• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जातीय विभेदको ‘शान्त तलाउ’मा ढुंगा हान्ने रुपाहरु !


  •   शनिबार, असार १२, २०७८ मा प्रकाशित
  • लक्ष्मी चौधरी

    Advertisement

    सञ्चारकर्मी रुपा सुनारले काठमाडौंमा डेरा खोज्दा भोगेको जातीय विभेदको घटना यतिबेला चर्चामा छ । पुस्तौंदेखि विभेद गर्दै र सहँदै आएको नेपाली समाजमा रुपा सुनारको नियति दलित समुदायले पाइलैपिच्छे भोग्दै आएको पीडा हो । यी र यस्ता घटनालाई वर्षौंदेखि चलिआएको परम्परा भन्दै प्रायः पीडितहरुले आफ्नै जात वा कर्मलाई दोष दिएर चुपचाप सहिदिन्छन् अनि परिवर्तनको वकालत गर्नेहरुले पनि नजरअन्दाज गरिदिन्छन् । परिणाम मान्छे मान्छेबीचको विभेद पुस्तान्तरण हुँदै समाजबाट हट्नै नसक्ने गरी जरा गाडेर बसेको छ।

    यदाकदा केही घटनाले मात्र यसखाले चर्चा पाउने गर्दछन् र त्यसले विभेदकारी समाजका लागि गम्भीर धक्का दिन्छ । अहिले रुपा सुनार प्रकरणले जातीय विभेदको ‘शान्त तलाउ’ मा ठूलै छाल उत्पन्न गरिदिएको छ । यो घटना चर्चामा आउनुको मुख्य कारण अन्यायकाविरुद्ध पीडित नै अगाडि आउनु हो । यसखालका अधिकांश घटनाहरु दबिएरै सेलाउँछन् । रुपाले यसको प्रतिकार गर्नु उनमा भएको क्षमता र आत्मविश्वासको परिणाम हो, जो प्रशंसनीय छ ।

    अरु व्यक्तिहरुले जस्तै, आफ्नो जात लुकाएर उनी पनि चुपचाप कतै डेरा खोजेर बस्न सक्थिन् वा आफ्नो नियति र भाग्यलाई दोष दिँदै ती ‘घरभेटी आमा’ लाई पुरै वेवास्ता गर्न सक्थिन् । तर रुपाले त्यसो गरिनन् । आफूमाथि भएको विभेदलाई समाजसामु छर्लङग पारिदिइन् र विभेदकारी महिलालाई कानुनबमोजिम कारबाही गर्न माग गरिन्, ताकि जातीय छुवाछुत गर्नेहरुले केही न केही पाठ सिकुन् ।

    तर, समाज र राज्य व्यवस्था त्यति सहज हुन्थ्यो भने हजारौं रुपाहरुले पुस्तौंदेखि आफू पनि मानिस नै हुँ, मेरो शरीरमा पनि अरुको जस्तै रातै रगत बग्छ भनेर प्रमाण पेश गरिरहनु पर्दैनथियो । जुन घरभेटीले जातीय विभेदको ‘अपराध’ गरेर प्रहरी हिरासतमा पुगिन्, राज्यव्यवस्था सञ्चालनको जिम्मेवारी पाएको मन्त्री नै उनलाई छुटाउन दलबलसहित पुगे । अझ सामाजिक सञ्जालमा त रुपा सुनारलाई नै दुत्कार्दै कयौं मानिसहरु यसरी प्रस्तुत भए कि, मानौं जातीय छुवाछुत गर्न पाउनु कथित माथिल्लो जातकी घरभेटीको अधिकार हो । ‘अपराध’ त त्यो डेरा खोज्दै आउने केटीको हो जसले आफू तल्लो जातको भनेर जान्दाजान्दै पनि कथित माथिल्लो जातको घरमा डेरा खोज्न पुगी । अनि विभेदकारी उनका वचन चुपचाप सहनुको सट्टा घरभेटीलाई नै पुलिस लगाएर पक्राउ गराइदिई ।

