• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

बागलुङ २(ख) वामगठबन्धनका साझा उम्मेद्वारः को हुन् शाही, के छन् प्रतिवद्धता ?


  •   शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
  • परिचय
    बागलुङ जिल्लाको सामाजिक काम र जनतान्त्रिक आन्दोलनका चिरपरिचित व्यक्ति हुन्, खिम विक्रम शाही । २०२७ साल असोज २६ गते बुवा हिरा बहादुर शाही र आमा चन कुमारी शाहीको कोखबाट दोश्रो सन्तानको रुपमा निसिखोला गाउँपालिका वडा नं. ४, बोहरागाउँमा जन्मिएका शाही विद्यालय जीवनबाटै विद्यार्थी आन्दोलन र खेलकुदमा सक्रिय हुनुहुन्थ्यो । प्रभा माध्यामिक विद्यालय बोहरागाउँमा प्रारम्भिक शिक्षा हासिल गरी उत्तर गंगा मावि बुर्तिवाङबाट २०४६ सालमा मावि तह पुरा गरेका शाहीको उच्च शिक्षा भने अधुरै रह्योे ।

    Advertisement

    २०४० सालमा अखिल नेपाल बाल संगठनमा संगठित भई राजनीतिक यात्रा शुरु गरेका खिम विक्रम शाही, विद्यार्थी कालमा अखिल (छैठौं)मा आवद्ध भई विद्यार्थी आन्दोलनमा सहभागी हुनुभयो । २०४७ सालदेखि अखिल नेपाल युवक संघको जिल्ला समिति, बागलुङमा रहेर काम गर्दै जिल्ला समितिको उपाध्यक्ष समेत बन्नु भयो । २०५४ सालदेखि अस्थायी शिक्षकका रुपमा प्रभा माध्यामिक विद्यालयमा शिक्षण पेशा सुरु गरेदेखि पेशागत आन्दोलनमा पनि सक्रिय रहनु भयो ।

    २०६५ साल देखि राष्ट्रिय जनमोर्चाको जिल्ला समितिमा रहेर काम गर्दै आउनु भएका शाही हाल सचिवालय सदस्य रहनु भएको छ । समाजमा हुने अन्याय अत्याचार र विभिन्न विभेदका विरुद्ध जुध्दै आउनु भएका उहाँ विद्यालय, जलविद्युत, स्वास्थ्य, सामुदायिक अध्ययन केन्द्र तथा बाटोघाटोको विकासमा समेत सक्रीय रहनु भएको छ ।

    शाही एक सहयोगी, लगनशिल, क्रान्तिकारी र समाजप्रेमी व्यक्तित्व हुनुहुन्छ । उहाँ व्यक्तिगत समस्यालाई भन्दा सामाजिक समस्यालाई प्राथमिकतामा राख्दै देश, जनता र समाजप्रति समर्पित युवा नेता हुनु हुन्छ । पद, प्रतिष्ठा र पैसाको लागि जे पनि गर्ने र व्यक्तिगत स्वार्थमा लिप्त हुने प्रवृति बढेको अवस्थामा उहाँ देश, जनता, पार्टी र न्यायिक आन्दोलनप्रति समर्पित निष्ठावान, मेहनेति, इमान्दार, कर्तव्यनिष्ट र स्वच्छ छविको व्यक्ति हुनु हुन्छ ।

    अहिले राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संयुक्त गठबन्धनका तर्फबाट बागलुङ जिल्ला प्रदेशसभा २ (ख) मा हुने उपनिर्वाचनमा गिलास चिन्ह लिएर साझा उम्मेदवार बनेका खिमविक्रम शाही आफुले संविधानको प्रस्तावनामा उल्लेख भएको समाजवाद उन्मुख राज्य स्थापनाका लागि मुख्य जोड दिनुका साथै यो प्रदेशको आर्थिक समृद्धि र पूर्वधार विकासमा नीतिगत निर्णय गर्ने र व्यवहारिक रुपमा कार्यान्वयन गर्न लागि पर्ने प्रतिवद्धता राख्नु हुन्छ ।

