• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विचारको आवरणमा अनुशासनविहीनता


  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • चेतनाथ आचार्य ##
    प्रारम्भमा नै यो स्पष्ट पार्नुपर्ने आवश्यकता छ कि संसारका हरेक पार्टीमा अन्तरविरोध हुनु स्वाभाविक हो । अन्तरसङ्घर्षले पार्टीलाई जीवित र गतिशील बनाउन मद्दत गर्दछ । अन्तरसङ्घर्ष नभएको पार्टी विनाशको दिशातर्फ उन्मुख हुन्छ । पार्टीभित्र बेलाबखतमा तीव्र मतभेद चल्नु विकासको सामान्य नियम हो । पार्टीभित्र चल्ने मैत्रीपूर्ण अन्तरसङ्घर्षले पार्टीलाई एकताबद्ध बनाउँछ । कहिलेकाहिँ पार्टीभित्रको विवादले शत्रुतापूर्ण रूप पनि लिन्छ । यसलाई सापेक्षतामा बुझ्नुपर्ने हुन्छ । लेनिनले पार्टीभित्रको एकता, अन्तरसङ्घर्ष, फुट वा विद्रोहलाई द्वन्द्वात्मक तरिकाले बुझ्नुपर्ने कुरामा जोड दिनुभएकोछ । तसर्थ पार्टीलाई गतिशील बनाउन द्वन्द्व र अन्तरसङ्घर्ष आवश्यक र अनिवार्य हुन्छ ।

    Advertisement

    वर्गीय समाजमा चल्ने अन्तरविरोधको प्रतिबिम्ब कम्युनिस्ट पार्टीभित्र पनि पर्ने कुरा स्वीकार गरिसकेपछि के के विषयमा अन्तरसङ्घर्ष हुन्छ भन्ने विषयमा पनि जानकारी राख्नुपर्ने हुन्छ ।

    वर्गीय समाजमा चल्ने अन्तरविरोधको प्रतिबिम्ब कम्युनिस्ट पार्टीभित्र पनि पर्ने कुरा स्वीकार गरिसकेपछि के के विषयमा अन्तरसङ्घर्ष हुन्छ भन्ने विषयमा पनि जानकारी राख्नुपर्ने हुन्छ ।

    मुख्यतया कम्युनिस्ट पार्टीभित्र सिद्धान्त, राजनीति, सङ्गठन र कार्यशैली आदि विषयमा अन्तरसङ्घर्ष चल्दछ । त्यसबाहेक अन्य कैयौँ विषयहरू, जस्तै– आर्थिक हिनामिना, अनैतिकता, अनुशासनविहीनता, गुटबन्दी, पदलोलुपता, महत्त्वकाङ्क्षाजस्ता अनेकौँ विषयमा अन्तरसङ्घर्ष चलिरहेको हुन्छ र यो निरन्तर चलिरहने प्रक्रिया हो । एउटा अन्तरविरोध समाधान भइसकेपछि पुनः नयाँ अन्तरविरोध पैदा हुन्छन् ।

    कम्युनिस्ट पार्टीले विशेषतः महाधिवेशनपूर्व फरक विचारका बिच फोरममार्फत अन्तरसङ्घर्ष सञ्चालित गरेको हुन्छ । केन्द्रीय समितिले निर्णय गरेको अवस्थामा अरू बेला पनि तलदेखि माथिसम्म अन्तरपार्टी सङ्घर्ष चलाउन सकिन्छ । विषयको गम्भीरतालाई विचार गरेर खुला बहस पनि सञ्चालन गरेका कैयौँ उदाहरण पनि पाइन्छन् ।

    महाधिवेशनपूर्व सञ्चालन भएका दुई लाइनका सङ्घर्ष महाधिवेशन सम्पन्न भई निर्णय लिएको अवस्थामा स्वतः समाप्त भएर जान्छन् । यदि महाधिवेशनले गरेको फैसला चित्त नबुझेमा वा कथंकदाचित् गलतै निर्णय भएको रहेछ भने पनि आफ्ना मतभेदलाई सुरक्षित राख्दै पुनः भविष्यमा उठाउन पाउने अधिकारको ग्यारेन्टी गरिएको हुन्छ । पार्टीका तल्ला समिति वा सदस्यले आफ्ना मत वा आलोचना माथिल्लो समितिमार्फत वा सिधै केन्द्रमा पठाउन, केन्द्र वा अन्य समितिको विरोध वा आलोचना गर्न, यहाँसम्म कि नेतृत्व परिवर्तन गर्नका लागिसमेत माग गर्ने ढोका खुला राखिएको हुन्छ । तर यी सबै कार्य विधानले व्यवस्था गरेको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ । विधानले निर्धारण गरेको सीमा नाघेर स्वच्छन्दता र मनपरितन्त्रको बाटो समात्ने र महाधिवेशनको फैसला कार्यान्वयन नगर्ने सुविधा वा छुट कसैलाई पनि हुँदैन ।