    मानौं जातीय छुवाछुत गर्न पाउनु कथित माथिल्लो जातकी घरभेटीको अधिकार हो । ‘अपराध’ त त्यो डेरा खोज्दै आउने केटीको हो जसले आफू तल्लो जातको भनेर जान्दाजान्दै पनि कथित माथिल्लो जातको घरमा डेरा खोज्न पुगी । अनि विभेदकारी उनका वचन चुपचाप सहनुको सट्टा घरभेटीलाई नै पुलिस लगाएर पक्राउ गराइदिई ।

    वास्तवमा रुपाको घटना त एउटा उदाहरण मात्र हो । दलित भएकै कारण काठमाडौंमा डेरा नपाएर हैरानी ब्यहोर्नुपरिरहेका सयौं उदाहरण छन् । मैले चिनेजानेका वा मेरा साथीहरु कतिपयले आफ्नो जात र थर लुकाएर डेरामा बस्ने गरेको बताउँछन् । यसरी बस्दा उनीहरुले आफूलाई घरभेटी र वरपरकाले आफ्नो वास्तविक जात थाह नपाओस् भनेर जहिल्यै तनाव लिइरहनु पर्छ । आफ्नो अस्तित्व लुकाएर बस्नुपर्दा मान्छेलाई कति मानसिक तनाव होला त्यो त भोग्नेलाई नै थाह हुने कुरा भयो । जातकै कारण सधैँ तनाव लिएर बस्नुपर्ने मानिसले कसरी आफ्नो क्षमता वृद्धि गर्न सक्छ ?

    यो त काठमाडौंमा डेराको समस्याको कुरा भयो । जातीय विभेदको समस्या यतिमा मात्रै सिमित छैन । के गाउँ के शहर, के पहाड के तराई हरेक क्षेत्र र समुदायभित्र विभेद छ । फरक यति हो की गाउँघरमा सानै झुपडी भए पनि मानिसको आफ्नो ‘घर’ हुन्छ । शहरमा शिक्षा, रोजगारीको शिलशिलामा अरुको घरमा डेरा लिएर बस्नुपर्ने बाध्यता हुन्छ । हुन त घरमूलीले आफ्नो घर कसैलाई भाडामा दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने अधिकार उसैको हो । तर जातकै कारण डेरा नदिनु भनेको सामाजिक अपराध नै हो ।

    वास्तवमा छुवाछुतलाई राज्यले दण्डनीय अपराध मानेपनि राज्यकै तर्फबाट यो संस्थागत भइरहेको छ । हामीले जहिलेसम्म आफ्नो नामको पछाडि फलानो जात भनेर झुुन्ड्याइरहन्छौं, जातीय व्यवस्था रहिरन्छ । जातीय व्यवस्था रहनुको अर्थ छुवाछुत र भेदभाव पनि कायमै रहनु हो । यो पुस्तौंदेखि चलिआएको चलन हो र त्यही चलनलाई हाम्रो समाजिक संस्कारले मान्यता दिँदै आएको छ । यदि साच्चिकै हाम्रो समाजबाट छुवाछुतजन्य विभेद हटाउने हो भने सर्वप्रथम हरेक नागरिकले आफैबाट सुरुवात गर्नु पर्छ । ‘म जातका आधारमा भेदभाव र छुवाछुत गर्दिनँ’ भनेर हरेक व्यक्ति प्रतिवद्ध हुनैपर्छ ।

    दोस्रो, राज्यले विभिन्न कोटा वा आरक्षणका नाममा जातीय सोच कायमै राखिदिएको छ । वास्तवमा कुनै जातको आधारमा आरक्षण (कोटा) छुटुयाउनु हुँदैन । वर्षौंदेखि पछाडि पारिएको समूदाय भनेर दलितका नाममा कोटा छुट्याउने कुरालाई सामान्यतया सकारात्मक मान्न सकिएपनि त्यसले जातीय अन्तरलाई कायमै राख्न मद्दत गर्छ । आरक्षण कोटा आर्थिक हैसियतका आधारमा छुट्याउनुपर्छ न कि जातका आधारमा । दलित भन्दैमा सबै ब्यक्तिहरु गरिब छैनन् र बाहुन क्षत्री हुँदैमा सबै शासक पनि बन्दैनन् । कयौं दलित समुदाय सम्पन्नशाली छन् । आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया जस्ता देशमा अध्ययनका लागि पठाउने क्षमता राख्छन् । कैयौं बाहुन क्षेत्रीहरु गरिबीका कारण भारतका गल्ली र अरबका खाडीहरुमा अर्काको गुलामी गर्न बाध्य छन् ।