    नीतिगत प्रतिवद्धता
     गणतन्त्र र धर्म निरपेक्षता जस्ता संविधानका सकरात्मक उपलब्धीको रक्षा गर्ने,
     आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम गर्ने,
     राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्ने,
     जनतन्त्र, जनजीविका र जनअधिकारको पक्षमा नीति तथा कार्यक्रम निर्माण गर्ने,
     जनतालाई सुशासनको ग्यारेण्टी गरी भ्रष्टचार विरुद्ध जन अभियान सञ्चालन गर्ने,
     केन्द्रिकृत विकास नीतिको भण्डाफोर गर्दै विकेन्द्रीयता र सन्तुलित विकास नीति लागु गरी बेग्ला बेग्लै क्षेत्रको विशिष्टताका आधारमा ग्रामिण विकासको योजना बनाउने,
     पछाडि पारिएको समुदाय, वर्ग र जातजातिको अधिकार, भाषा, संस्कृतिको संरक्षण र विकास गर्दै क्षेत्रीय, जातीय वा राष्ट्रिय एकतालाई मजवुद पार्ने,
     ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्वका सम्पदाहरुको संरक्षण र संवद्धन गर्ने ।

    आर्थिक प्रतिवद्धता
     कृषि र कृषिजन्य उद्योगको विकास गरी किसानको आयश्रोत बृद्धिमा मद्दत पु-याउन विऊ, गोठसुधार, उन्नत पशु तथा पंक्षी, मत्स्य र मौरीपालनका लागि अनुदानको व्यवस्था गर्ने,
     अव्यवस्थित बसोवासलाई व्यवस्थित पार्न एकीकृत बस्ती विकास, खेतियोग्य जमिनको संरक्षण, वनजङ्गल र खानी क्षेत्रको विकास र संरक्षण गर्न रणनीतिक योजना तय गर्ने,
     सरकारले दिर्दै आएको जेष्ठ नागरिक, असमान क्षमता भएका व्यक्ति, अनाथ, असाह्य र बालवालिकाको भत्तामा थप गरी उनीहरुको दैनिक आवश्यकता सहज ढंगबाट पूरा गर्न सक्ने गरी उपलब्ध गराउने,
     युवाको बढ्दो विदेश पलायनलाई रोक्न युवा उद्यमशील घुम्ती कोषको व्यवस्था गरी घरेलु तथा साना उद्योग, कृषि फम, पशुपालन तथा सीपमूलक र उत्पादनशील कार्यमा लाग्न प्रेरित गर्ने,
     पर्यटनलाई उद्योगको रुपमा विकास गरी ग्रामिण क्षेत्रमा पैदलमार्ग र होम स्टे स्थापना, जलयात्रा, रक गार्डेन तथा प्याराग्यलाईडिङ सञ्चालन गर्न सकिने सम्भावित क्षेत्रको अध्ययन गरी आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा बृद्धि ल्याउने,
     गरिव घरपरिवारको पहिचान गरी सामाजिक सुरक्षा भत्ताका साथै सुपथ मुल्यका पसल र सहकारी स्थापना गरी आर्थिक विकासमा सहयोग पु-याउने ।

    पूर्वधार विकास तथा शिक्षा सम्बन्धि प्रतिवद्धता
     चालु मोटरबाटोलाई स्तरउन्नत र विस्तार गर्नु साथै नयाँ सडक निर्माणका लागि स्थानीय बस्तीको माग बमोजिम बिस्तार गर्ने,
     खानेपानी, सिंचाई, तटबन्धन र भवन आवश्यकता अनुसार क्रमागत निर्माण गर्दै जाने र निर्माण भएका योजनाको पूर्न निर्माण गरी आधुनिकिकरण गर्ने,
     सबै नागरिकको पहुँचमा निःशुल्क आधुनिक शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने,
     प्राकृतिक स्रोत साधनको समुचित उपयोग गर्न स्थानीय लगानी र जनसहभागीतामा साना जलविद्युत निर्माण, बन्द रहेका खानीको पूर्न सञ्चालन र जडिवुटी खेती तथा प्रशोधन केन्द्र स्थापना गरी स्थानीय तह मै रोजगारीको व्यवस्था गर्ने ।

