दुर्गानाथ खरेल ##
वेद र वैदिककालबाट सुरु भएको पूर्वीय दर्शन उपनिषद्कालमा केही पराकिलो भयो । वैदिककाल पितृसत्ता र मातृसत्ताबिचको सङ्क्रमण कालको अवस्थामा समाज थियो । मातृसत्ताबाट पितृसत्तामा जानु भनेको सामूहिक स्वामित्वको सम्पत्ति व्यक्तिगत स्वामित्वमा जानु र उत्तराधिकारीकै लागि पिताको सन्तान निश्चित गर्नका लािग पितृसत्ता अनिवार्य बनाएर आफ्नो सन्तान (छोरा) लाई सम्पत्तिको स्वामित्व हस्तान्तरण गर्न र हस्तान्तरण हुने नियम सजिलो बनाउनु नै थियो । उपनिषद् कालसम्म आइपुग्दा त्यो निश्चित भई व्यक्तिगत सम्पत्ति पक्का भइसकेको पाइन्छ । त्यो भनेको दासमालिक र दासको सम्बन्ध स्थापित भइसकेको र महिलाको दासत्व स्वीकार भइसकेको अवस्था हो । त्यतिखेरको दर्शनमा सामन्तको रक्षाका लागि चिन्तन गर्ने काम अघि बढिसकेको थियो ।
पूर्वीय दर्शनका अनिश्वरवादी धाराका पक्षधर दार्शनिक प्रवृत्तिमा बृद्धिवाद, जैन र मिमांसा हुन् । बुद्धिवादी सम्प्रदायमा आत्मवाद र अनात्मवाद पर्दछन् । आत्मवादी सम्प्रदायमा वैशेषिक तथा अनात्मवादका भौतिकवादी धारमा चार्वाक र अजित केशकम्बलहरू र अभौतिकवादी धारको प्रमुख दर्शन बुद्धदर्शन हो । ईश्वरवादी धारामा नैयायिक सम्प्रदायको बुद्धिवाद, योग रहस्यवाद र वेदान्तको शब्दवाद रहेका छन् ।
वृहस्पतिलाई चार्वाक दर्शन या लोकायत दर्शनका प्रवर्तक मानिन्छ । यो दर्शनले चेतनालाई भौतिक उपज मात्र मान्दछ । माटो, पानी, हावा, आगोबाट चैतन्यको उत्पत्ति हुन्छ भन्ने मान्यता छ । यो दर्शनले ईश्वरवादी ब्राह्मण दर्शनको विरोध गरे पनि तत्कालीन शोषकवर्गभित्रकै असन्तुष्टि मात्र मान्नुपर्छ ।
बौद्धदर्शन स्थापित हुनुअघि वेदनिन्दक र वेद सर्मथक दुई प्रवृत्ति देखा परिसकेका थिए । उपनिषद्ले वेदलाई आधार माने भने चार्वाक र अजित केशकम्बल दुवैले वेदको निन्दा गरेका थिए । महावीर वद्र्धमानले पनि अनिश्वरवादको ध्वजा उठाएका थिए ।
वृहस्पतिलाई चार्वाक दर्शन या लोकायत दर्शनका प्रवर्तक मानिन्छ । यो दर्शनले चेतनालाई भौतिक उपज मात्र मान्दछ । माटो, पानी, हावा, आगोबाट चैतन्यको उत्पत्ति हुन्छ भन्ने मान्यता छ । यो दर्शनले ईश्वरवादी ब्राह्मण दर्शनको विरोध गरे पनि तत्कालीन शोषकवर्गभित्रकै असन्तुष्टि मात्र मान्नुपर्छ ।
जैन धर्मका संस्थापक वद्र्धमान महावीर (५६९–४८५) धार्मिक प्रवृत्तिका भएकाले यिनको विचार धार्मिक दृष्टिले पे्ररित छ । इस्वी सम्वत् सुरु भएपछि उनका अनुयायीले ईसाको पहिलो शताब्दीतिर जैन दर्शनको रूप दिए । यो दर्शन उपनिषद्को नित्यता र बौद्धको अनित्यताबिचको मार्ग हो । ईश्वरबारे चार्वाक र बौद्धजस्तै अनिश्वरवादी श्रेणीमा छ । जैनहरू श्वेताम्बर र दिगम्बर दुई वर्गमा विभाजित छन् । अजित केशकम्बल ईसापूर्व ५२३ का भौतिकवादी दार्शनिक हुन् । यिनी बुद्धभन्दा केही जेठा मानिन्छन् । यिनी भौतिकवादी भए पनि साधुको जस्तो दिचर्या गर्दथे । जैनदर्शनलाई बौद्धदर्शनकै समकालीन मानिन्छ ।
