त्रिभुवन भट्टराई
भारतस्थित शोषित पीडित नेपालीहरुको हक हितमा काम गर्ने एकमात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आफ्नै प्रवाह अखिल भारत नेपाली एकता समाजको क्रियाशील सदस्य हुन पाउँदा आफूलाई गर्वले छाती थररर थर्कन्छ । आफूले आफैँलाई गर्व महसुस हुन्छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सारगर्भित इतिहास बोकेर विसाल रुपमा आज हाम्रो अगाडि विद्यमान छ ।
यो आज त्यसै सानोतिनो मिहिनेत र लगनले विसाल भएको हैन । यसमा सयौं नेताहरुको निस्वार्थ बलिदान, कैयन सहिद हरुको कुर्वानी, रेलवे स्टेशनमा कोठीभित्रबाट पन्निमा (पानी कागजमा) ल्याईदिएको दाल भात खाएर भोक मेटाउँदै, बसअड्डा हरुमा दर्जनौं रातहरुमा मच्छरलाई कटाउँदै तथा भोकै प्यासै क्लास प्रशिक्षण दिएर सम्झाउँदै बुझाउँदै अथक मिहिनेत र लगनले बनाएको संगठन हो यो ।
भारतस्थित शोषित पीडित नेपालीहरुको हक हितमा काम गर्ने एकमात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आफ्नै प्रवाह अखिल भारत नेपाली एकता समाजको क्रियाशील सदस्य हुन पाउँदा आफूलाई गर्वले छाती थररर थर्कन्छ ।
भारतमा आएका श्रमजीवी नेपालीहरुलाई सचेत समर्पित र संगठित गर्दै संगठन निर्माण गर्ने कार्य कम्ति चुनौतीपूर्ण थिएन । तर पार्टी कार्यकर्ताहरुको दृढ निश्चय र इच्छाशक्तिले झनझन मजबुत भैरहेको यो संगठनमा पटक पटक कथित अवसरवादीहरुद्वारा तोड्न तथा विभिन्न प्रकारका भ्रम फैलाउन स्थापना कालदेखि नै बारम्बार कोशिस भइरहे । अवसरवादीहरु संगठनलाई विशाल उर्जात्मक र शक्तिशाली बन्न नदिन लगातार आन्तरिक तथा वाह्य रुपमा लागि रहे पनि सचेत कार्यकर्ता, प्रशिक्षित नेताहरु र दृढ समर्पित समर्थकहरुको न्यानो मायासामु उनीहरुका हतकन्डाहरु बारम्बार भताभुङ्ग भइरहे ।
अहिले पनि भारतमा मूलप्रवाह सचेत कार्यकर्ताहरु सही नीति निर्देशन र सैद्धान्तिक धरातलबाट प्रशिक्षित नेताहरु एवम् दुरदर्शी नेतृत्वको सामुहिक प्रयास र मेहनतले मात्र सबै प्रकारका अनुशासनविहीन अराजक तथा फुटपरस्त तत्वहरुका विरुद्ध सशक्त प्रतिवाद गर्दै संगठनलाई बचाएर यहाँसम्म ल्याउन सफल भएका छौ । हामी आशावादी छौं कि मूल प्रवाहमा प्रवेश हुनुभएका नयाँ पिँडीका साथीहरुले पनि मूल प्रवाह अखिल भारत नेपालीको गौरवमय यात्रालाई सुझबुझ र विधि विधान अन्तर्गत रहेर अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नु हुनेछ ।
पाटीले हाँक प्रकरणलाई लिएर गोबिन्द सिंंह थापा र सन्त बहादुर नेपालीलाई अनुशासनको कारबाही गरेपछी उनीहरुले चरम प्रकारको गुटबन्दी, नेतृत्वमाथि चरित्र हत्या जस्ता कामहरु तीब्र बनाए ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आफ्नै कारणले कहिल्यै समस्यामा परेन । खास गरेर नेपाली कम्युनिस्ट आन्दोलनमा बारम्बार आउने उतार चढाव, टुटफुटको असर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा पनि परिरह्यो । बिगतका पुराना कुराहरु नगरौं, अहिलेकै ताजा घटना क्रमहरुलाई नजिकबाट हेर्यौं भने बुझ्न कहीँ जान पर्दैन । नेकपा (मसाल) मा भएको दुई लाइनको संघर्ष र हाँक प्रकरणमा गम्भीर प्रकारका अनुशासन उल्लंघन गर्ने कामहरु भए ।
