• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

रणनीति र कार्यनीतिबीचको सन्तुलनको महत्त्व


  •   शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित
  • • रामप्रकाश पुरी

    Advertisement

    १. ध्यान दिनुपर्ने कुराहरु
    क. कम्युनिस्ट पार्टी सर्वहारावर्गलाई राज्यसत्ता स्थापना गर्नका लागि मार्गनिर्देशन गर्ने मार्गदर्शक मात्र होइन । सर्वहारावर्गको राज्यसत्ता स्थापना भइसकेपछि पनि वर्गीय स्वरुपको सम्पूर्ण रुपले अन्त्य गर्नका लागि मानवजातिलाई दिशानिर्देशन गर्ने मार्गदर्शक पनि हो । सम्पूर्ण विश्वलाई एक राज्यमा परिणत गर्ने र राज्यको विलोप गराएर सम्पूर्ण रुपले वर्गीय शोषणको अन्त्यको लागि अन्तिम समयसम्म अस्तित्व सहित भूमिका निर्वाह गर्ने शक्ति कम्युनिस्ट पार्टी नै हो । ख. त्यसप्रकारको महान् उद्देश्य बोकेको कम्युनिस्ट तात्कालिन परिस्थितिमा कसरी आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ ? भन्ने कुरालाई ध्यानमा राख्नुपर्दछ । ग. त्यसरी ध्यानमा राख्नुपर्ने कुराहरुमा तात्कालीन अवस्थामा गरिने कार्य र दीर्घकालिन रुपमा गरिने कार्यहरुबारे आवश्यक नीति बनाउने प्रमुख हुन् । घ. तात्कालिन अवस्थामा गरिने कार्यहरु कार्यनीति हुन् र तिनै कार्यनीतिहरुले रणनीतिलाई नजिक ल्याउने मार्ग प्रशस्त गर्दछन् । तिनीहरुको बीचको सन्तुलन र सामान्जस्यता कायम गर्ने कुरा कम्युनिस्ट पार्टीका लागि दायित्वपूर्ण हुन्छ ।

    २. क्रान्तिपूर्वको अवधि
    रणनीति र कार्यनीतिको सन्तुलन र सामन्जस्यताको प्रश्न एउटा कम्युनिस्ट पार्टीका लागि धेरै नै महत्वपूर्ण छ । रणनीतिक विषयहरु निश्चित आधारहरु तयार भइसकेपछि पूरा गरिने वा कार्यान्वयनमा ल्याइने विषय भएकोले भविष्यमा कम्युनिस्ट पार्टीले के गर्दछ भन्ने कुरा कार्यनीतिक विषयहरुको कार्यान्वयन गरिरहँदाको समयमा पनि स्पष्ट देखिन्छ । कम्युनिस्ट पार्टीले क्रान्तिको कार्यक्रम अन्तर्गत रणनीतिक विषय अन्तर्गत कुनै पनि विषयलाई समावेश गर्न सक्दछ । क्रान्तिपूर्वको अवधिमा एकप्रकारको कार्यनीति हुन्छ र क्रान्तिको अवधिमा अर्को प्रकारको कार्यनीति तय हुन्छ ।

