• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोभिड–१९ ले किसानमाथि परेको असर र राज्यको दायित्व


  •   बुधबार, असार १६, २०७८ मा प्रकाशित
  • भैरवराज रेग्मी ##
    यस कार्यक्रमका अध्यक्ष महोदय, श्रद्धेय अतिथि, किसान सङ्गठनका राष्ट्रिय र स्थानीयनेता, कृषि वैज्ञानिक, कृषि अर्थविद, कृषि व्यवसायी तथा आम महिला र पुरुष किसान साथीहरू ।

    Advertisement

    हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घको तर्फबाट हाद्र्धिक स्वागत तथा अभिनन्दन गर्न चाहान्छु । कोभिड–१९ को कारणबाट मृत्यु भएका सम्पूर्ण नेपाली नागरिक र विशेष गरी किसानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उपचारमा रहनुभएका किसानहो शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

    कृषिक्षेत्र र किसानको समस्या समाधानका लागि हामी चार किसान सङ्गठनले गत चार वर्षदेखि संयुक्त कार्यक्रम गर्दै आएका छौँ । उक्त कार्यक्रममा बिभिन्न किसान सङ्घ–सङ्गठनका अलावा कृषि वैज्ञानिक, व्यावसायिक किसान, कृषि अर्थविद सरकारी वा गैरसरकारी तहमा कार्यरत कृषि विद्वान र आम महिला तथा पुरुष किसानसँग अन्तरक्रियामार्फत साझा अवधारणा बनाई मागपत्र तयार गरेर नेपाल सरकारलाई बुझाउन तयारी अवस्थामा छौँ । कोरोना महामारीको प्रथम लहरका बेलामा पनि हामीले कृषि र किसानका समस्यालाई लिएर भर्चुअल अन्र्तकृया सम्पन्न गरेका थियौँ । त्यसलाई कार्यान्वयन गर्न कोरोना महामारीको दोस्रो लहर र नेपाल सरकारको निषेधाज्ञाले यो काम अगाडि बढ्न सक्ने स्थिति नरहेको यहाँहरू सबैलाई अवगत नै छ । कोरोना महामारीको दोस्रो लहरले कृषि र किसानका समस्या झनै गम्भीर रूपमा थपिए । हामी सबै स्पष्ट छौँ, समस्या समाधान गर्ने कुरामा सरकार दायित्वविहीन भएर बसेको छ । सिन्धुपाल्चोकको मेलम्चीलगायत विभिन्न जिल्लामा बाढीपहिरोजस्ता प्रकोपले खासगरी किसान र अन्य नागरिकको अकल्पनीय क्षति पुग्न गएको छ । त्यसमा पीडित किसानको तत्कालीन राहत र दीर्घकालीन व्यवस्थाका लागि समयमै हामीले सरकारलाई सचेत गराएको थियौँ ।

    हालै सरकारले चुरेभावर क्षेत्रलाई संरक्षण गर्नुको सट्टा गिट्टीबालुवा, ढुङ्गा निकासी गरेर बजेट घाटा कम गर्ने जस्ता गैरजिम्मेवार नीति अवलम्बन गर्यो । यसले सम्पूर्ण वातागरण तथा पर्याबरण खल्बलिने र तराईका जमिन मरुभूमि बन्ने कुरा प्रष्ट छ । यसका साथै चुरे वा त्यससँग जोडिएका महाभारत पहाडी शृङ्खलाका भूभागमा मानवबस्ती र किसानलाई बाढीपहिरोले बर्सेनि गम्भीर क्षति पुर्याउँदै आएको छ । यसैले यस प्रकारको बिल्कुलै गलत नीति खारेज गर्ने माग पनि गरिसकेका छौँ । किसान र कृषि उत्पादनका लागि खेतीयोग्य जमिनको वैज्ञानिक व्यवस्थापन गरी वास्तविक किसानलाई जग्गाको मालिक बनाई स्वामित्व प्रदान गरेर उत्साहजनक वातारण सिर्जना गर्नुका सट्टा भूमि बैङ्कजस्तो दलाल पुँजीवादी शक्ति र भूमाफियालाई फाइदा पुग्ने भूमि बैङ्क ऐन ल्याइएको छ । यस प्रकारको किसान र कृषिक्षेत्र विरोधी ऐनको खारेजीको माग पनि हामीले गर्दै आएका छौँ ।