    स्थानीय प्रतिवद्धता
     ढोरपाटनमा रहेको एयरपोर्टको तत्काल सञ्चालनमा गर्न आवश्यक पहल गर्नुका साथै यस क्षेत्रको पर्यटन विकासको योजना तय गर्ने,
     मध्यपहाडि लोकमार्ग र सालझण्डी ढोरपाटन लोकमार्गदेखि ग्रामीण तहलाई जोड्ने गरी ग्रामीण सडको निर्माण र विस्तार गर्ने,
     उत्तरगंगा जलासययुक्त जलविद्युत परियोजना बागलुङ कै भुगोलमा निर्माण गर्न जोड दिने,
     बुर्तिवाङ र त्यसको नजिक रहेका सडक सञ्जाललाई सहरीकरण गर्दै स्तरबृद्धिका साथै कालोपत्रेको काम गर्ने र बुर्तिवाङ, बोङ्गादोभान, खुङ्खानी, तमान, दरबाङ हुँदै धवलागिरी वेसक्याम्पसम्म पर्यटकमैत्री सडक निर्माणको लागि पहल गर्ने,
     बुर्तिवाङ, खुङ्गा, तमान, दरबाङ मोटरबाटो, बोहरागाँउ देखि प्युठान जोड्ने मोटर बाटो, चाचल, सामा, बराहताल मोटरबाटो, बुर्तिवाङ, मस्ती, अर्नाकोट मोटरबाटो, हुन्द्रफेदी, लुकुरबन, खोलाखर्क रमुवा मोटरबाटो निर्माण तथा विस्तार गर्ने,
     बुर्तिवाङ, निसी, निशलढोर, भुजीढोर, बराहताल, बोङ्गादोभान हुँदैं बुर्तिवाङ रिङरोड निर्माण गर्ने,
     बुर्तिवाङमा आधुनिक सहरीकरणको कार्यक्रम सञ्चालन गर्नुका साथै झिवाखोला, निसी, बोवाङ, तमान र ढोरपाटनमा साना सहरी विकास कार्यक्रम लागु गर्ने,
     पर्यटन विकासमा सहयोग पु¥याउनका लागि अर्नाकोट, नरसिंहकोट, बराहताल, रुद्रताल, जस्ता स्थानको विकास र पर्वद्धनमा ध्यान दिर्दै खुङ्खानी र बोङ्गादोभानमा रक गार्डेन र होमस्टे ९घरवास कार्यक्रम० सञ्चालनको सम्भावना अध्ययन गरी निर्माणका लागि पहल गर्ने,
     ढोरपाटन क्षेत्रको एकिकृत पर्यटन विकासको लागि जोड दिने,
     ग्रामीण विद्युतिकरणलाई विस्तार गरी फलामे पोलयुक्त क्षेत्र बनाउने तथा निसीखोला, भुजीखोला र तमानखोलामा उत्पादन हुन सक्ने जलविद्युत उत्पादन गरी केन्द्रिय लाईनमा जडान गर्ने,
     किसानलाई पायक पर्ने गरी कृषि संकलन केन्द्र र दुग्ध संकलन तथा चिस्यान केन्द्रहरु स्थापनामा जोड दिने,
     ढोरपाटनलाई आलु पकेट क्षेत्र घोषणा गरी आलु उत्पादन वुद्धि गरी बजारीकरणको ब्यवस्था गर्ने,
     चेलु च्याङ्ग्राको घुम्तीगोठलाई व्यवस्थित गर्न आवश्यक पहल गर्नुका साथै फलफुल, पशुपालन, मौरीपालन, तरकारी तथा नगदे वाली, विऊ उत्पादनलाई व्यवसायिकरण र बजारीकरण गर्ने र पकेट क्षेत्र तोकी उत्पादनमा जोड दिने,
     कृषि, विज्ञान, कम्प्युटर जस्ता प्राविधिक विषयका क्याम्पस सञ्चालन गर्ने,
     खानेपानी अभाव भएका स्थानमा लिफ्टिङ मार्फत खानेपानी आपूर्ति गर्ने र सहज स्रोत भएका स्थानमा समेत स्वच्छ खानेपानीको व्यवस्था गर्ने,
     बोङ्गादोभान र बोहोरागाउँमा न्यूनतम पनि २५ सैया भएको अस्पताल निर्माण गर्ने र बुर्तिवाङमा रहेको जिल्ला अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउने,
     महिला, दलित तथा जनजातिका लागि विशेष आयआर्जनका कार्यक्रम सञ्चालन गरिने,
     विद्यालयमा अपुग शिक्षक दरवन्दी थप गर्ने साथै अस्थायी शिक्षकको समस्या समाधानमा विशेष जोड दिने,
     जनताले भोग्नु परेको सरकारी काममा हुने प्रशासनिक झन्झटलाई न्यूनिकरण गरी छिटो छरितो तरिकाबाट एक टेबुल सबैका हुने गरी प्रशासनिक कार्यको व्यवस्था गर्ने ।

    शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.