    क्रान्तिपूर्वको अवधिमा क्रान्तिको विषय एउटा रणनीतिक विषय बनेको हुन्छ र त्यसमा सशस्त्र सङ्घर्ष, संयुक्त मोर्चा र जनसेनाको विषयलाई रणनीतिक उद्देश्यमा समावेश गरिएको हुन्छ । त्यसका लागि जनसङ्घर्ष र वैधानिक आन्दोलनलाई व्यापक बनाउने, पार्टीले बिभिन्न राजनीतिक भूमिकाहरु खेल्ने, जनसमुदायलाई क्रान्तिप्रति आकर्षित गर्ने, सङ्गठनको दायरालाई फराकिलो बनाउने, जनजीविका, राष्ट्रियता र अन्य राजनीतिक महत्वका विषयहरुसित सम्बन्धित प्रश्नहरुमा ठोस स्थितिको ठोस विश्लेषण गरेर बिभिन्न जनआन्दोलन र सङ्घर्षहरुमा अभ्यस्त हुने योजनाहरुलाई पार्टीले कार्यान्वयनमा ल्याउने गर्दछ । ती सबै योजनाहरु कार्यनीतिक हुन्छन् र तिनीहरुको उद्देश्यलाई रणनीतिक पक्षको सेवा गर्ने उद्देश्यसित सम्बन्ध कायम गराइएको हुन्छ । क्रान्ति पूर्वको अवधि भनेको वैधानिक सङ्घर्षको अवधि हो र त्यस अवधिमा पार्टीले जनताका विभिन्न हकहितका विषयहरुलाई मुखरित गर्दै राज्य र सरकारसित सङ्घर्ष गर्दछ । राष्ट्रियताको विषयलाई लिएर देशभक्ति शक्तिहरुलाई समेत साथमा लिएर देशी—विदेशी प्रतिक्रियावादी शक्तिका विरुद्ध पनि सङ्घर्ष गर्दछ । यसरी क्रान्तिपूर्वको अवधिमा पनि देश र जनताको हितका लागि नै एउटा कम्युनिस्ट पार्टीले बिभिन्न राजनीतिक तथा सामाजिक विषयहरुलाई उठाएर जनसङ्घर्षहरु सञ्चालन गर्दछ । त्यसप्रकारले क्रान्तिपूर्वको अवधिमा अपनाइने कार्यनीतिले कम्युनिस्ट पार्टीको रणनीतिक उद्देश्यसित सामान्जस्यता कायम गर्न सकेको छ वा छैन भन्ने तर्फ पार्टीले ध्यान दिएको हुन्छ र दिनु पनि पर्दछ ।

    ३. कार्यनीतिक विषय

    कार्यनीतिक विषय भनेका केवल वैधानिक सङ्घर्षका कार्यहरु मात्र होइनन् । ती विषय अन्तर्गत क्रान्तिको कालमा अपनाइने सशस्त्र सङ्घर्ष पनि पर्दछ । क्रान्तिको अवधिमा लिइने नयाँ नीति पनि कार्यनीति बन्न पुग्दछ । समाजवादी व्यवस्थामा नयाँ कार्यनीति अगाडि आउँछ र साम्यवादी व्यवस्थामा अँझ नयाँ कार्यनीति अगाडि आउँदछ । यसरी कार्यनीति भनेको तात्कालिन परिस्थितिमा अपनाइने नीति हो जो प्रयोगमा आउँदछ । सिद्धान्त, विचार वा उद्देश्यको पक्षमाथि मात्र ध्यान दिएर कस्तो कार्यनीति अबलम्बन गर्ने भन्ने कुराको अन्तिम टुङ्गो लाग्न सक्दैन । त्यसैले सिद्धान्त, विचार वा उद्देश्यतर्फ ध्यान दिंदै एउटा कम्युनिस्ट पार्टीले तात्कालिन परिस्थितिको व्याख्या गर्नुपर्दछ । त्यसलाई ठोस स्थितिको ठोस विश्लेषण पनि भनिन्छ ।

    त्यस अनुसार पार्टीले तत्कालको परिस्थितिमा खेल्ने राजनीतिक भूमिकालाई निश्चित गरिनुपर्छ । त्यो भूमिका खेल्नका लागि बनाइने योजनाहरु नै कार्यनीतिक विषय हुन् । पार्टीले ठोस स्थितिको ठोस विश्लेषण अनुसार शान्तिपूर्ण आन्दोलनको नीति तय गरेको छ भने त्यस अनुसार निर्माण हुने योजनाहरु कार्यनीति हुन् । त्यस्तै पार्टीले ठोस स्थितिको ठोस विश्लेषण अनुसार सशस्त्र सङ्घर्षको नीति तय गरेको छ भने त्यस अनुसार निर्माण हुने योजनाहरु पनि कार्यनीति हुन् । यसरी कार्यनीतिक विषयहरु पार्टीको अगाडि खडा भएका दायित्व हुन् र तिनलाई पूरा गर्नका लागि पार्टी तत्काल कार्य मैदानमा उत्रनु पर्दछ । त्यसरी पार्टीले तात्कालिन परिस्थितिमा बहन गर्ने विषयहरु कार्यनीति हुन् ।