महावीर (ईसापूर्व ५९९–५२७) को बाल्यकालको नाम वद्र्धमान हो । उनी पनि क्षेत्रीय राजवंशमा जन्मिएका र घरबार त्यागेर मुक्तिको खोजीमा हिँडेका थिए । धार्मिक सत्ता र राजकाजको सत्ताबिचको द्वन्द्व शारीरिक युद्धमा मात्र नभई दार्शनिक तथा सैद्धान्तिक स्तरमा पनि देखिएको थियो । ब्राह्मणको यज्ञवाद र कर्मकाण्डको विरोधमा क्षेत्रीय कुलका गौतम महावीरजस्ता व्यक्ति ज्ञानमार्गको खोजीमा लागेर नयाँ दर्शनको प्रतिपादन गरे (मोदनाथ प्रश्रित : १९७) ।
जैन दर्शनका अनुसार संसार निच र परिर्वतनशील दुवै छ । चार्वाकले चेतनालाई शरीरको अभिन्न अङ्ग ठान्दछ, जबकि जैनले शरीरमा चेतना भिन्न वस्तुको रूपमा रहने कुरामा जोड दिन्छ (रेग्मी : ४८) । चेतना भएका जीवमध्ये मानिस सबैभन्दा बढी इन्द्रिय भएको जीव हो । मानिसमा पाँच वटा चेतना स्पर्श स्वाद, गन्ध, दृष्टि र शब्द हुन्छन् (उही : ४९) ।
जैनदर्शनको मोक्षसम्बन्धी धारणा अध्यात्मवादी होइन । दुःखदायी सांसारिक गतिविधिबाट छुटकारा पाउने मागको रूपमा लिएको छ । यो भौतिकवादमा आधारित दर्शन हो ।
जैनदर्शनले जीवअजीव सबै वस्तुमा निरन्तर परिवर्तन हुने कुरामा जोड दिन्छ । यसले मानिसले प्राप्त गरेको ज्ञानको सम्भावनामा जोड दिँदै भन्छ– ज्ञान भनेको स्थान, काल र दृष्टिकोणको आधारमा बन्ने विषय हो । सबै पहलु एकै चोटि जान्न नसकिने भएकाले मानवीय ज्ञान सापेक्ष हुन्छ भन्दै ज्ञानको सम्भावनालाई निषेध गर्दैन । सत्य भनेको हाम्रो ज्ञान र यथार्थबिचको मेल हो ।
जैनदर्शनको मोक्षसम्बन्धी धारणा अध्यात्मवादी होइन । दुःखदायी सांसारिक गतिविधिबाट छुटकारा पाउने मागको रूपमा लिएको छ । यो भौतिकवादमा आधारित दर्शन हो ।
साङ्ख्य दर्शन ईसापूर्व छैटौँ अथवा सातौँ शताब्दीमा अस्तित्त्वमा आएको अनुमान गरिएको छ (रेग्मी : ३३) । यसका प्रणेता कपिल ऋषिलाई मानिएको छ। बुद्धले सांसारिक सुखभोग त्याग गरेर ज्ञानको खोजीमा हिड्दा साङ्ख्य र योगदर्शन अध्ययन गरेको कुरा बौद्ध महर्षि अश्वघोषद्वारा रचित “बुद्धचरत” नामक ग्रन्थमा उल्लेख छ (उही) ।
यो दर्शन जनताबिच अति नै लोकप्रिय भएकाले अध्यात्मवादीहरू यसको विचार अपनाउन बाध्य भएको र पछि धुत्र्याइँपूर्ण तरिकाले आध्यात्मिक पक्षलाई प्रवेश गराइएको हो भन्ने पनि भनाइ छ । अविकसित अवस्थामा रहेको ‘प्रधान’ नामको आदीत्व अथवा पदार्थबाट विश्वको प्रादुर्भाव भएको हुनाले यो दर्शनलाई “प्रधानवाद” नामाकरण गरिएको भन्ने भनाइ पनि पाइन्छ । प्रकृति सम्पूर्ण कार्यकारणको आधार भएको र सृष्टिको प्रस्थापना विन्दु भएकाले ‘प्रधान’ मानिएको छ ।
