• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

स्थानीय तहले नीति-कार्यक्रम तथा बजेट बनाउँदा ध्यान दिनुपर्ने २२ महत्वपूर्ण बुँदा


  •   आइतबार, असार ०६, २०७८ मा प्रकाशित
  • डा. खिमलाल देवकोटा

    Advertisement

    अहिले स्थानीय तह नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा छन्। अन्यथा भएको अवस्थामा बाहेक हाल निर्वाचित जनप्रतिनिधिहरुका लागि यो अन्तिम नीति तथा कार्यक्रम र बजेट हुनेछ।

    निश्चय पनि स्थानीय तहले छोटो अवधिमा धेरै र देखिने काम गरेका छन्। कोभिड-१९ को व्यवस्थापन लगायतमा स्थानीय तहले गरेका कामहरु सराहनीय छ।

    केही पालिकाका पदाधिकारीलगायतका मित्रले मसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव माग्नुभएको थियो। मैले सर्सर्ती संविधान र कानुनभित्र रही केही सुझाव बुँदागत रुपमा दिएको थिएँ।

    ती सुझावलाई सबैको जानकारीका लागि सार्वजनिक गरेको छु। विश्वास छ- यी सुझावहरु पालिकाको नीति तथा कार्यक्रम र बजेट तर्जुमा लगायतका लागि उपयोगी हुनेछन्।

    पालिकाहरुको नीति तथा कार्यक्रम तर्जुमाको यस महत्वपूर्ण घडीमा यी सुझावहरु पालिका र सरोकारवाला सबैका लागि लाभान्वित हुनेछन्।

    १. नगर प्रहरी
    • नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमनसम्वन्धी नीति, कानुन, मापदण्डको निर्माण र कार्यान्वयन
    • आवश्यकताका आधारमा गठन गर्ने
    • ठाँउ परिस्थितिका आधारमा वडागत रुपमा जनताको सेवासँग आवद्ध गर्ने
    • नागरिकलाई तर्साउनेभन्दा पनि सेवकका रुपमा नगरी प्रहरीलाई उभ्याउने कार्यको थालनी गर्ने

    २. सहकारी संस्था
    • कानुनको तर्जुमा गर्ने
    • प्रत्येक नागरिकलाई सहकारीमा आवद्ध गराउने
    • वडा र टोल–टोलमा सहकारी सुपथ पसलहरु सञ्चालन गर्ने
    • उत्पादन र रोजगारीमा आवद्ध सहकारीलाई पुरस्कार दिने
    • सहकारीसँगको समन्वयमा एक घर एक रोजगारी अभियान चलाउने। विशेष गरी ग्रामिण खालका स्थानीय तह, शहरी क्षेत्रमा उद्योग वाणिज्य संघ, आदिसँग समन्वय गरेर सो अभियान अघि बढाउने।

    ३. एफ.एम.सञ्चालन
    • १०० वाटसम्मका एफ.एम लगत राखेर स्वीकृति दिने
    • सहकारीमार्फत् सञ्चालनमा जोड दिने
    • असल अभ्यासका कामहरु र उत्पादन/रोजगारीसँग सम्वन्धित समाचारहरु प्रसारणमा प्रेरित गर्ने

    ४. स्थानीय कर
    • राजश्व परामर्श समितिको क्रियाशीलता, कार्यविधि तर्जुमा
    • राजश्व सुधार कार्ययोजना, प्रदेशसँगको सहकार्य, तथ्यांकहरुको अद्यावधिक
    • सम्पत्ति करको अद्यावधिक (दायरा फराकिलो), स्वेच्छिक सम्पत्ति घोषणा अभियान
    • वडागत रुपमा कर संकलन
    • कर संकलनका आधारमा वडागत बजेट बडफाँट
    • नक्सापास दस्तुरलाई व्यवस्थित
    • न्यूनतम शूल्कमा वडागत रुपमा नक्शा निर्माण र स्वीकृत
    • करदाता मैत्री सेवा, करदाताहरुलाई पुरस्कृत

    ५. स्थानीय सेवाको व्यवस्थापन
    • नीति, मापदण्ड, कार्यान्वयन र नियमनमा जोड
    • वडातहमा पर्याप्त जनशक्ति
    • रु ५० लाखभन्दा तलका सवै कामहरु वडातहमा
    • जनशक्तिको व्यवस्थापन, वृत्ति विकास
    • कामको बाँडफाँट, पुरस्कार र दण्डप्रणाली
    • सूचना तथा सञ्चार र प्रविधिसँगको आवद्धता

    ६. स्थानीय तथ्यांक र अभिलेख संकलन
    • नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
    • हरेक सूचनाहरुको अद्यावधिक/म्युनिसिपल सेन्सस
    • अलग्गै पोर्टल

