बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामा स्वीकृत भएको छ । पोखरेलले बुधबार दिउँसो दिनुभएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको हो ।
Advertisement
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुख शेरचनले स्वीकृत गरेको बताउनुभएको छ ।
विज्ञप्तिमा संविधान बमोजिम अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्मका लागि विद्यमान मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारी तोकेको समेत उल्लेख छ।
विपक्षी गठबन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
