• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन चैत्र २४, २५ र २६ गते बुटवलमा


  •   बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आगामी चैत्र २४, २५ र २६ गते रूपन्देहीको बुटवलमा हुने भएको छ । यसअघि सो सम्मेलन काठमाडौँमा प्रस्तावित थियो ।

    Advertisement

    राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ फागुन १९ गते जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।

    सोही दिन बुटवलमा बसेको केन्द्रीय सचिवालयको बैठकद्वारा लिइएका निर्णयहरूको जानकारी दिन सो विज्ञप्ति प्रसारित गरिएको बताइएको छ ।

    समसामयिक राजनीतिक परिस्थितिबारेसमेत राजमोको धारणा व्यक्त गरिएको सो प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

    “१. २०७७ फागुन १९ गते राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठक बुटवलमा बस्यो । यो बैठक मुख्यतः राष्ट्रिय जनमोर्चाको २०७७ चैत्र २४, २५ र २६ गते हुने चौथो राष्ट्रिय सम्मेलन तयारीको सिलसिलामा बसेको हो । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल भयो । यी विषयमा भएका निर्णयलाई आम जनसमुदायमा जानकारी गराउन यो प्रेसवक्तव्य जारी गरिएको छ ।

    २. राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको मूल नारा “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ ! सङ्घीयताको खारेज गरौँ ! भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गरौँ !” भन्ने रहेको छ । सम्मेलनमा राजनीतिक प्रतिवेदन, घोषणापत्र, विधान संशोधन र समसायिक राजनीतिक प्रस्ताव प्रस्तुत र पारित हुने छन् । सम्मेलनले नयाँ केन्द्रीय समितिको पनि चयन गर्ने छ । कोरोना प्रकोपको स्थितिमा अझ सुधार आइनसकेकाले यो राष्ट्रिय सम्मेलन प्रतिनिधिमूलक र सभाहलभित्रै सम्पन्न हुने छ । सम्मेलनमा प्रस्तुत हुने दस्तावेजको तयारी, प्रतिनिधिको चयन, प्रदेश समिति र जिल्ला समितिका बैठक, सम्मेलन सफल पार्नका लागि विभिन्न समितिको गठन तथा व्यवस्थापनसम्बन्धी कार्य तीव्र रूपमा भइरहेका छन् । राष्ट्रिय जनमोर्चा देश र जनताको पक्षमा सही निर्णय लिने र तिनको पक्षमा दृढतापूर्वक सङ्घर्ष गर्ने राजनीतिक पार्टी हो । यसले देशका राष्ट्रिय आन्दोलनमा एकल र आवश्यक पर्दा संयुक्त रूपमा सङ्घर्ष गर्दै आएको छ । यो राष्ट्रिय सम्मेलनले नेपालको राष्ट्रिय राजनीतिमा ठुलो महत्त्व राख्दछ । हामीले बुटवलमा हुन गइरहेको यो सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि देशका सबै क्षेत्रका जनसमुदायको समर्थन र सहयोग गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ ।

    ३. बैठकमा देशको समसामयिक राजनीतिको बारेमा छलफल र निर्णय भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी कदम चालेका थिए । हामीसहित देशका अन्य राजनीतिक दल, सङ्गठन, सङ्घसंस्था, नागरिक समाज आदि धेरै जनसमुदायको सङ्घर्ष र सर्वोच्च अदालतको सही निर्णयले गर्दा प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णय बदर भएको छ । संसदको पुनस्र्थापना भएको छ । तैपनि देशको राजनीतिमा अस्थिरता र अन्यौलताको स्थिति हटेको छैन । बाह्य शक्तिकेन्द्रको चलखेल झन् बढेको छ । एमसिसीजस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराउने षड्यन्त्र बढेको छ । विभिन्न साम्राज्यवादी शक्तिका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा खतरा छ । गणतन्त्र, राष्ट्रियता र धर्म निपेक्षताको रक्षा, सङ्घीयताको खारेजी, भ्रष्टाचारको रोकथामका लागि सङ्घर्षको आवश्यकता बढेर गएको छ । कतिपय राजनीतिक तथा संवैधानिक समस्या र जटिलता देखा परेका छन् । यस स्थितिमा केपी ओलीले इमान्दारीपूर्वक प्रधानमन्त्रीबाट राजीनामा दिएर र विभाजनको दोसाँधमा रहेको नेकपाको एकता कायम गरेर त्यसको निर्णयानुसार कार्य अगाडि बढाएमा देशले अहिलेको समस्याबाट निकास पाउन सक्छ । यस प्रकारले समस्या समाधान नभएको अवस्थामा जनताको आन्दोलन नै सही र अन्तिम विकल्प हुने छ ।”

    बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.