    ७. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरु
    • परियोजना बैंक तर्जुमा वर्षको रुपमा विकास गर्ने
    • आयोजना तथा कार्यक्रमहरुको स्पष्ट प्राथामिकीकरण
    • आम्दानी, रोजगारी र दीर्घकालीन महत्वका आयोजनाहरुलाई महत्व
    • आयोजनाहरुको वर्गीकरण (संघीय र प्रादेशिक योजनाहरको सूचीसमेत)
    • श्रम बैंकको तर्जुमा र परियोजनाहरु सञ्चालन
    • बहुवर्षीय, क्रमागत आयोजनाहरुको स्पष्ट आधार
    • राष्ट्रिय भवन संहिताको अनिवार्य रुपमा पालना
    • सुरक्षित वस्ती विकास
    • हरेक बस्तीमा दमकल, एम्बुलेन्स पुग्ने बाटो
    • ठूला मेसिनरी सामग्री/डोजर प्रयोगमा निरुत्साहित, लेबर इन्टेन्सिव (श्रमिकमा आधारित) प्रविधिमा जोड

    ८. आधारभूत र माध्यमिक शिक्षा
    • ऐन, कानुनको तर्जुमा र कार्यान्वयन
    • सहकारी विद्यालयमा जोड
    • निर्वाचित जनप्रतिनिधि र शिक्षकका छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना/प्राथामिकता
    • स्थानीय पाठयक्रम
    • शिक्षकहरुको क्षमता अभिवृद्धि, विद्यालय गाभ्ने
    • सतप्रतिशत साक्षरता अभियान (अति गरीब सिमान्तकृतका छोरा छोरीलाई छात्रावृत्ति, बाबुआमालाई रोजगार)
    • विद्यालयमा जंकफुड बन्देज/तिरस्कार अभियान चलाउने
    • विद्यालयहरुबीच प्रतिस्पर्धा, विद्यालय र शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था, कार्यसम्पादनका आधारमा अनुदान
    • सुविधासम्पन्न पुस्तकालय
    • विद्यार्थीहरुलाई उत्पादनसँग जोडन, सरकारी बाँझो जमिनको प्रयोग

    ९. आधारभूत स्वास्थ्य र सरसफाइ
    • अस्पतालको स्थापना र सुदृढीकरण
    • डक्टरसहितको जनशक्तिको व्यवस्था
    • प्रत्येक वडामा स्वास्थ्य चौकीको स्थापना सुदृढीकरण
    • घुम्ती स्वास्थ्य सेवा
    • चोक चोकमा सार्वजनिक शौचालय
    • घर घरमा नर्सिङ सेवा

    १०. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
    • स्थानीय व्यापार, उपभोक्ताको अधिकार लगायतका लागि कानुन, मापदण्डको निर्माण
    • स्थानीय उत्पादनको मूल्य निर्धारण र अन्य वस्तु तथा सेवाहरुको मूल्यमा एकरुपता
    • स्थानीय सामग्रीको दररेट निर्धारण
    • बजारहरुको नियमित अनुगमन
    • प्रत्येक वडामा बजारको व्यवस्था
    • किसानको उत्पादनलाई बजारमा सहजिकरण
    • प्लास्टिकजन्य सामग्रीको उत्पादन र वितरणमा रोक
    • नक्सापास गर्दा अनिवार्यरुपमा कम्तिमा ५ वटा रुख (अवस्था हेरेर) रोप्ने व्यवस्था
    • सार्वजनिक जमिनमा हरियाली, सडकको दाँयाबायाँ फल दिने रुखहरु

    ११. स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक, सिचाईंसम्बन्धी व्यवस्था
    • सडकको मापदण्ड, गुरुयोजना
    • अद्यावधिक विवरण
    • पालिका केन्द्र र वडाको केन्द्र पिच सडक
    • वडा, टोल–टोलमा पोखरी

    १२. गाँउसभा, नगरसभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
    • सभाको नीति, कानुन र कार्यविधी
    • विषयगत समिति, स्रोत अनुमान र बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति आदि सबैको कार्यविधी
    • महत्वपूर्ण कामहरुको दस्तावेज
    • स्थानीय अदालतको अभ्यास

    १३. स्थानीय अभिलेख व्यवस्थापन
    • सूचना तथा अभिलेख केन्द्रको स्थापना
    • सार्वजनिक सम्पति, जग्गा, आदि लगायतको अभिलेख

    १४. घरजग्गा धनीपुर्जा वितरण
    • भूमिको वर्गीकरण र लगत
    • भूमि बैंक
    • सार्वजनिक जग्गाको संरक्षण

