• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

“मार्गदर्शन” का पक्षपातीको प्रतिगामी खतरालाई कम आँक्ने विचार


  •   आइतबार, असार २७, २०७८ मा प्रकाशित
  • बासुदेव पोखरेल ##
    यही असार २४ गते मार्गदर्शन अनलाइनमा का. कृष्ण थापाको एउटा अन्तवार्ता प्रकाशित भएको छ । उहाँले प्रकट गरेका विचारबारे अहिले कुनै चर्चा नगरेर खालि मार्गदर्शन अनलाइनले उहाँलाई सोधेको निम्नलिखित प्रश्नको चर्चा गर्नेसम्म मात्र आफुलाई सीमित राख्ने छु ।

    Advertisement

    “राजनीतिबाट बाहिर वनमा बसेका राजालाई प्रमुख दुस्मन देखाएर काङ्ग्रेस, एमाले दलाल पुँजीपति वर्गसँगको साँठगाँठमा तपाईंको पार्टी लागेको देखियो । यसमा तपाई के भन्नुहुन्छ ?”

    माथिको प्रश्नले देशको तात्कालिक राजनीतिक स्थितिमा विशेष महत्त्व राख्दछ । यो थाहा भएको कुरा हो कि उक्त अनलाइन पत्रिका नेकपा (मसाल) बाट निष्कासित भएर वा अलग भएर गएका तत्त्वद्वारा सञ्चालित छ, जसले आफूहरूलाई स्वघोषित क्रान्तिकारीको रूपमा प्रस्तुत गर्ने गरेका छन् । अन्तरवार्तामा सोधिएको उक्त प्रश्नले अहिले राजतन्त्र र प्रतिगमनबारे उनीहरूको कुन प्रकारको दृष्टिकोण गरहेको छ ? त्यसबारे प्रकाश हाल्दछ ।

    यो थाहा भएको कुरा हो कि उक्त अनलाइन पत्रिका नेकपा (मसाल) बाट निष्कासित भएर वा अलग भएर गएका तत्त्वद्वारा सञ्चालित छ, जसले आफूहरूलाई स्वघोषित क्रान्तिकारीको रूपमा प्रस्तुत गर्ने गरेका छन् ।

    उनीहरूको उक्त भनाइबाट यो कुरा प्रष्ट हुन्छ कि उनीहरूले देशको तात्कालिक अवस्थामा सत्ताबाट फ्याँकिएका राजा र प्रतिगमनको कुनै खतरा देख्दैनन् र त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने पनि कुनै आवश्यकता देख्दैनन् । अहिले नेकपा (मसाल) ले राजतन्त्रको पुनस्र्थापना वा प्रतिगमनको खतराका विरुद्धको सङ्घर्षमा विशेष जोड दिने गरेको छ । उनीहरूले त्यस प्रकारको सोचाइलाई गलत मान्दछन् । त्यसबाट यो कुरा प्रष्ट हुन्छ कि उनीहरूको त्यस प्रकारको सोचाइका पछाडि राजापरस्त सोचाइले नै काम गरेको छ ।

    यो सार्वजनिक रूपमा नै थाहा भएको कुरा हो कि राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि लगातार अभियान चलाइरहेका छन् । अब उनीहरू यो अभियानमा एक्लै छैनन् । भारतीय साम्राज्यवादले नेपालमा हिन्दु राष्ट्रको स्थापना र राजतन्त्रको पुनस्र्थापनाका लागि मद्दत गर्ने नीति अपनाएको छ । ओलीले संसदको विघटन गर्नुभन्दा पहिले राजावादीहरूले हिन्दु राष्ट्र र राजतन्त्रको पुनस्र्थापनाका लागि देशव्यापी रूपमा नै आन्दोलन गर्दै आइरहेका थिए । तर ओलीले संसद विघटन गरेर प्रतिगमनको बाटो समातेपछि उनीहरू ओलीद्वारा नै आफ्नो काम पूरा हुन्छ भनेर आश्वस्त भएर बसेका छन् र उनीहरूले आन्दोलनका सबै गतिविधि बन्द गरेका छन् ।

    अहिले राजावादीहरूले ओलीलाई नै समर्थन गरिरहेका छन् । त्यसबाट यो बुझ्न कुनै गाह्रो पर्दैन कि ओली स्पष्ट रूपले प्रतिगमनकै पक्षमा उभिएका छन् । तर मार्गदर्शन अनलाइनका पक्षपातीले ओलीले प्रतिगमनको बाटो समातेको कुरालाई पनि अस्वीकार गर्छन् ।

