• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

‘उता’ सरकार गिराउने तमासा चल्या’छ : प्रधानमन्त्री ओली


  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको षडयन्त्र भइरहेको भन्दै प्रचण्ड-नेपाल समूहको गतिविधिलाई ‘तमासा’ को संज्ञा दिनुभएको छ । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै सरकार ढाल्ने षडयन्त्रमा लागेको बताउनुभयो ।

    Advertisement

    प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै गर्दा प्रचण्ड–नेपाल समूहले भने उहाँलाई संसदीय दलको नेताबाट हटाएको थियो । प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बसेर ओलीलाई संसदीय दलको नेताबाट हटाउनुका साथै पुष्पकमल दाहाल प्रचण्डलाई नेता चयन गरेको हो । सो समूहमा १११ जना सांसदले हस्ताक्षर गरेका र चार जनाको प्रतिवद्धता आएको बताइएको छ ।

    ‘उता (प्रचण्ड–नेपाल) संसदीय दलको बैठक बसेको भन्ने सुनेको छु। खोई, कुन पार्टीको हो? म संसदीय दलको नेता यहाँ छु’ ओलीले भन्नुभयो, ‘तमासा देखाएका छन् । आफ्नो दुई तिहाईको सरकार ढालेर अरुलाई लौ प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै किस्तीमा प्रधानमन्त्री पद राखेर बाँड्दै हिँडेका छन् ।’

    ओलीले सरकार ढालेपनि आफू फेरि निर्वाचनका माध्यमबाट सिंहदरबार छिर्ने बताउनुभयो ।‘सरकार त २०७३ मा पनि ढालिएको थियो । मैले भनेको थिएँ, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, ढोकाबाट छिर्छौैं भनेको थिएँ । निर्वाचनको माध्यमबाट सिंहदरबारको ढोकाबाट हामी सरकारमा आएका हौँ’ उहाँले थप्नुभयो, ‘फेरि पनि निर्वाचनकै माध्यमबाट आउँछौं।’

    अब नेपालमा हिंसात्मक द्वन्द्व छैन
    प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउनुभएको छ । ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ। यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको शान्तिको स्थिति राम्रो देखिएको थियो भने अबको प्यारामिटर धेरै माथि पुगेको छ, त्यसका लागि म विप्लवजीलाई धन्यवाद दिन्छु,’ दुई पक्षबीच भएको सहमति सार्वजनिक गर्ने कार्यक्रममा ओलीले भन्नुभयो, ‘उहाँले यो एउटै शाहसिक कदमबाट नेपाली जनताको मन जित्नुभएको छ । यो फोस्र्ड ल्यान्डिङ वा क्रयास ल्यान्डिङ पनि होइन, यो सेफल्यान्डिङ हो। ’

    विप्लवसँग रातारात सहमति भएको होइन
    प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पार्नुभएको छ । ओलीले वर्षौदेखिको वार्ताको प्रयास अहिले आएर सफल भएको बताउनुभयो ।

    ‘केहीदिन अघि मैले रातारात सहमति भन्ने सुनेँ, यो रातारात भएको होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘वर्षौंदेखि हाम्रो वार्ता चलिरहेको थियो । वार्ता गर्दा यत्ति हो हामीले नगरा बजाएर वार्ता गरेनौँ। वार्ता वार्ता झैँ गर्यौँ ।’

    उहाँले विप्लवसँग ८/१० वर्ष अगाडि भएको भेट र छलफलले अहिलेको वार्तामा विश्वासको वातावरण बनाउने काम गरेको बताउनुभयो। उहाँले त्यतिबेला केही घण्टा विप्लवसँग नेपालको राजनीतिका सन्दर्भमा कुरा गरेको बताउनुभयो ।

    शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.