साङ्ख्य मतअनुसार कर्म स्वयम् आफ्नो कारणमा निहित हुन्छ र कुनै पनि सत्ता वा निरीक्षणको आवश्यकता पर्दैन । बौद्धदर्शनभन्दा साङ्ख्य दर्शन जेठो भएकाले दर्शनशास्त्रीहरू बुद्ध र साङ्ख्य दर्शनबाट प्रभावित रहेको तर्क गर्छन् । त्यसलाई इन्कार गर्न सकिन्न । बुद्धले आफ्नै हिसाबले परिवर्तनको शृङ्खला खण्डित हुने विचार राखे पनि परिवर्तनको गति उतारचढावको रूपमा जोडिन्छ भन्ने वर्णन गरेका छन् । प्रकृतिलाई नै सृष्टिका निम्ति प्राथमिक तत्त्व मानिएको हुनाले साङ्ख्य दर्शनलाई पनि हेराल्क्टिस, दिदेरो, फायरवाख र माक्र्सको अद्धैतवादको नजिक राख्न सकिन्छ (रेग्मी : ४१) । यो दर्शनले ज्ञानको श्रोतको रूपमा प्रमाणलाई प्राथमिकता दिन्छ ।
साङ्ख्य मतअनुसार कर्म स्वयम् आफ्नो कारणमा निहित हुन्छ र कुनै पनि सत्ता वा निरीक्षणको आवश्यकता पर्दैन । बौद्धदर्शनभन्दा साङ्ख्य दर्शन जेठो भएकाले दर्शनशास्त्रीहरू बुद्ध र साङ्ख्य दर्शनबाट प्रभावित रहेको तर्क गर्छन् । त्यसलाई इन्कार गर्न सकिन्न ।
कपिलको समय कार्ल माक्र्सको भन्दा धेरै पिछडिएको अवस्थामा थियो । उनले वरपर देखिएका र भोगिएका घट्नाक्रम र तर्कका आधारमा नै निस्कर्ष निकालेका हुन् । यस्तो प्रतिकूल अवस्थामा भौतिकवादमा आधारित भएर व्याख्या–विश्लेषण प्रस्तुत गर्ने काम साधारण र सजिलो काम थिएन, ज्यादै कठिन र मत्त्वपूर्ण थियो ।
वैशेषिक दर्शनले प्रकृति तथा जगत्को बारेमा यथार्थ जानकारी लिन विशेष उद्देश्यका साथ अधि बढेको दर्शन भएकाले वैशेषिक भनिएको हो भन्ने तर्क छ । प्रत्येक वस्तुको भरपूर उपयोग गर्नुपर्छ भन्ने स्वभाव भएका महर्षि कणाद यस दर्शनका प्रेरणा हुन् । कणको अर्थ अणु भएको र उनी परमाणुवादको प्रेरता भएकाले पनि कणाद नाम रहन गएको भनाइ छ । कणादको जीवनावधि ठिक ठिक भन्न नसकिए पनि ईसापूर्व दशौँ र छैटौँ शताब्दीबिचका भएको अनुमान गरिएको छ (रेग्मी : २३) । यो दर्शन न्याय, बौद्ध र जैनदर्शनभन्दा पुरानो मानिएको छ ।
न्यायदर्शनले पदार्थको सङ्ख्या १६ मान्छ र वैशेषिक दर्शनले केवल सात मात्र मान्दछ । वैशेषिक दर्शनले जीवजन्तु र पदार्थमा पाइने गति र परिवर्तन वस्तु स्वयम्मा भएको परमाणुबिचको सम्बन्ध र टकरावका कारणले उत्पन्न हुन्छ भन्ने मान्दछ ।