    माथिका केही तथ्यबाट यो कुरा बुझ्न गाह्रो पर्दैन कि देशमा प्रतिगमनको गम्भीर खतरा छ । त्यो अवस्थामा प्रतिगमनको खतराका विरुद्ध सङ्घर्ष गर्नु आजको राष्ट्रिय आवश्यकता बनेको छ । तर प्रतिगमनका पक्षमा उभिएका सबै शक्ति वा तत्त्वले त्यस प्रकारका खतरालाई कम आँक्ने र त्यस (प्रतिगमन) का विरुद्धको सङ्घर्षलाई अवमूल्यन गर्ने गरेका छन् । मार्गदर्शनका पक्षपातीले पनि त्यही प्रकारको विचार अपनाएको कुरा उनीहरूले कृष्ण थापालाई सोधेको प्रश्नबाट प्रष्ट हुन्छ ।

    अहिले राजावादीहरूले ओलीलाई नै समर्थन गरिरहेका छन् । त्यसबाट यो बुझ्न कुनै गाह्रो पर्दैन कि ओली स्पष्ट रूपले प्रतिगमनकै पक्षमा उभिएका छन् । तर मार्गदर्शन अनलाइनका पक्षपातीले ओलीले प्रतिगमनको बाटो समातेको कुरालाई पनि अस्वीकार गर्छन् ।

    केही दिनपहिले एमाले (ओली पक्ष) का एकजना केन्द्रीय सदस्यले आफ्नो पार्टीको बैठमा सङ्घीयता र धर्म निरपेक्षताबारे समीक्षा गर्नुपर्ने आवश्यकता भएको कुरा उठाएका थिए । जहाँसम्म सङ्घीयताको प्रश्न छ, कुनै पनि पक्षले त्यसको विरोध गर्दछ वा खारेज गर्नुुपर्ने आवश्यकतामा जोड दिन्छ भने त्यो स्वागतयोग्य कुरा नै हुने छ । तर एमालेको बैठकमा उठेको त्यो कुराले विशेष अर्थ राख्दछ । अहिले राजावादीहरूले पनि सङ्घीयताको विरोध गर्ने गरेका छन् । कहिँ सङ्घीयताबारे समीक्षा हुनुपर्छ भन्ने विचारका पछाडि राजावादीहरूको असरले काम गरेको त होइन ? त्यो कुरामाथि शङ्का गर्ने ठाउँ छ ।

    खास गरेर सङ्घीयताको समीक्षा गर्नुपर्छ भन्ने सिलसिलामा धर्म निरपेक्षतासमेतबारे समीक्षा हुनुपर्दछ भन्ने कुरालाई जोडिएको हुनाले त्यसबारे गम्भीर रूपले विचार गर्नुपर्ने आवश्यकता छ । एमालेको केन्द्रीय समितिको बैठकमा सम्बन्धित केन्द्रीय सदस्यले सिधै गणतन्त्रबारे समीक्षा गर्नुपर्ने कुरा उठाएका छैनन् । तर धर्म निरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र कायम गर्ने कुराले गणतन्त्रलाई समाप्त गरेर हिन्दु राजा कायम गर्ने कुरातर्फ नै इसारा गर्दछ ।

    यो बुझ्न अप्ठ्यारो पर्दैन कि एकै पल्ट धर्म निरपेक्षता र गणतन्त्रको समीक्षाको कुरा उठाउँदा देशमा राजनीतिक भूकम्प नै जाने छ र त्यसको सामना गर्न ओलीलाई मुस्किल पर्ने छ । त्यसैले ओलीले आफ्ना योजनानुसार आफ्ना विश्वासिला केन्द्रीय सदस्यद्वारा सुरुमा धर्म निरपेक्षताको मात्र समीक्षा गर्ने कुरा उठाएका ता होइनन् ?

    अहिले देशमा प्रतिगमनको खतरा जसरी गम्भीर बन्दै गइरहेको छ, त्यो अवस्थामा त्यसका विरुद्ध आउने शक्तिको बिचमा बलियो कार्यगत एकताको आवश्यकता छ । त्यस प्रकारको कार्यगत एकताद्वारा नै २०४६ साल र २०६२–६३ मा निरङ्कुश राजतन्त्र र प्रतिगमनलाई पराजित गर्न सम्भव भएको थियो ।

    अहिले देशमा प्रतिगमनका विरुद्ध आएका मुख्य शक्तिहरू नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, माओवादी–केन्द्र, एमाले (माधव–खनाल) पक्ष, नेका, जसपा (उपेन्द्र भट्टराई) नै हुन । यिनीहरूमध्ये कुन शक्ति प्रतिगनका विरुद्धको सङ्घर्षमा अन्तसम्म टिक्ने छ ? त्यो कुरा आउने दिनमा नै प्रष्ट हुने छ । तर प्रतिगमनका पक्षमा भएका शक्तिले प्रतिगमनका विरुद्धमा भएका शक्तिमाथि नै मुख्य हमला केन्द्रित गर्ने गरेका छन् । मार्गदर्शनले पनि त्यही नीति अपनाएको छ ।