    पार्टीभित्र विचारमा बहस हुँदा भिन्न भिन्न पार्टी सदस्यका विचारमा मेल वा बेमेल हुन सक्छ । त्यही दौरानमा विचार मिल्ने र नमिल्नेका बिचमा अलग अलग विचार समूह पनि बन्न सक्दछन् । छलफलकै क्रममा कुनै एजेन्डामा कसैसँग मेल हुन सक्छ भने कसैसँग नहुन सक्छ । भन्नुको तात्पर्य कुनै एजेन्डामा अल्पमतमा रहेका कामरेडहरू फेरि अर्को एजेन्डामा बहुमतमा रहन सक्छन् । बहसको क्रममा बनेका समूहको प्रकृति पनि अस्थायी प्रकारको हुन्छ । निर्णय लिइसकेपछि त्यस्ता समूहहरू स्वतः निस्कृय भएर जान्छन् । यदि छलफलका बेला बनेका समूहलाई स्थायी रूप दिन खोजियो भने त्यो लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने कुरा हो । अझ पार्टीभित्र छुट्टै समानान्तर सङ्गठन बनाएर त्यसको आधारमा सङ्गठनात्मक गतिविधि सञ्चालन गर्ने कार्य त प्रथम दृष्टिमै गलत र खारेजयोग्य हुन्छ ।

    सिद्धान्तसँग सम्बन्धित दुई लाइनको सङ्घर्ष बहस र छलफलको माध्यमबाट, राजनीतिसँग सम्बन्धित अन्तरविरोध महाधिवेशन, सम्मेलन वा भेला आदिबाट, सङ्गठनसँग सम्बन्धित अन्तरविरोध सङ्गठनात्मक सिद्धान्तका आधारमा र कार्यशैलीगत अन्तरविरोध आलोचना–आत्मालोचनाको माध्यमबाट समाधान गरिन्छ ।

    पार्टीभित्र सिद्धान्त, राजनीति, सङ्गठन र कार्यशैलीमा चल्ने सङ्घर्ष समाधान गर्ने विधिप्रक्रिया र पघति पनि फरक फरक छन् । सिद्धान्तसँग सम्बन्धित दुई लाइनको सङ्घर्ष बहस र छलफलको माध्यमबाट, राजनीतिसँग सम्बन्धित अन्तरविरोध महाधिवेशन, सम्मेलन वा भेला आदिबाट, सङ्गठनसँग सम्बन्धित अन्तरविरोध सङ्गठनात्मक सिद्धान्तका आधारमा र कार्यशैलीगत अन्तरविरोध आलोचना–आत्मालोचनाको माध्यमबाट समाधान गरिन्छ । सिद्धान्त वा विचारसँग सम्बन्धित अन्तरसङ्घर्षको छलफलको स्वतन्त्रताको ग्यारेन्टी सम्बन्धित समितिको बैठक, भेला वा सम्मेलनमार्फत गरिएको हुन्छ । त्यसै गरेर बेलाबखत्मा आर्थिक अनियमितता, अनैतिकता, बलात्कार, अनुशासनविहीनता आदिजस्ता गतिविधिसँग सम्बन्धित अन्तरविरोध उत्पन्न हुन्छन् । आर्थिक अनियमितता, अनैतिकता, अनुशासनविहीनता आदिजस्ता गतिविधिसँग सम्बन्धित अन्तरविरोधलाई पार्टीबाट निस्कासन गरेर, पदलोलुपता र महत्त्वाकाङ्क्षाबाट उत्पन्न अन्तरविरोधलाई पदलोलुपता र महत्त्वाकाङ्क्षी प्रवृत्तिलाई निरुत्साहन गरेर, विभेद छ भने विभेदको अन्त्य गरेर र वर्गीय अन्तरविरोधलाई सर्वहारा श्रमजीवी वर्गलाई नेतृत्वमा स्थापित गरेर समाधान गर्न सकिन्छ ।