    ४. रणनीतिक विषय

    कम्युनिस्ट पार्टी रणनीतिक विषयहरुबाट बढी भन्दा बढी मार्गदर्शित भएको हुन्छ । रणनीतिक उद्देश्यहरु महान् कार्यहरु हुन् । तिनले क्रान्ति र सङ्घर्षका बिभिन्न चरणहरु पार गरेर कार्यनीतिक रुप धारण गर्दछन् । क्रान्ति र सङ्घर्षका बिभिन्न चरणहरु पार गरिरहेको समयमा ती विषयहरु कम्युनिस्ट पार्टीका लागि उद्देश्य त बन्दछन् तर कार्यमैदानमा तिनका पूरक उद्देश्यहरु प्राप्त गर्नका लागि काम भइरहेको हुन्छ । त्यो बेलामा दीर्घकालिक महत्वका ती विषय रणनीतिक विषय बन्दछन् । रणनीतिक विषयहरुले एउटा पूर्ण युगको समेत प्रतिनिधित्व गरेका हुन्छन् । ठूलो क्रान्तिमय घटना, व्यापक उथलपूथल, उत्पादनप्रणालीमा रुपान्तरण, सांस्कृतिक रुपान्तरण, सामाजिक व्यवस्थाको स्वरुपमा नै परिवर्तन लगायतका पक्षहरुमा युगन्तकारी विचार अन्तर्निहित भएको हुन्छ । तर त्यो कुरा शान्तिपूर्ण सङ्घर्षको अवधिमा गरिने कार्यहरुको सापेक्षमा नै हो । शान्तिपूर्ण सङ्घर्ष गर्नुको उद्देश्य रणनीतिक लक्ष्यतर्फ बढ्नु नै हुन्छ । जस्तै कि अहिले ने.क.पा.(मसाल)को कार्यनीतिमा जनसङ्घर्ष प्रधान बनेको छ । पार्टीले यस विषयमा ठोस स्थितिको ठोस विश्लेषण गरेर शान्तिपूर्ण सङ्घर्षलाई प्रधान बनाएको भएता पनि शान्तिपूर्ण सङ्घर्ष नै पार्टीको अन्तिम कार्यक्रम होइन । नयाँ जनवादी व्यवस्थाका लागि सङ्घर्ष गर्नु र त्यो व्यवस्था स्थापना गर्नु, समाजवादी व्यवस्थामा प्रवेश गर्नु, साम्यवादी युगमा प्रवेश गर्नु, राज्यको विलोपमा सङ्घर्षलाई केन्द्रित गर्नु र वर्गबिहीन विश्व निर्माण गर्नु जस्ता विषयहरु क्रमिक रुपमा वैधानिक सङ्घर्षलाई कार्यनीति बनाएको बेलामा रणनीतिक विषय बन्दछन् । रणनीतिक विषयहरुले दीर्घकालिक महत्व पनि बोकेका हुन्छन् । ती रणनीतिक विषयहरु कार्यनीतिक नबन्दासम्म रणनीतिक रुपमा नै रहन्छन् ।

