• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मसालविरुद्ध भ्रम छर्न ओलीको झुटा लाञ्छनाको सिरानी !


  •   शनिबार, असार १९, २०७८ मा प्रकाशित
  • जनक राज पौडेल

    Advertisement

    गएको असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्टिय जनमोर्चाले आफ्नो एकजना सांसदलाई मन्त्री बनाउन आफ्नो वर्गीय विचार छाडेको भन्ने अत्यन्तै झुट र निम्नस्तरको अभिव्यक्ति दिए । त्यस्तो भ्रमपूर्ण अभिव्यक्ति दिनु केही दिन अघि भने प्रधानमन्त्रीले नै राजमो सांसदलाई मन्त्री र उपसभामुख बनाउन आग्रह गरिएको तर राजमोले अस्वीकार गरेको बताएका थिए । गत जेठ २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा स्पष्टसँग सो कुरा बताएका छन् । राजमो सांसद दुर्गा पौडेलको सम्बोधनपछि बोलेका ओलीले ‘उपसभामुख बनिदिनुस् न भन्दा पनि मान्नुभएन’ भनेका थिए ।

    बर्तमान ओली सरकारले राजमो सांसदलाई उपसभामूख बन्न आग्रह गरेको तर सो प्रस्ताव अस्वीकार गरिएको पार्टीले विभिन्न वक्तव्य र लेखद्वारा स्पष्ट पार्दै आएको छ । तसर्थ प्रधानमन्त्रीले राजमोप्रति लगाएको लाञ्छना कपोकल्पित र झुट हो भन्ने बुझ्न गाह्रो पर्दैन ।

    त्यसो त प्रधानमन्त्री ओलीले आफ्नै सहकर्मी र अन्य विपक्षी दलका नेताहरुलाईसमेत अत्यन्तै निच र तल्लो स्तरका शब्दहरु प्रयोग गर्दै आरोप लगाएका छन् । देशको कार्यकारी प्रमुखबाट त्यस प्रकारका अभिव्यक्ति आउनु कति शोभनीय हो ? सिङ्गो समाज र नयाँ पिंडीले देशको कार्यकारी प्रमुखबाट कस्तो शिक्षा ग्रहण गर्ला ? यो देशका लागि दुर्भाग्य हो ।

    अहिले राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध अन्य राजनीतिक पार्टीहरुसँग सहकार्य गर्दै संघर्षरत छ । राजमोको स्पष्ट नीति र अडानको परिणामका कारण नै प्रधानमन्त्रीले उक्त आरोप लगाएका हुन् ।

    राजमोप्रति केपी शर्मा ओलीले किन त्यस्तो लाञ्छना लगाए ? त्यसको अन्तर्निहित पक्ष बुझ्न जरुरी हुन्छ ।

    अहिले राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध अन्य राजनीतिक पार्टीहरुसँग सहकार्य गर्दै संघर्षरत छ । राजमोको स्पष्ट नीति र अडानको परिणामका कारण नै प्रधानमन्त्रीले उक्त आरोप लगाएका हुन् । अर्को पक्ष पनि उत्तिकै सत्य उजागर भएको छ कि राजमोले देशका अन्य राजनीतिक पार्टीहरुले अपनाउने नीति र बस्तुगत परिस्थितिको ठोस विश्लेषण गर्दै राजनीतिक मुद्दाका आधारमा समर्थन वा विरोध गर्ने गर्दछ ।

    ओलीले आफ्ना दूतहरुद्वार राजमो सांसदलाई उपसभामूख वा मन्त्री बन्न आग्रह गरेका थिए र उक्त आग्रह राजमोले अस्वीकार गरेको थियो भन्ने कुरा घटनाक्रमले स्पष्ट पारिसकेको छ । ओलीका प्रतिगामी कदम विरुद्ध राजमोले दृढतापूर्व संघर्ष गरिरहेको छ भने उनका असंवैधानिक र प्रतिगामी कदमविरुद्ध आएका अन्य राजनीतिक पार्टीहरुसँग पनि सहकार्य गर्दै आएको छ । त्यसकारण नै प्रधानमन्त्रीले प्रतिशोधात्मक रोष प्रकट गरेका हुन् । उनको अभिव्यक्ति तथ्य र सत्यमा आधारित छैनन् ।