    जहिले पनि पार्टीभित्रको अन्तरसङ्घर्ष मैत्रीपूर्ण हुन्छ । कहिलेकाहिँ पार्टीभित्र घुस्न सफल दुस्मनका एजेन्ट अवसरवादी तत्त्वले पार्टी कब्जा गर्ने अवस्था आएमा त्यो सङ्घर्षको रूप शत्रुतापूर्ण पनि हुन सक्छ । पार्टीको क्रान्तिकारी विचार रक्षाका लागि विद्रोहको बाटो समात्नुपरे पनि क्रान्तिकारीहरू पछि पर्दैनन् ।

    माथि सामान्यतः पार्टीभित्र चल्ने अन्तरसङ्घर्ष र समाधान गर्ने विधिप्रक्रिया र पद्धतिको बारेमा सङ्क्षिप्त चर्चा गरियो । अब हाम्रो पार्टीभित्र वा बाहिर अहिले जे जस्ता बहस र छलफल चलिरहेका छन्, तिनीहरू माक्सवादी–लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको आलोकअन्तर्गत छन् कि छैनन् भन्नेबारे विचार गर्ने छौँ ।

    आठौँ महाधिवेशनलगत्तै कथित अल्पमतवालाहरूले गोप्य भेलाको आयोजना गरेर नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ महाधिवेशनको समीक्षा र तात्कालिक कार्ययोजनासम्बन्धी आधारपत्र तयार गरी गोप्य रूपमा पार्टीभित्र पठाएका थिए । त्यो दस्तावेजमा दुई वटा कुरा उल्लेख गरिएको छ : प्रथम, आठौँ महाधिवेशनले दक्षिणपन्थी कार्यदिशालाई वैधानिकता दिएको छ । दोस्रो– कार्यकर्तालाई यथास्थितिवाद, दक्षिणपन्थी अवसरवाद, आत्मसमर्पणवादका विरुद्ध विचारधारात्मक सङ्घर्षलाई अगडि बढाउन आह्वान गरिएको छ ।
    यो उनीहरूको पार्टीभित्र समानान्तर पार्टीगठनको पहिलो र अन्तिम योजनाबद्ध थालनी होइन । वास्तवमा आठौँ महाधिवेशन पूर्वदेखि नै विचारको आवरणमा अनुशासनविहीनताको अवस्था सृजना गरेर संस्थागत गुटबन्दीका भरमग्दुर प्रयत्न हुँदै आएको थियो । सबैजसो साथीहरू यस विषयमा जानकार नै हुनुहुन्छ । यसको अर्थ पार्टीमा वैचारिक मतभेद छँदै थिएनन् भन्ने कदापि होइन । आठौँ महाधिवेशन सम्पन्न भएपछि तात्कालिक अवस्थाका सबै मतभेद समाधान भएका थिए ।

    आठौँ महाधिवेशन भएको पनि अब दुई वर्ष बितिसकेको छ । यो दुई वर्षको अवधिमा खुला वा गुप्त रूपमा जुन गतिविधि सञ्चालन गर्ने प्रयत्न गरिएको छ, ती सबै गतिविधि लेनिनवादी सङ्गठनात्मक सिद्धान्तका विपरीत छन् । कम्युनिस्ट पार्टीको कुनै पनि सदस्यले पार्टी र क्रान्तिको हित विपरीत काम गर्न सक्दैन । ऊ क्रान्तिप्रति इमानदार हुन्छ । कठिनभन्दा कठिन परिस्थतिमा पनि उसको क्रान्तिकारी निष्ठामाथि औला ठड्याउने ठाउँ हुँदैन । तर अहिले एकथरि मान्छेहरू रातदिन पार्टीको बद्नाम गर्ने, पार्टीको गोपनीयता भङ्ग गर्ने, सर्कुलर सार्वजनिक गर्ने, जहाँ अनुशासनविहीन गतिविधि देखा पर्दछन् त्यहाँ उचाल्ने, क्या बात् भन्ने गरिरहेका छन् । उक्त कार्य गरेबापत् आफूलाई स्वघोषित एक नम्बर क्रान्तिकारी भनी प्रचार गरिरहेका छन् । अर्काथरि तिनै न्यूनतम नैतिकता नभएका तत्त्वलाई काँधमा बोकेर क्रान्तिकारी छलाङ मार्ने दुस्वप्न देखिरहेका छन् । म सोध्न चहान्छु, यस्ता विचित्रका विजातीय र विरोधाभाषपूर्ण गतिविधिले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग कहाँनेर साइनो राख्दछ ?