    नयाँ जनवादी क्रान्ति नयाँ जनवादी व्यवस्था स्थापनाका लागि सञ्चालन गरिने कार्यक्रम हो । तर त्यो कुरा त्यतिबेलासम्म रणनीतिक हुन्छ, जतिबेला नयाँ जनवादी क्रान्तिको चरणमा प्रवेश गर्नुपूर्व कैयौँ चरणहरु पार गरिंदै हुन्छ र वैधानिक सङ्घर्षमा पार्टीले योगदान गरिरहेको हुन्छ । वैधानिक सङ्घर्षको समयमा पार्टीले बिभिन्न राजनीतिक भूमिकाहरुमा काम गर्नुपर्ने अवस्था रहेको हुन्छ, त्यो कुरा तात्कालिन वस्तुगत परिस्थिति र स्वयम् पार्टीको आत्मगत स्थितिमाथि पनि निर्भर रहेको हुन्छ । त्यसैले कुनै खास क्रान्तिकारीहरुको चाहना वा सोचाइबाट क्रान्तिका योजनाहरु निर्माण हुँदैनन् । त्यसैले कम्युनिस्ट पार्टीले त्यसप्रकारको ‘क्रान्तिकारीता’बाट आफूलाई अलग गर्नुपर्दछ । कम्युनिस्ट पार्टी क्रान्तिकारी नहुने कुरा त हुँदैन, तर त्यसले गर्ने निर्णय बनाउने नीति कुनै क्रान्तिकारीलाई लागेको जस्तो नभएर वस्तुगत विश्लेषणमाथि आधारित हुन्छ । शान्तिपूर्ण आन्दोलनमा रहेको भएतापनि क्रान्तिका उद्देश्यहरुलाई कम्युनिस्ट पार्टीले दृष्टि दिइरहन्छ । तिनलाई उद्देश्य बनाएर आफ्ना नीतिहरु तय गरिरहन्छ । पार्टीका ती नीतिहरु भविष्यका लागि अपनाइने शर्तका रुपमा रहेका हुन्छन् । ती विषयहरुले रणनीतिक अर्थ र महत्व बोक्दछन् ।

    ५. पार्टीका क्रान्तिप्रतिको नीति र अन्य नीतिहरु

    पार्टीका नीतिहरु दुईप्रकारले सतहमा आउने गर्दछन् । क्रान्तिप्रति अपनाइने नीति र अन्य नीतिहरु । क्रान्तिप्रति अपनाइने नीतिले रणनीतिक विषयहरुबारे आफ्नो धारणा प्रष्ट गरेका हुन्छन् । सशस्त्र सङ्घर्षबारे नीति स्पष्ट गरेर पार्टीले क्रान्तिको नीति तय गर्दछ । जस्तै कि, नयाँ जनवादी व्यवस्थाका लागि नयाँ जनवादी क्रान्ति आवश्यक छ । तर त्यो आवश्यकता छ भन्दैमा क्रान्ति शुुरु गरिहाल्ने पार्टीको नीति हुँदैन र त्यसरी क्रान्ति पनि हुँदैन । पार्टीले क्रान्तिप्रतिको नीतिमा बिभिन्न विषयहरुलाई गम्भीरतापूर्वक ध्यान दिएर आफ्नो काम गर्दछ । क्रान्तिको आवश्यकता भएपनि क्रान्तिकारी वातावरण नभएमा क्रान्ति हुँदैन । त्यस्तै क्रान्तिकारी वातावरण तयार भएको भएतापनि क्रान्तिकारी शक्तिको अस्तित्व छैन भने वा भएपनि त्यो क्रान्तिको नेतृत्व गर्नका लागि समर्थ छैन भने त्यो बेलामा पनि क्रान्ति हुन सक्दैन ।

