• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

पार्टीको व्यक्त विचारलाई तोडमोड नगर्न सञ्चारमाध्यमलाई मसालको आग्रह


  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले कतिपय सञ्चारमाध्यमले पार्टीले सार्वजनिक गरेको विचारलाई तोडमोड गरेर प्रकाशित/प्रसारित गरेको भन्दै यथार्थ विवरण प्रस्तुत गर्न आग्रह गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापनालाई मसालले ‘विरोध गरेको’ भनेर केही समाधार माध्यमले प्रशारित गरेको प्रति पार्टीले आफ्नो धारणा स्पष्ट पारेको हो ।

    Advertisement

    बिहीबार विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले पार्टी महामन्त्री मोहनविक्रम सिंहको भनाईलाई तोडमोड गरिएको भन्दै यथार्थ विवरण प्रस्तुत गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभयो ।

    सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसला गरे लगत्तै मसालले सो कदमको स्वागत गर्दै विज्ञप्ति निकालेको थियो भने बिहीबार महामन्त्री सिंहले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पनि संसद पुनर्स्थापनाप्रति आफ्नो पार्टीको समर्थन रहेको स्पष्ट पार्नुभएको थियो ।

    यस्तो छ, वक्तव्य
    २०७७ फागुन १३ गते बुटवलमा सम्पन्न पत्रकार भेटघाटमा ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहले व्यक्त गरेका धारणाबारे कतिपय पत्रपत्रिका वा सञ्चार माध्यममा प्रकाशित कतिपय भ्रामक समाचारप्रति हाम्रो ध्यान आकर्षित भएको छ । विषयलाई स्पष्ट गर्नका लागि यो स्पष्टीकरण जारी गरिएको छ ।

    का. मोहनविक्रम सिंहले पत्रकारहरुसितको भेटघाटमा सर्वोच्व अदालतले संसद पुनर्स्थापनाका पक्षमा दिएको फैसलालाई ने.क.पा.(मसाल)ले स्वागत गरेको बताउनु भएको थियो । त्यसका साथै संसदको विघटनको विरोध र विघटित संसदको पुर्नस्थापनाको पक्षमा संघर्षमा उत्रेका राजनैतिक पार्टी, संघ संस्था, नागरिक समुदाय र जनता समेतलाई धन्यवाद दिनु भएको थियो । सर्वोच्चको फैसलाको लगत्तै उही दिन साँझ दिएको वक्तव्यमा पनि उहाँले त्यही प्रकारको विचार व्यक्त गर्नु भएको थियो र आज बुटवलमा भएको पत्रकारसितको भेटघाटमा पनि त्यही प्रकारको विचार प्रकट गर्नु भएको थियो ।

    त्यो अवस्थामा संसदको पुर्नस्थापनालाई गलत भएको भनेर उहाँले बताएको भनी प्रसारित समाचार पुरै नै असत्य र निराधार भएको कुरा हामीले स्पष्ट पार्न चाहन्छौँ । त्यो सन्दर्भमा संसद पुनर्स्थापना भएपनि सबै राजनीति सीधा र सरल प्रकारले अगाडि बढ्न नसक्ने तथा देशको राजनीतिमा नयाँ समस्या र जटिलताहरु पैदा हुन सक्नेतर्फ पनि उहाँले सङ्केत गर्नु भएको थियो । उहाँको जोड यो कुरामा थियो कि नेकपामा फुट भएको हुनाले देशमा कुनै एउटा पार्टीको बहुमतको सरकार बन्न सक्ने सम्भावना कम भएर गएको छ । त्यो अवस्थामा देशमा राजनीतिक अस्थिरता बढ्ने तथा अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र देशभित्रका प्रतिगामी शक्तिहरुले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षताका विरुद्ध समेत खेल्न सक्ने सम्भावनातर्फ पनि उहाँले उल्लेख गर्नु भएको थियो । तर उहाँले यो दृढ विश्वास प्रकट गर्नु भएको थियो कि नेपाली जनता त्यसप्रकारका सबै देशी वा विदशी प्रतिकृयावादी शक्तिहरुका खेलहरुलाई असफल पार्दै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र राष्ट्रिय हितहरुको रक्षा गर्न सफल हुनेछन् ।

    त्यस सिलसिलामा उहाँले यी कुराहरु पनि स्पष्ट गर्नु भएको थियो । प्रथम, अहिलेको स्थिति उत्पन्न हुनुका पछाडि मुख्य रूपले ओली सरकारको कार्यशैली जिम्मेवार छ । अहिले संसदको पुनर्स्थापना भएपनि ओली सरकारले संसदको विघटन गरेर देशमा जुन घाउ लगाएको छ, त्यो घाउ पुरा हुन समय लाग्ने र त्यसका लागि धेरै मेहनत गर्नुपर्ने छ । द्वितीय, पत्रकारहरुको प्रश्नको जवाफमा उहाँले यो पनि स्पष्ट गर्नु भएको थियो, अब ओलीको लागि सबैभन्दा उपयुक्त बाटो सर्वोच्चको फैसलाको आदर गर्दै त्यसको कार्यान्वयनका लागि सहज वातावरण तयार पार्न मदत गर्नु नै हुनेछ र त्यसो गर्नु सम्पूर्ण देश र जनता तथा उनको पनि हितमा हुने छ ।

    अन्तमा का. मोहनविक्रम सिंहले संसदको पुनर्स्थापनापछि बिभिन्न रेडियो, टिभी पत्रपत्रिकाहरुलाई दिएको अन्तरवार्तामा उक्त कुराहरु स्पष्ट प्रकारले राख्दै आउनु भएको छ । त्यसप्रकारको पृष्ठभूमिमा उहाँको विचारमा गरिएको तोडमोडका लागि हामीले दुःख प्रकट गर्दछौँ ।

    २०७७ फागुन १३ गते ।
    रामप्रकाश पुरी
    प्रवक्ता

    बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)
    अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने
    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • २.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ३.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ४.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ५.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ६.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • ७.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ८.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.