    कम्युनिस्ट पार्टीको कुनै पनि सदस्यले पार्टी र क्रान्तिको हित विपरीत काम गर्न सक्दैन । ऊ क्रान्तिप्रति इमानदार हुन्छ । कठिनभन्दा कठिन परिस्थतिमा पनि उसको क्रान्तिकारी निष्ठामाथि औला ठड्याउने ठाउँ हुँदैन ।

    माथि नै उल्लेख गरिएको छ कि पार्टीभित्र समानान्तर सङ्गठन बनाएर त्यसको आधारमा सङ्गठनात्मक गतिविधि सञ्चालन गर्ने कार्य प्रथम दृष्टिले नै गलत र खारेज योग्य छ । बताइरहन आवश्यक छैन कि यस्ता कार्यहरू महाधिवेशनअघि देखि अहिलेसम्म निरन्तर भइरहेका छन् । कुरो विचारको होइन, विचार त आवरण मात्र हो । विधानको परिधिमा रहेर अन्तरसङ्घर्षका लागि पार्टी जहिले पनि खुल्ला छ । प्रश्न पार्टीभित्रको अनुशासनलाई कसरी खल्बल्याउन र कमजोर बनाउन सकिन्छ भन्ने कुरासँग सम्बन्धित छ । चाहे त्यो पत्रिका प्रकाशनदेखि लिएर अध्ययन मण्डलको गठन होस् वा सामाजिक सञ्जालमा अफवाह मच्चाउने अभियान नै किन नहोस्, जागरण अभियानको गठनको उद्देश्य पनि तात्कालिक कार्ययोजनाको अङ्ग हो । जागरणका समग्र गतिविधि पार्टी विरुद्ध परिलक्षित छन् । जागरण अभियान पार्टीबाट निस्कासित अनुशासनविहीन तत्त्वको डम्पिङ साइट बनेको छ । सबै गतिविधि पार्टीलाई कसरी ध्वस्त गराउन सकिन्छ भन्ने अभिप्रायले अभिप्रेरित देखिन्छन् र सुविचारित र योजनाबद्ध तरिकाबाट सञ्चालित छन् । मानिलिऊ, एकछिनका लागि साँच्चिकै पार्टीले अन्याय र विभेद गर्यो रे भने पनि विभेदका कारण संस्थागत गुटबन्दी गर्न पाइन्छ ?

    हाँक अहिले पार्टी विरोधी केन्द्रको रूपमा प्रयोग भइरहेको छ । हाँकमा प्रकाशित सामग्रीको अध्ययनबाट सजिलै बुझ्न सकिन्छ कि ती सामग्री पार्टीको विरोध गर्नमा नै केन्द्रित छन् । पार्टीका विरोधमा लेखिएका लेख, समाचार र वक्तव्य प्रकाशन गर्ने हतियार बनेको छ; अथवा, हाँकलाई पार्टीका विरुद्ध जेहाद छेड्न प्रयोग गरिएको छ ।

    हाँक साप्ताहिक पत्रिका पार्टीलाई हस्तान्तरण नगर्ने नीति सुविचारित र योजनाबद्ध थियो भन्ने कुरा अब स्पष्ट भइसकेको छ । यसमा कसैले दुविधा मान्नुपर्ने आवश्यकता छैन । पार्टीले हाँक बन्द गर्ने निर्णय गरेपछि हाँकलाई न्याय दिने भन्दै का. सरोज शर्माको क्रान्तिकारी विरासतलाई भजाएर पार्टीलाइ खुला चुनौती दिने काम गरियो । हाँक अहिले पार्टी विरोधी केन्द्रको रूपमा प्रयोग भइरहेको छ । हाँकमा प्रकाशित सामग्रीको अध्ययनबाट सजिलै बुझ्न सकिन्छ कि ती सामग्री पार्टीको विरोध गर्नमा नै केन्द्रित छन् । पार्टीका विरोधमा लेखिएका लेख, समाचार र वक्तव्य प्रकाशन गर्ने हतियार बनेको छ; अथवा, हाँकलाई पार्टीका विरुद्ध जेहाद छेड्न प्रयोग गरिएको छ ।

    उनीहरूले एउटा नयाँ सिद्धान्त प्रतिपादन गरेका छन्, त्यो हो विरोधका लागि विरोधको सिद्धान्त । नेकपा (मसाल) ले कुनै विषयमा विरोध गर्यो भने त्यसको समर्थन गर्ने, समर्थन गर्यो भने विरोध गर्ने, जुन केपी ओलीले चालेको प्रतिगमनकारी कदमको सन्दर्भमा अभिव्यक्त गरेको विचार “ओलीले गरेको प्रतिगमन राजनैतिक प्रतिगमन होइन, संवैधानिक प्रतिगमन हो । सर्वोच्चले संसद पुनस्र्थापना गरिसकेपछि प्रतिगमन भनिरहनुपरेन” जस्ता तर्क गरेर प्रतिगमनको पक्षपोषण गर्नुले कसको सेवा गर्छ ?