    यी सबै पक्षहरुमाथि ध्यान दिएर कम्युनिस्ट पार्टीले क्रान्तिप्रति नीति तय गर्दछ । ने.क.पा.(मसाल)ले क्रान्तिप्रति अपनाएको नीति ठोस स्थितिको ठोस विश्लेषणमाथि आधारित छ । हुन त कैयौँ पटक क्रान्तिको कुरा उठाएर भड्काव दिशामा पुगेका घटना नेपाली कम्युनिस्ट आन्दोलनमा छन्, तर ने.क.पा.(मसाल)ले ती सबैका विरुद्ध गर्ने बेलामा सामना गर्नुपरेका कैयौँ घटनाहरु पनि छन् । त्यसरी क्रान्तिका लागि मरिहत्ते गरेका कैयौँ पक्षहरु आज क्रान्तिका विरुद्धमा लाग्ने शक्तिका रुपमा विकास हुन पुगेका छन् । त्यसैले क्रान्तिको कुरा गरेर मात्र क्रान्तिप्रतिको दायित्व निर्वाह गर्न सकिंदैन । क्रान्तिसम्बन्धीका नीतिहरु सही भएमा मात्र क्रान्तिप्रतिको दायित्व पूरा गर्न सम्भव हुन्छ । त्यो कुरालाई कम्युनिस्ट पार्टीले विचार गर्नुपर्दछ र व्यवहारमा पनि त्यसलाई उतार्नुपर्दछ । त्यसका लागि पार्टीले ठोस स्थितिको ठोस विश्लेषण वास्तविक रुपले नै गरेर क्रान्तिप्रतिको नीति तय गर्नुपर्दछ ।

    तर कम्युनिस्ट पार्टीले क्रान्तिको नेतृत्व गर्ने भएकोले त्यसको वैचारिक पक्षमा सम्झौता गर्ने भन्ने सवाल नै हुँदैन । तर त्यसका साथै विचारमा आउने भड्कावहरुका विरुद्धमा पनि पार्टीले निर्ममतापूर्वक आफ्नो कारवाही अगाडि बढाउनुपर्दछ । तात्कालिक परिस्थितिलाई विचार गरेर पार्टीले अन्य नीतिहरु पनि बनाएको हुन्छ । बिभिन्न अन्तर्राष्ट्रिय विषयहरुले देशको राष्ट्रियतालाई छुने गर्दछन् । तिनले देशको सार्वभौमिकता र आन्तरिक मामिला समेतलाई प्रभाव पार्ने गरेका हुन्छन् । तिनीहरुका सम्बन्धमा पार्टीले आफ्नो नीति स्पष्ट गर्नुपर्दछ ।

    त्यसैगरी देशमा कुनै राजनीतिक घटनाहरु घट्छन्, त्यसबारेमा पनि पार्टीले आफ्नो दृष्टिकोणलाई स्पष्ट गर्नुपर्दछ । यी नीतिहरु तत्कालका लागि क्रान्तिका लागि हुँदैनन् तर क्रान्तिका लागि दीर्घकालिक असरदार हुन्छन् । यस्ता विषयहरुमा पार्टीको दृष्टिकोण सही हुन सक्दछ भने मात्र त्यो पार्टी क्रान्तिका लागि योग्य हुन्छ र भविष्यमा हुने क्रान्तिको नेतृत्व पनि त्यसले गर्न सक्दछ । यदि यस्ता विषयहरुमा पार्टीको सही विश्लेषण र दृष्टिकोण आउन सकेन भने त्यसले क्रान्तिको कुरा गरेको भएपनि गलत विचारहरुको नै नेतृत्व गर्न थाल्दछ । त्यसैले अन्य नीतिहरु समेतलाई पार्टीले क्रान्ति र रणनीतिक विषयहरुसित सन्तुलन कायम गरेर दृष्टिकोण निशिचत गर्नुपर्दछ ।

