टोकियो । जापानको मध्यक्षेत्र सिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिस पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ ।
Advertisement
पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उद्धृत गरी जापानी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
जापानको मध्य क्षेत्रमा अवस्थित आतमी सहरमा हालै परेको भारी वर्षापछि गएको पहिरोले कम्तीमा १० घर पुरेको थियो । उक्त पहिरोमा परी कम्तीमा २० जना बेपत्ता भएका क्योदो न्यूज एजेन्सीले बताएको छ ।
सिजुओकाका अधिकारीले आतमी र वरपरका क्षेत्रमा उच्च खतरा रहेको बताएका जापानी सञ्चार माध्यमले जनाएका छन् । (रासस/एएनआई)