• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन सकिने विज्ञहरूको दावी


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • राजाराम कार्की, काठमाडौँ ।।
    धानबाली विज्ञ भन्छन्– आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपूर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषिगणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमीन झन्डै ३१ लाख हेक्टर छ ।

    Advertisement

    सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट पुस्तिकाको बुँदा नं. १०८ मा नेपाललाई आगामी पाँच वर्षभित्रमा चामलमा आत्मनिर्भर हुने घोषणा गरिएको छ । त्यसो त यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि आगामी तीन वर्षमा नेपाललाई चामलमा आत्मनिर्भर बनाइने घोषणा गरिएको भएपनि परिणाम भने प्राप्त हुन सकेन ।

    कृषिगणना नभएको पनि झन्डै १० वर्ष नाघिसकेको छ । यस अवधिसम्म कति खेतीयोग्य जमीन घडेरीकरण, खण्डीकरण वा नदीले कटान गर्यो ? त्यसको कुनै तथ्याङ्क छैन । तीन आर्थिक वर्षदेखि हरेक सरकारले बजेटमार्फत जमिन बाँझो राख्न नदिन कडा कानुन ल्याउने बताउँदै आएका छन् । गत दुई आर्थिक वर्षदेखि सरकारले बजेटमार्फत कानुनी कारबाहीको सट्टा भूमि बैङ्कलाई जग्गा उपलब्ध गराउनुपर्ने विषय उल्लेख छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को अध्यादेशमार्फत पेस गर्नुभएको बजेटमा सात प्रदेशमा नै भूमि बैङ्क स्थापना गरिने उल्लेख छ । हरेक सरकारले पटक पटक नयाँ नयाँ विषय उठान गरे पनि कार्यान्वयन हुन नसक्दा प्रत्येक साल नेपालले भारतलगायतका देशबाट प्रतिमहिना रु. दुई अर्ब ५० करोडको चामल आयात गर्दै आएको विभिन्न तथ्याङ्कमा उल्लेख गरिएका छन् ।

    बजेटको बुदा नं. १०८ मा आगामी दुई वर्षमा दुध र तरकारी, तीन वर्षमा गहुँ, मकै, कोदो र फापर, पाँच वर्षभित्रमा चामलमा आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ । भन्सार विभागका अनुसार यस आर्थिक वर्षको पहिलो छ महिनामा भारतबाट ३० करोड र अमेरिकाबाट सात लाख ३३ हजार केजी चामल नेपाल भित्रिएको छ । त्यस्तै, ३३ करोड केजी मकै भारतबाट भित्रिदा २४/२४ लाख केजी दक्षिण अमेरिकी देश ब्राजिल, अर्जेन्टिना र तीन लाख ५० हजार केजी दक्षिण अफ्रिकाबाट आयात भएको छ ।

    कृषिगणना–२०६८ ले नेपालको प्रमुख खाद्यान्न बाली धान छ, मकै १२, गहुँ छ, कोदो १९ र फापरमा ४० प्रतिशतले उत्पादनमा गिरावट आएको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसैगरी, जौँ, ३५, तोरी १३, र कोशे बालीमा २१ प्रतिशतले उत्पादन घटेको उल्लेख छ ।

    कृषियोग्य जमीनको चक्लाबन्दी, कबुलियती, सामूहिक र करार खेतीमार्फत उत्पादनको वृद्धि गरिने विषय उठान भएको चार आर्थिक वर्ष नाघिसकेको छ । प्रत्येक बजेट पुस्तिकामार्फत उक्त कुरा लेखिएको भएपनि कार्यान्वयन फितलो देखिएकाले आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुने सरकारको योजना सफल होला नै भन्न मुस्किल रहेको वरिष्ठ धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतको भनाइ छ ।

    नेपालीको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा झन्डै १५ लाख हेक्टर जमीनमा धान खेती हुन्छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको जनसङ्ख्या तीन करोड नाघिसकेको छ । सो सङ्ख्यालाई चामल पुर्याउन झन्डै ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ ।

    नेपालको उत्पादन भने जम्मा ५५/५६ लाख मेट्रिक टनमा सिमित छ ।

    हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धानरोपाइँ हुने गर्दछ । नेपालको सबैभन्दा अग्लो स्थान जुम्लामा लगाइने जुम्ली मार्सी धान विश्वमा प्रसिद्ध छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा चामलको महत्त्व छ । नेपालमा १३० जातका धानका बिउ सिफारिस भएका छन् । धानको उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ ।

    नेपालमा झन्डै १५ लाख हेक्टर जमीनमा धान खेती हुन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान १२ प्रतिशत छ । नेपालमा चैते र वर्षे धानको खेती गरिन्छ । नेपालीको मुख्य खाना भात भएकाले चामलको खपत अधिक हुने गरेको छ । मागलाई धान्न उत्पादन बढाउनुपर्ने भएपछि सरकारले धानको उत्पादन बढाउन विभिन्न परियोजना अघिसारेका थिए । परियोजना सञ्चालनबाट समेत चामलको आयात नरोकिएको उदाहरण छन् ।

    यसअघि विश्व बैङ्कको सहयोगमा सन् २००९ बाट कृषिलाई व्यावसायीकरण गर्न भन्दै व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को कार्यक्रम झन्डै एक दशक सञ्चालनमा आयो । प्याक्ट परियोजना सकिनुअघि आर्थिक वर्ष २०७३/७४ देखि नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आगामी तीन वर्षमा धानमा आत्मनिर्भर हुने योजना अघि सारेको थियो । यो परियोजना लागु भएको पनि चार वर्ष पुग्न लागेको छ तर चामलको परनिर्भरता भने चुलिएको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि रु. सात अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ ।

    राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) का पूर्व वरिष्ठ वैज्ञानिक डा. भवप्रसाद त्रिपाठीले सिँचाइका ठुला आयोजनाको तदारुकताका साथ निर्माण, चार लाख हेक्टरमा वर्षे धान खेती, तराइका धानखेती हुने जग्गामा माछापोखरी खन्न रोक, वर्षे धान खेत गर्ने किसानलाई धान सुकाउने मेशिनको उपलब्धता हुने हो भने चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि नलाग्ने बताउनुहुन्छ ।

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य
    एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
    सुनचाँदीको मूल्य वृद्धि
    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.