    यी सबै पक्षलाई ध्यान दिएर उपर्युक्त समयमा किसान आन्दोलन गर्नुको विकल्प छैन । तत्कालीन रूपमा यी सबै समस्या समाधानको आवाज उठाएता पनि देशको सामन्ती र अर्धऔपनिवेशिक स्वरूपमा परिवर्तन नआउँदासम्म कृषि उत्पादन र किसानका समस्या समाधान हुन सक्दैनन् भन्ने कुरा अहिलेसम्मको अनुभवले प्रष्ट पारेको छ । हाम्रो छलफल देशको आर्थिक, राजनैतिक–सामाजिक स्वरूपमा परिवर्तन गर्ने दिशामा मतैक्य हुन अत्यावश्यक छ । हाम्रा पहिलेका माग कायम छन् । कोरोना महामारीबाट परेको असर र सरकारको दायित्वसँग जोडिएका समस्यामा समेत छलफल गरेर साझा विषय बनाएर अगाडि बढ्ने कुरामा हामी जोड दिन चाहान्छौँ ।

    यसका लागि सर्वप्रथम कृषि र किसानलाई सर्वोपरि राखेर कृषिलाई आत्मनिर्भर तुल्याउन खाद्यान्न, तरकारी, नगदेबाली, फलफूल, जडिबुटी खेती र पशुपन्छी पालनमा राज्यको सम्पूर्ण ध्यानकेन्द्रित गरेर कृषि र किसानको हितमा विशेष कार्यक्रम ल्याउन र त्यसको ठोस र प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्र बनाएर देशमा राष्ट्रिय पुँजीको विकास गर्दै औद्योगिकीरणका आधार तयार गर्न बिशेष माग गर्दछौँ । यसको अभावमा देश पराधीनताको पासोमा अझ नराम्रोसँग पर्ने र देशको अर्थतन्त्र उठ्न नसक्ने राष्ट्रिय स्वाधीनता अझ खतरामा पर्ने र जनतन्त्र र जनजीविकाका कुरा पनि कमजोर भएर जाने प्रष्टसँग औँल्याउँछौँ।

    यसका साथै निम्न माग तत्काल पूरा गर्न जोड हामी दिन्छौँ :
    १) कोरोना महामारीले विश्वव्यापी रूपमा सङ्कट पैदा भएको छ । चीनको वुहानबाट सुरु भएको यो महामारीले विश्वभरिका देशलाई आक्रान्त पारी उन्नाइसौँ महिना गुज्रिसकेको छ । कोरोनाको पहिलो लहरबाट सुरु भएर दोस्रो लहर चलिरहँदा तेस्रो लहरमा प्रवेश गरिसकेको छ । यो क्रम कति अगाडि बढ्ने हो ? यसको कुनै निश्चितता छैन । कोरोना भाइरसले आफ्नो जेनेटिक स्वरूपमा परिवर्तन गर्दै लगिरहेको छ र बढी घातक बन्दै छ । यसको नियन्त्रणका लागि भ्याक्सिन उत्पादन भइरहेका छन् । यसले कोरोना भाइरसलाई नियन्त्रण गर्न प्रारम्भिक सफलता मिलेता पनि दीर्घकालीन रूपमा कति समयसम्म काम गर्ने हो ? अनुसन्धानकै गर्भमा रहेको छ । कोरोना महामारीले विश्वभरिका जनतालाई घरभित्र कैद गरेको छ । विश्व अर्थतन्त्र ध्वस्त हुन पुगेको छ । उत्पादनमा लागेका श्रमजीवी वर्ग (किसान, मजदुर) को जीवन भयावह अवस्थाबाट गुज्रिरहेको छ । उद्योग–व्यापार, कृषि उत्पादनमा गम्भीर सङ्कट पैदा भइरहेको छ । मानिसको स्वास्थ्यमाथि पनि गम्भीर अवस्था सृजना भएको छ । विश्वका विकासोन्मुख र गरिब राष्ट्रको अर्थव्यवस्था ऋणात्मक हुँदै गइरहेको छ । यो महामारीबिच पनि केही मुट्ठीभर धनी राष्ट्रहरू आफ्नो अर्थतन्त्रलाई अझ बढाउँदै लगिरहेका छन् ।