कणादका अनुसार पदार्थ अनन्तकालसम्म रहिरन्छ कसैले निर्माण गर्न र नाश गर्न सक्दैन । पदार्थ भनेको द्रव्य, गुण र कर्मको संयुक्त रूप हो, जुन निरन्तर गतिमा हुन्छ । वैशेषिक दर्शनको पदार्थमा अलग–अलग भाग मिलेर सम्पूर्ण बन्ने, फेरि त्यो सम्पूर्ण साना साना टुक्रामा विभक्त हुने क्रम चालु रहन्छ भन्ने भनाइ द्वन्द्ववादमा आधारित देखिन्छ । यो दर्शनअनुसार दुई परमाणुको संयोगबाट एउटा अणु बन्छ । अणुहरू मिल्दै जाँदा वस्तुको आकार बढ्दै जान्छ र आँखाले देख्न सकिने अवस्थामा पुग्छ । ब्रह्माण्ड समस्त अणु–परमाणुको अन्तिम योग हो । वैशेषिक दर्शनअनुसार ज्ञान भनेको बाह्य जगत्को यथार्थलाई आत्मामा पु¥याएर अनुभवको कसौटीमा घोटेर निस्कर्ष निकालिने प्रकृया हो ।
चार्वाक दर्शन अति नै प्राचीन पूर्वीय दर्शन हो । यसका प्रणेतामध्येका एउटा चार्वाकलाई मानिएको छ । वेद, महाभारत, रामायण र अन्य धेरै पौराणिक ग्रन्थमा यो दर्शनको प्रसङ्ग बयान गरिएकाले यो प्राचीन पूर्वीय दर्शन भएको पुष्टि हुन्छ ।
यो दर्शन पनि अनिश्वरवादी दर्शन हो । यो दर्शनका धेरै विश्लेषण आधुनकि भौतिकवादी दर्शनसँग मेल खान्छ । त्यति धेरै प्राचीनकालको विश्लेषण भएर पनि पूर्वीय दार्शनिकहरू पाश्चात्य दार्शनिकभन्दा पछि हैन, अघि थिए भन्ने कुराको प्रमाण खोज्न टाढा जानुपर्दैन ।
पाश्चात्य समाजमा छिटो पुँजीवादको विकास भएको र पूर्वीय समाजलाई सामन्ती दलदलमा फसाउनमा योगदान पुगेका कारण धार्मिक भावनालाई बल पुगेको मात्र हो ।
चार्वाक दर्शन अति नै प्राचीन पूर्वीय दर्शन हो । यसका प्रणेतामध्येका एउटा चार्वाकलाई मानिएको छ । वेद, महाभारत, रामायण र अन्य धेरै पौराणिक ग्रन्थमा यो दर्शनको प्रसङ्ग बयान गरिएकाले यो प्राचीन पूर्वीय दर्शन भएको पुष्टि हुन्छ । चार्वाक दर्शनका प्रणेतामध्येमा देवताका गुरु वृहस्पति पनि एउटा भएको वर्णन पाइन्छ । यो दर्शनलाई लोकायत दर्शन पनि भनिन्छ । यो दर्शनको अवधि आठौँ शताब्दी ईसापूर्वदेखि छैटौँ शताब्दीको मध्यमा उदय भएको थियो (समिर सिंह : ७१) । यो दर्शनले स्वर्ग, नर्क, मोक्ष आदिको विरोध गर्दछ ।
आदर्शवादी दार्शनिक माधव आचार्यले आफ्नो सर्वसिद्धान्त सङ्गहमा चार्वाक दर्शनको बारेमा बयान गर्दा बुद्धिमान मानिसले यो संसारमा ब्रत आदि बसेर शरीरलाई शक्तिहीन बनाउने होइन, कृषि, पशुपालन, व्यापार राजनीतिक गतिविधि आदिमा संलगन भएर प्रशस्त सुख प्राप्त गर्नुपर्छ भनेका छन् ।
शङ्कराचार्यले ब्रह्मासूत्रभाष्यमा चार्वाकको भौतिकवादी विचार प्रस्तुत गर्दैै भनेका छन्– “केही भौतिकवादी यस्ता छन्, जसले आत्मालाई शरीरका आधारमा पहिचान गर्दछन् । उनीहरूले यो सोच्दछन् कि आत्मा शरीरभन्दा स्वतन्त्र हुँदैन । उनीहरूका अनुसार तत्त्वबाट नै चेतनाको उत्पत्ति हुन्छ । त्यो नै इन्द्रिय संवेदना हो । उनीहरू यो पनि दावी गर्छन्, त्यस्तो कुनै आत्मा हुँदैन, जसले स्वर्ग अथवा मोक्ष प्राप्त गर्न सकोस् । उनीहरूका अनुसार आत्माको अस्तित्व शरीरको अस्तित्वमा नै निर्भर गर्दछ । त्यसैले यो शरीरको उउटा गुणबाहेक अरू केही होइन । यसरी आत्मा शरीरभन्दा भिन्दै केही पनि होइन ।” यो भनाइ आधुनिक भौतिकवादी दर्शनसँग पूरै मेल खान्छ । त्यसैले आदर्शवादीहरूले आफ्नो काल्पनिक ईश्वरलाई दर्शनमा स्थान दिन भौतिकवाद र भौतिकवादीलाई ब्यङ्ग्य गर्दछन् ।