    दलित भन्दैमा सबै ब्यक्तिहरु गरिब छैनन् र बाहुन क्षत्री हुँदैमा सबै शासक पनि बन्दैनन् । कयौं दलित समुदाय सम्पन्नशाली छन् । आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया जस्ता देशमा अध्ययनका लागि पठाउने क्षमता राख्छन् । कैयौं बाहुन क्षेत्रीहरु गरिबीका कारण भारतका गल्ली र अरबका खाडीहरुमा अर्काको गुलामी गर्न बाध्य छन् ।

    तर, जातका आधारमा दिइने कोटा र आरक्षण भारतका गल्लीहरुमा डुल्ने बाहुनले होइन, बरु सम्पन्न र टाठाबाठा दलितहरुले उपभोग गरिरहेका छन् । यसले गर्दा समाजमा अर्को विभेद खडा हुँदै गएको छ । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा रुपा सुनार र दलित समुदायको विपक्षमा उठेका आवाजहरु त्यही आरक्षणको जगबाट उत्पन्न इगोको परिणाम हो । यदी आर्थिक आधारमा जनताको संरक्षण नगरेर राज्यले जातकै आधारमा गर्ने हो भने जातीयता हट्ने होइन, बरु थप झांगिदै जाने निश्चित छ ।

    यस्तै, कतिपय आईएनजीओ, एनजीओहरुले पनि घुमाउरो ढंगले जातीयता कायमै राख्न चाहन्छन् । यसरी एनजीओ चलाउने व्यक्तिहरु प्रायः दलित समुदायकै छन् । उनीहरुले जातकै नाममा राम्रै कमाउ धन्दा चलाइरहेका छन् । यदी छुवाछुत अन्त्य भयो भने उनीहरुको कमाइ पनि बन्द हुन्छ । त्यसकारण उनीहरु मुखले जातीय व्यवस्था हटाउने कुरा गरेपनि व्यवहारमा त्यसलाई कायम राख्न मात्रै होइन अझै विभेद बढाउन चाहन्छन् ।

    हाम्रो सामाजिक संरचना र राज्यले जातीय व्यवस्था कायमै राख्न खोजेपनि त्यो हिजोकै अवस्थामा छ भन्ने होइन । छुवाछुत जस्तो कुप्रथा हट्दै पनि गइरहेको छ । अझ कतिपय समुदायमा यो प्रथा छैन वा नगन्य मात्रामा मात्रै छ । म आफू थारु समुदायमा जन्मे हुर्केको व्यक्ति, मैले आफ्नो समुदायमा छुवाछुतलाई मान्यता दिएको अनुभव गरेको छैन । थारु समुदायमा जातका आधारमा कसैलाई अछुतो मान्ने प्रचलन मैले जानेबुझेसम्म छैन । यस्तै, अन्य कतिपय जनजातीहरुले पनि छुवाछुत मान्दैनन् ।

    नेपाली समाजमा कलंकको रुपमा रहेको यस जाती प्रथालाई जतिसक्दो छिटो उन्मुलन गर्न आवश्यक छ । अहिलेको २१ औँ शताब्दिमा पनि मान्छेले मान्छेसँग छोइछिटो गर्नु भनेको मुर्खता मात्रै हो । यस्तो मुर्खतापूर्ण अन्धविश्वासमा बाँचेर सभ्य समाजको निर्माण हुन सक्दैन । हरेक सभ्य मानिसलले छुवाछुतको तलाउमा ढुंगा हान्नैपर्छ । विभेदविरुद्ध बोल्न साहस गर्ने रुपाहरुलाई सबै मिलेर अझै हौसला दिऊँ ।

    शनिबार, असार १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • २.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ३.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ४.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ५.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ६.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ७.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ८.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.