    ६. कार्यनीतिक र रणनीतिक विषयहरुको अन्तर्सम्बन्ध

    माथि १, २, ३, ४, ५ मा उल्लेख भएका सन्दर्भहरु कार्यनीति र रणनीतिहरु बीचमा हुने अन्तर्सम्बन्ध, तिनीहरुका बीचमा बनाइनुपर्ने सन्तुलन र सामान्जस्यतालाई पुष्टि गर्नका लागि नै हुन् । ने.क.पा.(मसाल)को आठौँ महाधिवेशनले यस सम्बन्धी यस्तो निर्देशन दिएको छ : “रणनीति र कार्यनीतिको सन्तुलन र सामान्जस्यता कायम गरेर नै हामीले क्रान्तिकारी आन्दोलनलाई सही प्रकारले अगाडि बढाउन वा त्यसको लागि आवश्यक परिस्थितिको निर्माण र्न सक्दछौँ । तर रणनीति र कार्यनीतिका बीचमा सही सन्तुलनको प्रश्न विश्व कम्युनिस्ट आन्दोलन र हाम्रो देशको पनि अत्यन्त गम्भीर, कठिन र जटिल प्रश्न हो। यसमा सही सन्तुलन कायम गर्दा देखा पर्ने थोरै पनि गल्तीबाट पार्टी वा आन्दोलन दक्षिणपन्थी वा ‘वामपन्थी’ संकीर्णवादी दिशामा जाने सम्भावना हुन्छ ।

    त्यसप्रकारका गल्तीहरुका विश्वकम्युनिस्ट आन्दोलन र स्वयम् हाम्रो देशमा पनि कैयौँ गम्भीर दुष्परिणामहरु हुने गरेका छन् । त्यसप्रकारका गल्तीहरुबाट यात कुनै देशको कम्युनिस्ट पार्टीको पूरै विघटन हुने गरेको छ वा त्यसबाट पुगेको क्षतिको पूर्तिका लागि पुनः लामो समयसम्म कडा परिश्रम गर्नुपर्ने हुन्छ ।”(राजनीतिक प्रतिवेदन तथा संगठनात्मक प्रस्ताव, पृ.४०) यसबाट पुष्टि हुन्छ एउटा कम्युनिस्ट पार्टीले मात्र रणनीति र कार्यनीतिलाई सन्तुलन र सामान्जस्यता कायम गर्न सक्दछ । रणनीतिक महत्वको विषयलाई असान्दर्भिक समयमा उठाउनाले तात्कालिक कार्यभारको उपेक्षा हुन जान्छ र रणनीतिक लक्ष्य हासिल गर्ने बाटो समेत बन्द हुन जान्छ । यसरी पार्टीले कार्यनीति र रणनीतिको विषयमा स्पष्ट नीति अपनाएको छ र ठोस स्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएको छ ।

    नेपालमा ने.क.पा.(मसाल) नै एकमात्र पार्टी हो, जसले कम्युनिस्ट मान्यताहरुलाई सही ढङ्गले कार्यान्वयन गर्दछ र त्यस अनुसार व्यवहारमा पनि प्रस्तुत हुने गर्दछ । पार्टीले अपनाएका कार्यनीतिहरुले रणनीतिहरुलाई नै मद्धत गर्दै आएकोले अहिलेसम्म पार्टीको तात्कालिन राजनीतिक भूमिका र रणनीतिक विषयका रुपमा रहेका क्रान्तिका कार्यभारहरु सम्बन्धी कुनै गडवडी पैदा भएको छैन । यो स्थिति त्यत्तिकै कायम भएको भने होइन, पार्टीलाई सही दिशामा हिडाउन निकै नै सङ्घर्षहरु हुँदै आएका छन् । त्यसका पार्टीमा फूटको समेत सामना गर्नुपरेका घटनाहरु पनि पाइन्छन् ।

    पार्टीको सही लाइनबाट भड्काउमा जाने प्रवृत्ति पहिले त क्रान्तिकारी जस्तो नै देखिन्छ, तर त्यसको अन्त्य दर्दनाक भएको छ । अहिले सम्म पार्टीले प्राप्त गरेको यो सफलता रणनीति र कार्यनीति बीचमा बनाएको सन्तुलन र सामान्जस्यताको परिणाम हो । कार्यनीतिमा अबलम्बन गरिने नीति र रणनीतिका लागि पक्षपोषण गरिने नीतिका बीचमा कुनै खाडल भएन भने त्यहाँ सन्तुलन र सामान्जस्यता कायम हुन्छ । त्यो स्थिति कायम रहँदासम्म पार्टी पनि क्रान्तिकारी रहन सक्दछ ।