यति धेरै प्राचीन दर्शनमा भौतिकवादको स्पष्ट व्याख्या गरेको हुनाले आदर्शवादीले चार्वक दर्शनका लिपि सकेसम्मको शक्ति प्रयोग गरेर समाप्त पार्न प्रयत्न गरेका रहेछन् भन्ने भनाइमा सत्यता छ भन्ने प्रमाणित हुन्छ ।
चार्वाक दर्शनको धारणानुसार सुख तथा दुःख यो संसारमा नै सम्भव छ । यो धारणा नै सत्य हो । मान्छेले आफ्नो जीवनलाई प्रेम गर्न सिकोस् । यही संसारमा बढीभन्दा बढी सुख प्राप्त गर्ने प्रयत्न गरिरहोस् । जबसम्म तिम्रो जीवन छ, सुखसित बाँच । मृत्युबाट कहिल्यै पनि बन्न सकिँदैन । एक चोटि जब हाम्रो शरीरलाई जलाइन्छ, त्यो कसरी फर्केर आउँछ ? जब मानिसको मृत्युपछि खरानीमा परिणत हुन्छ, त्यो कुनै संसारमा कहिल्यै पनि जान सक्दैन । जसलाई कुनै काम गर्ने इच्छा हुन्न, त्यस्ता कमजोर मान्छे मात्र प्रार्थनामा लिप्त हुनछन् ।
त्यसकारण यस प्रकारका झुट र आडम्बरबाट टाढा रहँदै यही संसारमा सुखी जीवनको खोजीमा अगाडि बढ्नु लोकायत दर्शनका स्पष्ट मत छ ।
विशेष गरेर पृथ्वी, जल, अग्नि र वायु—यी चार तत्त्वको क्रिया–प्रतिक्रियाको फलस्वरूप नै विविध घटना\दुर्घटना सम्भव भएको यो दर्शनको ठहर थियो ।
पूर्वीय समाजमा उपनिषद् कालपछि तथा बुद्धकालभन्दा अगावै लोकायत दर्शन एउटा सशक्त प्रणालीको उदय भयो र त्यो बेलाको रूढीग्रस्त समाजलाई भौतिक सुख र सांस्कृतिक प्रगतिको दिशामा महत्त्वपूर्ण काम गर्याे । भौतिकवादी दर्शनले यस ब्रह्माण्डको मूल कारण बाहिरको कुनै अलौकिक र रहस्यमय चेतन शक्तिलाई मान्दैन । ब्रह्माण्डभित्रकै अनादि, अनिश्वर र शाश्वत भौतिक तत्त्व मात्र हुन् भन्दछ । संसारका सम्पूर्ण घट्नाक्रम र पदार्थमा देखिने गति, परिवर्तन र विकास पनि तिनै भौतिक पदार्थमा अन्तरनिहित छ ।
तिनीहरूका अणु–परमाणुको पारस्परिक संयोजन, विघट्न र द्वन्द्वात्मक अन्तक्र्रियाका नियमबाट सञ्चालिन छन् । त्यसका लागि कुनै ईश्वरीय शक्तिको आवश्यकता नरहने र नरहेको मान्यता राख्दछ ।
भौतिकवादले चेतना पनि भौतिक तत्त्वकै एक विशिष्ट र विकसित रूप भएको मान्यता राख्दछ । भौतिक पदार्थभन्दा अलग चेतनाको कुनै स्वतन्त्र अस्तित्व रहन सक्दैन भन्ने मान्यतामा भौतिकवाद आधारित छ । यसको विपरीत आदर्शवादीले आफ्नो र विज्ञानले प्रमाणित गर्न नसक्ने काल्पनिक धारणा राख्दछ ।
