काठमाडौं । नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिएको मुख्य सचेतक गुलावजंग शाहले बताउनुभयो ।
Advertisement
दलको बैठक बसेर सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको मुख्य सचेतक शाहले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट तीन जना मन्त्री सहभागी छन्।
कर्णाली प्रदेशमा कुल प्रदेश सभा सदस्य ४० रहेको छ । पूर्व एमालेका २० सांसद मध्ये ११ जना माधव नेपाल पक्षका र ९ जना ओली पक्षमा छन् । राजबहादुर शाही सभामुख छन्।
यस्तै, माओवादी १३, नेपाली कांग्रेस ६ र राप्रपाका सदस्य छन् ।