कथित अवसरवादी केही नेताहरुले हाँक प्रकरणलाई तिलको ताहाड बनाई हौवा खडा गर्ने काम गरे । पार्टीको निर्णय के हो ? हाम्रो दायित्व के हो ? हाम्रो पृष्ठभूमी के हो ? आदी विषयलाई बेबास्ता गर्दै केही नेताहरु गोविन्द सिंह थापा र सन्त बहादुर नेपालीको नेतृत्वमा बुरुक, बुरुक गरे । पाटीले हाँक प्रकरणलाई लिएर गोबिन्द सिंंह थापा र सन्त बहादुर नेपालीलाई अनुशासनको कारबाही गरेपछी उनीहरुले चरम प्रकारको गुटबन्दी, नेतृत्वमाथि चरित्र हत्या जस्ता कामहरु तीब्र बनाए ।
मूल प्रवाह केन्द्रीय समितिले संगठन विरोधी गतिबिधिमा नलाग्न बारम्बार सुझाब, बारम्बार आलोचना, स्पस्टीकरण, लिर्पले जस्तै बिष बर्साउन थाले पछि देव बहादुर लामिछाने, महेन्द्र बस्यालसमेतलाई मूल प्रवाहले सबै पद र समितिबाट निष्कासित गर्यो ।
पछि बिभिन्न विषयमा कारबाहीमा परेका नेताहरु र हाँक प्रकरणमा कारबाहीमा परेका नेताहरु जोडिएर सन्त बहादुर नेपाली को नेतृत्वमा कथित जागरण अभियान गठन गरे । आज तिनै कथित जारणका नेताहरुको भनाईमा लागेर एकाध साथीहरुले खास गरेर दक्षिण भारतमा मूल प्रवाहको नाममा मूल प्रवाहको जरो खन्ने काम सुरु गरीरिरहेको सबैको अगाडि स्पस्ट नै छ । मूल प्रवाहको नेता हुँ भन्ने जागरणको गीत गाउने काम सुरु भएपछि मूल प्रवाह केन्द्रीय समितिले संगठन विरोधी गतिबिधिमा नलाग्न बारम्बार सुझाब, बारम्बार आलोचना, स्पस्टीकरण, लिर्पले जस्तै बिष बर्साउन थाले पछि देव बहादुर लामिछाने, महेन्द्र बस्यालसमेतलाई मूल प्रवाहले सबै पद र समितिबाट निष्कासित गर्यो ।
निस्कासन भएपछि पनि ती महासयहरुको मूल प्रवाह मै रहने इच्छा हो भने कारबाही अबधीभरि चुपचाप बस्ने र संगठनले जुन स्तरको जिम्मा दिन्छ तेही काम गर्दै जाने हुनुपर्ने हो । त्यो भन्दा दोस्रो विकल्प थिएन तर उहाँहरुले कथित जनजारणको निर्देशनमा त्यहाँ मूल प्रवाह कै नाममा मूल प्रवाहको विरुद्धमा समानान्तर संगठन पनि खोली भ्याए र मूल प्रवाहको नाममा भर्चुअल मिटिङ, प्रशिक्षण पनि सुरु भए । ति भर्चुअल मिटिङ र बैठकमा नेपालबाट जारणका घोषित नेताहरु र जागरणमा जान खुट्टा उचालेका र कतिपय नगई सकेका लाई भूपूपदबाट कार्यक्रममा कथित अतिथि सम्म बनाई कार्यक्रम हरु गरे ।
हामी मूल प्रवाहका सिपाहीहरुले कथित जागरणको भन्डाफोड गर्दै आएका भ्रमहरुलाई झाडु लगाउँदै मूल प्रवाहको विशाल शक्तिशाली र सशक्त संगठन निर्माणमा जुटौं ।
यी कृयाकलापहरु हेर्दा सबै स्पष्ट हुन्छ की उनीहरु जागरण पार्टीमा बस्ने र मूल प्रवाहको नामको माला जप्ने र निश्चित आफ्नो स्वार्थ सिद्धिको लागि प्रयास गरिरहेका छन् । तर दुवै काम साथ साथ चल्न सक्दैनन् । स्पष्ट कुरा के हो भने जागरण पार्टीमा सामेल भएका महासयहरुलाई मूल प्रवाहको नाम लिने कुनै अधिकार छैन । हामीले पनि यी मूल प्रवाहका नेता हुन् भन्ने भुल गर्न हुँदैन । हामी मूल प्रवाहका सिपाहीहरुले कथित जागरणको भन्डाफोड गर्दै आएका भ्रमहरुलाई झाडु लगाउँदै मूल प्रवाहको विशाल शक्तिशाली र सशक्त संगठन निर्माणमा जुटौं । सबै खाले अवसरवादविरुद्ब निर्ममतापूर्वक संघर्ष गरौं । यही नै नेता कार्यकर्ता तथा समर्थक शुभचिन्तकहरुको ताल्कालिन जिम्वेवारी हो ।
(लेखक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