    १५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
    • कृषि तथा पशु स्वास्थ्यसम्बन्धी स्थानीय नीति
    • कृषि बिउ केन्द्रको स्थापना
    • उन्नत जातका पशु केन्द्रको स्थापना र वितरण
    • कृषि तथा पशु क्षेत्रमा उत्पादनका आधारमा अनुदान, बिमाको सुविधा
    • माछा उत्पादनमा सहयोग

    १६. जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तको व्यवस्थापन
    • आवश्यक कानुनको तर्जुमा र कार्यान्वयन
    • जेष्ठ नागरिक क्लब, आश्रयस्थलको सञ्चालन र व्यवस्थापन
    • सासुससुरा स्यार्ने बुहारीलाई सम्मान कार्यक्रम (ठाँउ विशेषका आधारमा)

    १७. बेरोजगारको तथ्यांक संकलन
    • विवरण अद्यावधिक
    • विभिन्न निकायसँगको समन्वयमा घर घरमा रोजगारी कार्यक्रम सञ्चालन
    • श्रमप्रविधिमा जोड
    • वडा वडामा तालिम केन्द्रहरुको निर्माण र सञ्चालन
    • रोजगार सूचना केन्द्रको सञ्चालन र व्यवस्थापन
    • वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सिप र उद्यमशिलताको उपयोग
    • वेरोजार यूवालाई स्वरोजगार बन्न बिनाब्याज सहयोग

    १८. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
    • स्थानीय नीति
    • घर घरमा कृषि तथा प्राविधिक सेवा
    • टोल टोलमा सुपथ कृषि सामग्रीहरुको पसल (सहकारीको समन्वयमा)
    • पराम्परागत कृषि सामग्री निर्माणकर्ताहरुको संरक्षण र बजारीकरणमा सहयोग

    १९. खानेपानी तथा जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
    • स्थानीय खानेपानीसम्बन्धी मापदण्ड, नीति, नियमन
    • एक मेगावटसम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीय नीति र कार्यान्वयन

    २०. विपत् व्यवस्थापन
    • स्थानीय नीतिको तर्जुमा
    • अन्तरतह समन्वयमा जोड
    • राहत वितरण तथा पुनर्स्थापनामा समन्वय
    • विपद जोखिम क्षेत्रको नक्शाकंन, वस्तिहरुको पहिचान र हस्तान्तरण

    २१. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
    • स्थानीय नीति
    • परम्परागत पानी मूहानको संरक्षण

    २२. भाषा, संस्कृति र ललितकलाको संरक्षण
    • स्थानीय भाषा, संस्कृति र ललितकलाको संरक्षणसम्वन्धी नीति र कार्यक्रम
    अन्य थप केही कार्यक्रमहरु
    • कोरोनाबाट अति प्रभावित वर्ग र क्षेत्रलाई लाभ पुग्ने
    • टुक्रे आयोजनाहरु समीक्षा गरी अत्यावश्यकबाहेक सबै हटाउने
    • आयोजना छनौटको प्राथामिकता र मापदण्डलाई आधार/जोड दिने
    • आवधिक योजनासँग पूर्णआवद्धता गराउने
    • अबण्डामा बजेट नराख्ने
    • लक्षित समुदाय केन्द्रित र नतिजामुखि कार्यक्रममा जोड
    • स्वदेशी वस्तु र सेवा प्रयोगमा जोड
    • वित्तीय अनुशासन र सुशासनमा जोड
    • सहभागितामूलक योजना तर्जुमा प्रक्रिया तथा समयसीमाको कठोर पालना गर्ने
    • सार्वजनिक निजी साझेदारीमा जोड
    • जवाफदेही प्रणालीको सुनिश्चितता गर्ने, कार्यसम्पादन मापनसँग आवद्ध गर्ने
    • बालगृहहरुको निर्माण
    • प्रत्येक नागरिकको निशूल्क बैंक खाता
    • एक वा दुई छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई सम्मान/पुरस्कार
    • खेतीयोग्य जमिन बाँझो राखेमा जरिवाना, उत्पादनमा संलग्नलाई अनुदान
    • घर घरमा नर्सिङ सेवा सञ्चालन
    • शून्य होम प्रसुति सेवा
    • छोरीबुहारी उच्चशिक्षा कार्यक्रम
    • विद्यार्थीको दुर्घटनाविमा तथा विद्यार्थीसँग करेसाबारी कार्यक्रम

    नोट: राष्ट्रिय सभा सदस्य समेत रहेका संघीयताविद् डा. खिमलाल देवकोटाले व्यक्त गरेका यी धारणा उनको फेसबुकबाट साभार गरिएको हो।

    आइतबार, असार ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • २.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ३.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ४.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ५.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ६.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ७.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ८.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.