    गण्डकी प्रदेसमा राजमो सांसद कृष्ण थापाले पार्टीको ह्विप उल्लङ्घन गरे, जसले राष्ट्रिय राजनीतिमा एक किसिमको तरङ्ग ल्यायो । यो घटना राजमोका लागि पनि अकल्पनीय बनेको छ । तर अराजक तथा अनुशासनविहीन तत्त्वका लागि यो घटना हटकेक बनेको छ । सामाजिक सञ्जालमा उनको समर्थनमा व्यापक स्टाटस लेखिए । गण्डकी प्रकरणबारे अनेकौँ लेखमार्फत् पार्टीको कार्यदिशा दक्षिणपन्थी करार गर्न खोजियो भने कृष्ण थापाको कदमलाई जायज र आवश्यक भन्दै प्रशंसा गरियो । प्रतिक्रियावादी तथा अवसरवादीका लागि पार्टीभित्र देखिने यस्ता खालका विजातीय क्रियाकलाप प्रिय लाग्नु स्वाभाविक हो । तर आफूलाई धुरन्धर क्रान्तिकारी ठान्नेका लागि पनि प्रिय लाग्नु आठौँ आश्चर्य भएको छ ।

    आफ्ना हरेक अनुशासनविहीन र अराजक गतिविधिलाई विचारको दमनको नाम दिएर उनीहरूका गुप्त सहयोगीको मद्दतबाट पार्टीको विषेश महाधिवेशनको माग गर्न प्रशिक्षण चलाइरहेका छन । सङ्गठनात्मक सिद्धान्तको खुल्ला अतिक्रमणका भद्दा नमुना यीभन्दा अरू हुन सक्दैनन् । अनुशासित पार्टीनिर्माणको विरोध गर्ने र पार्टीमा अराजकता र स्वच्छन्दता कायम गर्ने प्रवृतिलाई लेनिनले सङ्गठनात्मक पुच्छरवादको सङ्ज्ञा दिनुभएको छ । वर्तमान नेतृत्वले पार्टीभित्र सृजना गर्न खोजिएको अराजकता र अनुशासनविहीनतालाई संस्थागत र विधिसम्मत तरिकाले नियन्त्रण गर्न खोजिरहेको छ ।

    आफ्ना हरेक अनुशासनविहीन र अराजक गतिविधिलाई विचारको दमनको नाम दिएर उनीहरूका गुप्त सहयोगीको मद्दतबाट पार्टीको विषेश महाधिवेशनको माग गर्न प्रशिक्षण चलाइरहेका छन । सङ्गठनात्मक सिद्धान्तको खुल्ला अतिक्रमणका भद्दा नमुना यीभन्दा अरू हुन सक्दैनन् ।

    अन्त्यमा, नेपाल कम्युनिस्ट पार्टी (मसाल) को गत २०७७ साउन २४ र २५ गते सम्पन्न केन्द्रीय समितिको बैठकले पारित गरेको शुद्धीकरणसम्बन्धी प्रस्तावको बुँदा नं. २३ मा उल्लेखित निम्न भनाई “विश्वको र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि त्यसरी विभिन्न छद्म रूपमा आउने अवसरवादी प्रवृत्ति अन्त्यमा नाङ्गिएर वा पराजित भएर जान्छन् । तर आफ्नो समयमा तिनीहरूले पार्टीमा वा क्रान्तिकारी आन्दोलनमा भ्रम दिने गर्दछन् र पार्टीका कैयौँ इमान्दार साथीमा पनि उनीहरूले भ्रम पैदा गर्दछन् । त्यो कुरा अहिले पार्टीमा देखा परेको चरम प्रकारको अराजकतावादी र अनुशासनविहीन प्रवृति वा पार्टीमा सङ्गठित रूपले भइरहेको गुटबन्दीबारे पनि सत्य हो । अन्त्यमा त्यो पराजित हुने छ र पार्टी र क्रान्तिका बृहत्तर हितमा त्यसलाई पराजित गर्नैपर्दछ” उद्धृत गर्दै यो आलेख अन्त्य गर्न चाहन्छु ।

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.