    प्रधानमन्त्रीका ती अभिव्यक्तिले राजमो र विशेष गरी नेतृत्व विरुद्ध अभियान चलाएका पार्टीबाट निस्कासित केही अराजक तत्वहरुलाई मसला मिलेको देखिन्छ । उनीहरुले राजमो प्रति ओलीले गरेको झुट कटाक्षलाई सामाजिक सञ्जालमा सेयर गर्ने र त्यसबारे लेखहरु लेखेर आफ्ना अराजक र प्रतिशोधात्मक चिन्तन छरपस्ट गरिरहेका छन् । हाम्रो पार्टीका सामान्य कार्यकर्ताहरुलाई आफूहरु सत्य र राजमो वा पार्टी नेतृत्व गलत सावित गर्ने असफल प्रयास गरिरहेका छन् ।

    प्रधानमन्त्रीका ती अभिव्यक्तिले राजमो र विशेष गरी नेतृत्व विरुद्ध अभियान चलाएका  पार्टीबाट निस्कासित केही अराजक तत्वहरुलाई मसला मिलेको देखिन्छ । 

    त्यसो गर्दैगर्दा उनीहरु ओलीको प्रतिगामी रअसंवैधानिक कदमलाई सहयोग पुर्याउने कित्तामा पुगेका छन् । यद्यपि ओलीको कदमलाई असंवैधानिक र अधिनायकवादी भन्दै सुस्त सुस्त विरोध गरेको पनि देखिन्छ । तर उनीहरुले प्रतिगमनविरोधी शक्तिहरुसँग सहकार्य गर्दा राजमोलाई कांंग्रेसपरस्त वा मन्त्री बन्ने उदेश्यबाट प्रेरित भन्ने कपोकल्पित आरोप लगाउँदै आएका छन् ।

    त्यस प्रकारको चिन्तनले परिणाममा ओलीको प्रतिगामी कदमलाई नै मद्दत पुग्दछ । सबैलाई स्पष्ट भएको कुरा हो कि, प्रधानमन्त्री केपि शर्मा ओलीको गठजोड विदेशी शक्तिकेन्द्र, प्रतिगामी शक्ति र देश विखण्डनकारी तत्वहरुसँग छ । मसालविरुद्ध भ्रम छर्न खोज्नेहरुको कुण्ठाग्रस्त चिन्तनले के त्यसलाई नजर अन्दाज गरेको हो ?

    राष्ट्रिय जनमोर्चाको गौरवमय ईतिहासलाई धुमिल पार्न लागेका केही अराजक तत्वहरुको आरोप सत्यतामा आधारित छैन भन्ने राजमोका नीति कार्यक्रमले नै प्रष्ट पार्दै आएको छ । उनीहरुको त्यस प्रकारको आरोप केवल प्रतिशोधात्मक र कुण्ठाग्रस्त मनोवृतिको उपज हो ।

    मसालविरुद्ध भ्रम छर्न ओलीको झुटा लाञ्छनाको सिरानी हाल्नेहरुले पनि बुझे हुन्छ उनीहरुका टिप्पणी पनि हाम्रो पार्टीका समर्थकहरुका लागि केवल मजाककै विषय बन्ने छन् ।

    राजमोले सरकारमा जाने नीति खुला राखे पनि सबै सरकारमा जाने भन्ने हुँदैन भन्दै स्पष्ट पार्दै आएको छ । प्रदेश सरकारहरुमा पनि ओलीका प्रतिगमनको सहयोग गर्ने मतियार सरकारविरुद्ध मतदान गर्ने तर सरकारमा सामेल नहुने प्रष्ट नीति लिएको गण्डकी प्रदेशमा व्यवहारले नै प्रमाणित गरिसकेको छ । त्यसबाट पनि प्रष्ट हुन्छ कि आरोप लगाउनेहरु कति निम्नस्तरका कपोकल्पित
    टिप्पणी गर्ने गरेका छन् । त्यस प्रकारका भ्रमले कार्यकर्ता भ्रमित हुने छैनन् । झुटको खेती गर्नेहरु नै नाङ्गिदै जाने छन् ।

    अहिले ओलीका हल्का टिप्पणीहरु आम जनताबीच मजाकका विषय बनिरहेका छन् । मसालविरुद्ध भ्रम छर्न ओलीको झुटा लाञ्छनाको सिरानी हाल्नेहरुले पनि बुझे हुन्छ उनीहरुका टिप्पणी पनि हाम्रो पार्टीका समर्थकहरुका लागि केवल मजाककै विषय बन्ने छन् ।

    शनिबार, असार १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • २.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ३.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ४.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ५.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ६.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ७.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ८.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.