न्यायदर्शनले शरीर भएन भने न त आत्माको अस्तित्व सम्भव छ, न त्यसले कुनै क्रिया गर्न सक्छ भन्दछ । मासिनको ज्ञानप्राप्तिका उपकरणको रूपमा विद्यमान इन्द्रिय आखिर भौतिक तत्त्वबाट नै निर्मित भएका हुन् । यो दर्शनले भौतिक जगत्मा प्रमाणद्वारा पुष्टि हुन सक्ने यथार्थ ज्ञानलाई मात्र प्राथमिकता दिन्छ ।
न्यायदर्शनको जन्मकाल (ईसापूर्व ३००) हुनुपर्ने विद्धानको अनुमान छ । यो दर्शनको प्रणेता महर्षि गौतम हुन् । यो महाभारत काव्यकालकै दर्शन हो । प्राचीन पूर्वीय समाजमा राज्यले विद्धानलाई ठाउँ ठाउँमा जम्मा गराएर छलफल, वादविवाद र शास्त्रार्थ गर्ने\गराउने गर्दथे । गौतमले यसै प्रकृयाको सहयोगबाट दर्शन प्रतिवादन गरेका हुन् भन्ने पनि भनाइ छ ।
यो धर्मशास्त्र र सामान्यतः मानिसले लिएका धारणालाई तार्किक पद्धतिद्वारा छानबिन गर्ने प्राचिन “अन्वीक्षिकी विद्या” को विकसित रूप हो । गौतमद्वारा सूत्रबद्ध गरिएको मौलिक न्यायदर्शनलाई भौतिकवादमा आधारित अनिश्वरवादी दर्शन मानिन्छ (रेग्मी : ७२) ।
न्यायदर्शनले चेतन तत्त्वको अस्तित्व अचेतन तत्त्वको कृयाशीलतमा निर्भर छ भन्ने गर्छ । पदार्थलाई मुख्य मान्ने र त्यसलाई मानिसको विचार, संवेदना र कल्पनाको श्रोतको रूपमा लिने माक्र्सवादी दर्शन गौतमको चेतनालाई होइन, भौतिक पदार्थलाई महत्त्व दिने न्यायदर्शनसँग मेल खान्छ ।
न्यायदर्शनले शरीर भएन भने न त आत्माको अस्तित्व सम्भव छ, न त्यसले कुनै क्रिया गर्न सक्छ भन्दछ । मासिनको ज्ञानप्राप्तिका उपकरणको रूपमा विद्यमान इन्द्रिय आखिर भौतिक तत्त्वबाट नै निर्मित भएका हुन् । यो दर्शनले भौतिक जगत्मा प्रमाणद्वारा पुष्टि हुन सक्ने यथार्थ ज्ञानलाई मात्र प्राथमिकता दिन्छ । यस अर्थमा यसलाई ‘प्रमाणशास्त्र पनि भनिन्छ (उही : ७३) । गौतम भन्छन्– “मानव इन्द्रियको वस्तुसँग सम्पर्क स्थापित भएपछि प्राप्त हुने ज्ञान सुष्पष्ट, त्रुटिहीन, भ्रमरहित र निश्चयात्मक हुन्छ ।”
न्यायदर्शनलाई तर्कशास्त्र पनि भनिन्छ । तर यो तर्क आदर्शवादीको जस्तो कोरा कल्पनामा आधारित नभई भौतिक वस्तुमा आधारित हुन्छ । न्यायदर्शनले पनि साङ्ख्य दर्शनले झैँ कारण नभई कुनै कार्य नहुने विचारलाई अघि सारेको छ । सामान्तवादी युगमा न्यायदर्शनमाथि आदर्शवादीद्वारा चर्काे आक्रमण भएकाले यसका अनुयायी भाष्यकारले दर्शनको रक्षा गर्नपट्टि नलागि आत्मसमर्पणको बाटो समाते ।
सन्दर्भसूचि
आचार्य, शेषमणि (२०५१), माक्र्सवादपूर्वको दार्शनिक विकास, कास्की : नेपाल बुद्धिजीवी परिषद् ।
खरेल, दुर्गानाथ (२०७२), दर्शनका मुख्य विषय, रुपन्देही : सङ्गिता खरेल ।
रेग्मी, रामराज (२०६४), पूर्वीय दर्शनमा भौतिकवाद, कास्की : सचेतना परिवार ।
सिंह, समीर (२०७१), पूर्वीय दर्शनमा भौतिकवादको खोजी, दाङ : बिनु केसी ।