    २) कोरोना महामारीको असरले नेपालमा पनि गम्भीर रूपमा आक्रान्त बनाइरहेको छ । यसले जनताको जीवनयापन, स्वास्थ्य र कोरोना महामारीको नियन्त्रणको व्यवस्थापनमा सरकार असफल भएको छ । सामाजिक दुरी कायम राख्ने र मास्कको प्रयोग गर्ने भनी रटान लगाउनेबाहेक यसको व्यवस्थापनमा सरकार दायित्वविहीन भएको छ । किसान–मजदुरको रोजगारी, उद्योग–व्यवसायीको व्यवस्थापन र खोप तथा जनस्वास्थ्यको व्यवस्थापनमा चारैतिरबाट सरकार असफल भएको छ । खोपको व्यवस्थापन, परीक्षणको दायरा, कन्ट्याक ट्रेसिङ, आइसोलेसन र हस्पिटलको व्यवस्थापनमा सरकार हद दर्जाको गैरजिम्मेवारीपन देखिएको छ । यस महामारीबिच अर्थतन्त्र चलायमान गराउन सरकारसँग कुनै योजना छैन । नाम मात्रको अर्थ परिचालन वा जनस्वास्थ्य व्यवस्थापनको उदाहरण दिएर सरकारले जनताबाट वाहावाहीको निर्लज्जतापूर्वक माग गर्दछ । यस्तो बेलामा सत्तापक्षले संविधान, नियम–कानुनको पर्वाह नगरी संविधानलाई निकम्मा बनाई अराजक र तानाशाही शासन अघि बढाइरहेको छ भने सत्ताबाहिरका विपक्षी कसरी कुर्सीमा पुग्न सकिन्छ भनेर कोरोना महामारीको नियन्त्रणका लागि दायित्वबाट पन्छेर राजनैतिक सङ्कट पैदा गराइरहेका छन् । २०६२–६३ को जनान्दोलनबाट प्राप्त सीमित अधिकार पनि गुम्ने गम्भिर खतरा उत्पन्न भएको छ । देश निरन्तर प्रतिगमनको दिशातिर धकेलएको छ । यस प्रकारको गम्भीर सङ्कटमा ६५ % श्रमभार ओगट्ने किसान सबैभन्दा बढी मारमा परेका छन् । मजदुरको अवस्था त झन सङ्कटग्रस्त छ । आधा आकाश ओगट्ने महिला किसानको अवस्था त झनै भयावह छ । नगन्य अनुदानको खोप दिएर वाहावाही बटुल्न खोज्ने सरकारले उत्पादनमा लाग्ने किसानको रोजीरोटी, स्वास्थ र खोपको व्यवस्थापनमा सरकारसँग एजेन्डा नै छैन ।

    ३) यो स्थितिमा हामी चार किसान सङ्घ–सङ्गठनले बृहत् भर्चुअल अन्तरक्रिया गरेर तत्कालीन र दिर्घकालीन समस्याको पहिचान गरी सरकारलाई चेतावनी दिने र किसानको एउटै आवज बनाएर सशक्त किसान आन्दोलनको तयारी गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको छ । त्यसैले निम्न बुँदामा सबै किसान नेता, कृषि वैज्ञानिक, अर्थविद, व्यवसायी र आम किसानबिच छलफल गरी कोरोना महामारीको असरबाट मुक्त हुन र किसानको समस्या समाधानको लागि साझा मुद्दा बनाएर अघि बढ्न आह्वान गर्दछौँ ।

    ४) छलफलका विषयहरू :

    विशेष प्रस्ताव
    यतिबेला सर्वप्रथम कृषि र किसानलाई सर्वोपरि राखेर कृषिलाई आत्मनिर्भर तुल्याउन खाद्यान्न, तरकारी, नगदेबाली, फलफूल, जडिबुटी खेती र पशुपन्छी पालनमा राज्यको सम्पूर्ण ध्यानकेन्द्रित गरेर कृषि र किसानको हितमा विशेष कार्यक्रम ल्याउन र त्यसको ठोस र प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्र बनाएर देशमा राष्ट्रिय पुँजीको विकास गर्दै औद्योगिकीरणका आधार तयार गर्न विशेष माग गर्दछौँ । यसको अभावमा देश पराधीनताको पासोमा अझ नराम्रोसँग पर्ने र देशको अर्थतन्त्र उठ्न नसक्ने राष्ट्रिय स्वाधीनता अझ खतरामा पर्ने र जनतन्त्र र जनजीविकाका कुरा पनि कमजोर भएर जाने प्रष्टसँग औँल्याउँछौँ ।