    बिभिन्न राजनीतिक विषयहरु जो पार्टीका तात्कालिन कार्ययोजनाहरुमा रहेका हुन्छन् र पार्टी तिनीहरुको कार्यान्वयनमा अभ्यस्त भइरहेको हुन्छ, ती विषयहरुले रणनीतिलाई नजिक ल्याउँछन् वा ल्याउँदैनन् भन्ने कुरा आन्तरिक छलफल र निर्णयको विषय हुने भएकोले रणनीति र कार्यनीतिको सन्तुलनसँगै संगठनात्मक अनुृशासन र विधिलाई पनि ध्यान दिनुपर्दछ । एकातिर नीतिहरु बीचको सन्तुलन र अर्कोतिर संगठनात्मक अनुशासन र विधिको पक्ष एउटा कम्युनिस्ट पार्टीको अस्तित्व र विकास झल्काउने आधारहरु हुन् । एउटा कम्युनिस्ट पार्टीको योग्यता रणनीति र कार्यनीतिको तयका लागि ठोस स्थितिको ठोस विश्लेषणको वास्तविकता, तिनीहरु बीचको सन्तुलनको लागि पार्टीको कार्यव्यवहार र त्यो व्यवहार व्यवस्थित रुपले प्रकट हुनाका लागि अनुशासन र विधिको मूल्यबाट नै व्यक्त हुन्छ र हुनुपर्दछ । त्यसरी कम्युनिस्ट पार्टीले आफ्ना उद्देश्यहरु पूरा गर्न सक्दछ र लक्ष्यमा पुग्न सक्दछ ।

    ७. निष्कर्ष

    कम्युनिस्ट पार्टीलाई सशक्त बनाउनका लागि केवल विचार र सिद्धान्त मात्र काफी हुँदैनन् । व्यवहारिक जीवनमा पार्टीले क्रान्तिको कार्यभार पनि पूरा गर्नपर्ने भएकाले पार्टीले राजनीतिक तथा सांगठनिक भूमिका खेल्दै कैयौँ कार्ययोजनाहरु जनताको बीचमा लैजानुपर्दछ र आफ्नो शक्तिलाई बढाएर लैजानपर्दछ । कम्युनिस्ट पार्टीको तात्कालिक कार्यभारहरु जो कार्यनीतिका रुपमा अगाडि आएका हुन्छन्, तिनीहरु ठोस स्थितिको ठोस विश्लेषण अनुसार नै तय हुनुपर्दछ । वस्तुपरक भएर कार्यनीति, रणनीति, क्रान्तिपूर्व अपनाइने नीति, क्रान्तिकालमा अपनाइने नीति, पार्टीका बिभिन्न कार्ययोजना र अन्य बिभिन्न नीतिहरुलाई कम्युनिस्ट पार्टीले निश्चित गर्नुपर्दछ । सही विश्लेषण, सही नीति, सही कार्यनीति, सही रणनीतिहरुले पार्टीको क्रान्तिकारी छविलाई स्पष्ट गर्ने हो ।

    निर्णय र नीतिहरुमा रहने कमजोरीहरुले ने.क.पा.(मसाल)को आठौँ महाधिवेशनले उल्लेख गरे जस्तै विश्वमा कैयौँ कम्युनिस्ट भनिएका शक्तिहरुको ह्रास भएको छ । नेपालमा पनि त्यो उदाहरणको कुनै कमी छैन । त्यसैले क्रान्तिको कुरा भन्दा नीतिहरुको सन्तुलनको पक्षलाई माक्र्सवादी—लेनिनवादी ढङ्गले कायम गरेर अगाडि बढेमा मात्र क्रान्तिको भविष्यलाई नजिक ल्याउन सकिन्छ । त्यसैले कार्यनीति र रणनीतिको बीचमा अन्तर गर्न सक्नुपर्दछ र तिनीहरु बीचको सन्तुलनल र सामान्जस्यता कायम गर्नमा कम्युनिस्ट पार्टीले सँधै ध्यान दिनुपर्दछ ।

    शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.