• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : १९ उपकरण प्रयोगविहीन, बिरामी कुर्छन् पाँच महिना


  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महङ्गा मेडिकल उपकरणमध्ये १९ प्रकारका उपकरण प्रयोगविहीन अवस्थामा छन् । अर्कातिर, उपकरणको अभावमा बिरामीले पाँच महिनासम्म कुर्नुपर्ने बाध्यता छ ।

    Advertisement

    महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले बी.पी. कोइराला प्रतिष्ठानमा १९ वटा उपकरण प्रयोगविहीन अवस्थामा थन्क्याएर राखिएको उल्लेख गरेको छ ।

    बी.पी. प्रतिष्ठानमा फोटोथेरापी, सिटीस्क्यान, भेन्टिलेटर, रिसिन्ज पम्प, अप्टिकल कोहेरेन्स टोमोग्राफी (ओसिटी), क्यान्सर डाइग्नोसिस (क्यान्सर पहिचान) गर्ने इमुनोहिस्ट्रोकेमेस्ट्री मेसिन, अर्थोपेडिक (हाडजोर्नी) विभागमा एउटा अप्रेसन थिएटर (ओटी) टेबललगायत उपकरण खरिद गरेर ल्याएदेखि थन्क्याएर राखिएको छ ।

    सिटीस्क्यान मेसिन मर्मत नगरी अर्को नयाँ खरिद गर्ने भन्दै दुई महिनाअघि कवाडी बनाइएको छ । जबकि, प्रतिष्ठानमा भेन्टिलेटर र आइसियु अभाव देखाएर बिरामी अन्यत्र पठाउने गरिएको छ ।

    महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका ती मेडिकल उपकरण व्यापारीसँग मिलोमतोमा किनिएका अस्पताल श्रोत भन्दछ । करोडौँ रुपियाँमा किनिएका ती मेसिनमध्ये केही कमसल थिए भने केही प्रयोग गर्न योग्य जनशक्ति पनि नभेतिएको बताइएको छ । कति उपकरण जडान र परीक्षण नै नगरी आपूर्तिकर्ताले अग्रिम भुक्तानी लिइसकेका छन ।

    अस्पतालका अनुसार २५६ स्लाइसको सिटीस्क्यान ल्याउन प्रतिष्ठानले काठमाडौँको म्याक्स मेडिटेक कम्पनीलाई २०७७ भदौमा १६ करोड रुपियाँको ५० प्रतिशत अग्रिम भुक्तानी दिएको भएपनि अहिलेसम्म मेसिन ल्याउने तयारी छैन । जबकि खरिद सम्झौतामा ठेक्का पाएको १२० दिनभित्र उपकरण जडान, परीक्षण र सञ्चालन र प्रतिष्ठानका प्राविधिकलाई चलाउन सिकाउनुपर्ने उल्लेख छ ।

    तोकिएको समयमा मेसिन आपूर्ति गर्न नसक्ने त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कुल बजेटको ०.०५ प्रतिशत रकम हर्जाना तिराउनुपर्ने भएपनि अस्पताल प्रशासनले उल्टै पटक पटक गरी आगामी मङ्सिरसम्मको म्याद थपिदिएको छ ।

    प्रतिष्ठानमा उपचार सेवा पाउनका लागि बिरामीले शल्यक्रिया गर्नुपरे पाँच महिनासम्म पर्खनुपर्ने अवस्था रहेको पनि महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, सामान्य ल्याब तथा एक्सरे रिपोर्ट पाउनसमेत बिरामीले २४ घण्टा कुर्नुपर्छ ।

    प्रतिवेदनमा भनिएको छ– “अप्रेसन कक्ष, दक्ष जनशक्ति, मेडिकल उपकरण अभावलगायतको समस्या देखाएर शल्यचिकित्सातर्फ नाक, कान घाँटी, न्युरो सर्जरी, डेन्टल सर्जरी र ग्यास्ट्रोलोजीमा एक महिना, जनरल सर्जरीमा डेढ महिना, स्त्री तथा प्रसूतिमा दुई महिना, अर्थोपेडिक (हाडजोर्नी) मा तीन महिना र पेडियाट्रिक (बालरोग विभाग) मा पाँच महिनासम्म बिरामीले उपचारका लागि पर्खिनुपर्ने देखिन्छ ।”

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.