    क) कोरोना महामारीको नियन्त्रणका लागि टेस्टिङ, ट्रेसिङ, आइसोलेसन र उपचारको सर्वसुलभ व्यवस्था गर्ने ।

    ख) खाद्यवस्तु उत्पादन गर्ने किसान नै भोकमरीमा परेको, संयुक्त राष्ट्र सङ्घसहित नेपालको संविधानमा समेत उल्लेखित खाद्य सम्प्रभुता स्वीकार गरिएको खाद्य अधिकारबाट वन्चित किसान अधिकार प्राप्त गर्ने ।

    ग) किसानलाई कोभिड–१९ बाट नियन्त्रणका लागि शरीरमा इम्युनिटी पैदा गर्ने पोषक आहारको सर्वसुलभ व्यवस्था ।

    घ) कोभिड–१९ विरुद्ध लगाइने खोपको किसानलाई प्राथमिकता दिने ।

    ङ) कोरोना महामारीबिच कृषि उत्पादनलाई चलायमान बनाउने र कृषि उत्पादनको किसानलाई लाभकारी मूल्य पाउने गरी बजारीकरणको व्यवस्था गर्ने ।

    च) कोरोना महामारीको नियन्त्रणपछि पनि किसानको समस्याको समाधानका लागि आवश्यक योजना बनाउनुपर्ने ।

    छ) प्राकृतिक प्रकोपबाट पीडित किसानलाई तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्ने ।

    ज) बालीनालीको उत्पादनमा प्राकृतिक प्रकोप, किराफट्याङ्ग्रा र जङ्गली जनावरबाट हुने हानी–नोक्सानीको क्षतिपूर्तिको व्यवस्थापन गर्ने ।

    झ) भूमिको व्यवस्थापन, सिँचाइँ र वैज्ञानिक कृषि प्रणालीको व्यवस्था । भूमि बैङ्कसम्बन्धी कानुन खारेजी हुनुपर्ने । वित्तीय संस्था (बैङ्क र ऋण बचत सहकारी) मा चक्रवृद्धि व्याजको अन्त्य हुनुपर्ने । कृषि बिमाअन्तर्गत बाली बिमासमेत लागु हुनुपर्ने, कृषिमा एकाधिकार पुँजीवाद र बहुराष्ट्रिय कम्पनीको प्रवेशमा रोक लगाउने ।

    ञ) सरकारी अनुदान र सहुलियतमा वृद्धि गर्नुपर्ने ।

    ट) अनुदान र सहुलियतमा भइरहेको भ्रष्टाचार तथा कमिसन र सबै प्रकारका भ्रष्टाचारको अन्त्य हुनुपर्ने ।

    ठ) केही मुट्ठीभर धनी राष्ट्रले एकाधिकार कायम गरी विश्वका गरिब र विकासोन्मुख राष्ट्रलाई खोपबाट बन्चित गराइएकोप्रति सशक्त विरोध गर्ने र सबै जनतालाई खोप उपलब्ध गराउन पर्ने आवश्यकतामा नेपाल सरकारको तर्फबाट तुरुन्त व्यवस्था हुनुपर्ने ।

    ड) सरकारको प्रतिगामी कदम र कुर्सीको लडाइले ल्याएको राजनैतिक सङ्कटको अन्त्य हुनुपर्ने ।

    ढ) भारतबाट भइरहेको कालापानी लगायत सीमाक्षेत्रमा भएको अतिक्रमण, दशगजा क्षेत्रभित्र निरन्तर रूपमा बनाइरहेको बाँधले नेपालको तराईमा कृषि भूमि र बस्तीमा बाढीले डुबानमा पारिरहेकाले उक्त बाँध निर्माणलाई बन्द गर्न नेपाल सरकारले भारत सरकारसँग तुरुन्त वार्ता गर्नुपर्ने ।

    (२०७८ असार १६ गते आयोजित भर्चुअल अन्तरक्रियामा अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घको तर्फबाट अप्फाका अध्यक्ष रेग्मीद्वारा प्रस्तुत आधारपत्र)

    बुधबार, असार १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.