाहरण केही दिन अघि सो समूहले गरेको एउटा कार्यक्रममा माधव नेपाल समूहका नेता वेदुराम भुसाललाई बोलाइएकोबाट प्रष्ट हुन्छ । त्यसको केही दिनअघि मात्रै सोही समूहका नेता मेटमणी चौधरीले ‘वैद्य,विप्लव र जनमोर्चाको एउटा पक्ष समेटेर आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका थिए ।

    जागरण समूहकै अनुसार हाल सुदूरपश्चिममा देखिएको माओवादी केन्द्रको लवी भने नयाँ हो । उनीहरूले जागरण केन्द्रलाई नै प्रयोग गर्न खोजेको सो समूहको बुझाई छ ।

    स्रोतका अनुसार कैलालीमा भएको फुटपरस्त समूहको क्षेत्रीय ब्यूरो बैठकमा कृष्ण पौडेल उपस्थित हुनुभएको थियो । अत्यन्त गोप्य रुपमा गरिएको बैठकले धनगढी भेलाको तयारी गरेको थियो । जसको जानकारी सिमित अगुवाबाहेक अरुलाई दिइएको थिएन ।

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.