• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई संरक्षण नगर्न मसालको चेतावनी


  •   शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ ।

    Advertisement

    शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले घटनामा संलग्नलाई राजनीतिक संरक्षण नगर्न चेतचावनी दिनुभएको छ ।

    सो घटनामा संलग्नमध्येका एक जना सत्तारुढ दल एमालेका नेता रहेको समाचार आइरहेका बेला मसालले उनीहरुले राजनीतिक संरक्षण पाउने आशंका गरेको हो । मसालले कोरोना संक्रमित बिरामीको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्ने ठाउँमा उनीहरुमाथि नै आक्रमण हुनु निन्दनीय भएको जनाएको छ ।

    अस्पतालका अनुसार उपचार क्रममा आफ्ना मानिस ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनीहरूलगायत ४/५ जनाको समूहले बिहीबार राति डाक्टर तथा नर्सलाई आक्रमण गरेका थिए।

    आक्रमणमा संलग्न बिरामीका आफन्त दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ : ‘नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनालाई हाम्रो पार्टीले निन्दा र भ्रत्र्सना गर्दछ । स्पष्ट छ कि विश्वव्यापी रुपमा कोरोना महामारी विरुद्धको संघर्षमा चिकित्सक र स्वास्थ्यकर्मीहरू नै अग्रमोर्चामा रहेका छन् ।

    त्यसरी विश्वव्यापी महामारीको सामना गर्ने सन्दर्भमा अग्रमोर्चामा उभिएका चिकित्सक र स्वास्थ्यकर्मीप्रति सम्पूर्ण मानवसमुदाय तथा राज्यबाट संयमता अपनाई सम्मानजनक तथा समझदारीपूर्ण व्यवहार गरिनुपर्दछ । त्यो सिलसिलामा अहिलेको संकटपूर्ण घडीमा राज्य र नागरिक समुदाय सबैले सुझबुझका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्नुपर्दछ ।

    चिकित्सक र स्वास्थ्यकर्मीले जोखिमपूर्ण परिस्थितिमा पनि मानवसेवामा खटिएर कोरोना महामारीबाट मानवजातिलाई बचाउन ऐतिहासिक योगदान दिइरहेको परिप्रेक्ष्यमा भेरी अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको आक्रमण र तोडफोड अपराधजन्य छ ।

    उक्त अपराधजन्य घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई सरकारले तुरुन्त कारवाही गर्नका लागि हाम्रो पार्टीले सरकारको ध्यान आकर्षित गर्दछ । वर्तमान परिस्थितिमा त्यस प्रकारका अपराधजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कुनै पनि कारण देखाई कसैबाट पनि संरक्षण गर्ने कार्य नगरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता तथा उच्च मनोबल कायम राख्न तुरुन्त कदम उठाउनका लागि समेत हामीले सरकारसित माग गर्दछौँ ।’

    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.