    अहिले देशमा प्रतिगमनको खतरा जसरी गम्भीर बन्दै गइरहेको छ, त्यो अवस्थामा त्यसका विरुद्ध आउने शक्तिको बिचमा बलियो कार्यगत एकताको आवश्यकता छ ।

    प्रतिगामी शक्तिहरूको मुख्य हमला संसदीय प्रणाली, बहुदलीय व्यवस्था वा गणतन्त्रमाथि नै छ । राजावादीहरूले त घोषित रूपले नै त्यो नीति अपनाएका छन् । ओलीले आफ्ना एक जना केन्द्रीय सदस्यको माध्यमद्वारा त्यो दिशामा कदम चालेको प्रष्ट सङ्केत गरेका छन् ।

    मार्गदर्शनका पक्षपातीले नै एकातिर, क्रान्तिकारी नारा दिएर, अर्कातिर, अहिलेको गणतन्त्र बुर्जुवा प्रकारको भएको हुनाले त्यसको महत्त्व र आवश्यकतालाई अवमूल्यन गरेर तथा प्रतिगमनका खतराको अवमूल्यन गरेर प्रतिगामी शक्तिसित तालमेल गरेको देखिन्छ । त्यही कारणले नै प्रतिगमनका विरुद्धको सङ्घर्षमा अग्रिम पङ्क्तिमा रहेको नेकपा (मसाल) र त्यसको नेतृत्वमाथि उनीहरूले सबैभन्दा बढी हमला केन्द्रित गर्ने गरेका छन् । उनीहरूले का. कृष्ण थापासित प्रश्न गर्दा राजा राजनीतिबाट बाहिर वनमा बसेको जुन व्याख्या गरेका छन् र राजालाई प्रमुख दुस्मन भनेकोप्रति जुन विरोध जनाएका छन्, त्यसबाट उनीहरू कति धेरै राजाको पक्ष लिन पुगेका छन् ? त्यो कुरामा कुनै दिनको उज्यालो झैँ छर्लङ्ग छ ।

    यहाँ एउटा के कुरा स्पष्ट गर्नुपर्ने आवश्यकता छ भने नेकपा (मसाल) ले राजालाई प्रमुख दुस्मन बताएको छैन र सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तरविरोधलाई नै प्रमुख अन्तरविरोध बताएको छ । जहाँसम्म राजतन्त्रको पुनस्र्थापना तथा प्रतिगमनको खतराको प्रश्न छ, त्यसलाई नेकपा (मसाल) ले गम्भीर रूपमा लिँदै त्यस (प्रतिगमन) का विरुद्धको सङ्घर्षमा प्रमुख जोड दिएको छ । त्यही प्रश्नमा मार्गदर्शनका पक्षपातीले राजतन्त्रको पुनस्र्थापना वा प्रतिगमनको कुनै खतरा नभएको भनेर जोड दिएका छन् ।

    नेकपा (मसाल) ले राजालाई प्रमुख दुस्मन बताएको छैन र सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तरविरोधलाई नै प्रमुख अन्तरविरोध बताएको छ । जहाँसम्म राजतन्त्रको पुनस्र्थापना तथा प्रतिगमनको खतराको प्रश्न छ, त्यसलाई नेकपा (मसाल) ले गम्भीर रूपमा लिँदै त्यस (प्रतिगमन) का विरुद्धको सङ्घर्षमा प्रमुख जोड दिएको छ । त्यही प्रश्नमा मार्गदर्शनका पक्षपातीले राजतन्त्रको पुनस्र्थापना वा प्रतिगमनको कुनै खतरा नभएको भनेर जोड दिएका छन् ।

    त्यहाँ राजतन्त्रको पूरै विजय हुने छ भनेर भन्न खोजिएको होइन† किनभने, नेपाली जनताको सङ्घर्ष र चेतनाद्वारा त्यसमाथि बारम्बार विजय प्राप्त हुने गरेको छ । अहिले पनि प्रतिगमन विरोधी शक्ति तथा जनताको सङ्घर्षद्वारा राजतन्त्रको पुनस्र्थापनाको खतरालाई अवश्य पनि पराजित गर्न सकिने छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । तर प्रतिगामी शक्ति वा त्यसका पक्षमा उभिएका शक्तिहरूले देशमा राजतन्त्र वा प्रतिगमको कुनै खतरा छैन त्यसका विरुद्धको सङ्घर्षलाई कमजोर पार्ने प्रयत्न गरिरहेका छन् । प्रतिगमनको खतरालाई पराजित गर्नका लागि प्रतिगामी शक्तिका साथै त्यसका पक्षमा भ्रम फैलाउने र त्यसरी प्रतिगमनका विरुद्धको सङ्घर्षलाई कमजोर पार्ने प्रयत्नको विरुद्ध पनि सङ्घर्षमा जोड दिनुपर्ने आजको मुख्य आवश्यकता छ ।

    आइतबार, असार २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.