• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

मनोज भट्टको प्रश्नः खोपका लागि विदेशीसँग हात फैलाउने सरकारले अर्बौं खर्चेर निर्वाचन गर्न सक्छ ?


  •   मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
  • पुष्कर भट्ट, महेन्द्रनगर ।
    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले सरकारले निर्वाचन गराउनका लागि प्रतिनिधि सभा विघटन नगरेको बताउनुभएको छ ।

    Advertisement

    मंगलबार बेलौरीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्न नभइ आफ्नो सत्ता लम्ब्याउनका लागि संसद विघटन गरेको बताउनुभयो ।

    उहाँले कोरोना विरुद्धको खोपका लागि भारत चीन लगायतका देशलाई गुहार मागिरहेको सरकारले पचासौं अर्ब रुपैयाँ खर्चेर चुनाव गर्न नसक्ने दाबी गर्नुभयो ।

    ‘ओलीले आफूलाई असहयोग गरेको आरोपमा प्रतिनिधि सभा भंग गरेका छन् । उनकै नेतृत्वमा तीनवटा बजेट र नीति तथा कार्यक्रम प्रतिनिधि सभाले पास गरेको छ’ नेता भट्टले प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्रीलाई संसदले कहाँनेर असहयोग गर्यो ? उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने आशंकामा प्रतिनिधि सभा विघटन गरेका छन् । यो चुनाव गराउनका लागि होइन, आफ्नो सत्ता लम्ब्याउनका लागि मात्रै हो ।’

    भट्टले प्रतिनिधि सभा पुनर्स्थापना गर्नु नै अहिलेको संकट निकासको प्रारम्भ भएको स्पष्ट पार्नुभयो ।

    राष्ट्रिय जनमोर्चा कञ्चनपुरले ‘गणतन्त्र, राष्टियता र धर्मनिरपेक्षको रक्षा गरौं, ओली सरकारको असंवैधानिक कदम , संघीयता र भ्रष्टाचारको विरोध गरौं, प्रतिनिधि सभा पुनस्थापना गर’ भन्ने नारासहित एक महिने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    बेलौरी बजारको भीमदत्त स्मारकमा आयोजित सभामा राजमो केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, जिल्ला अध्यक्ष रामबहादुर कार्की, तराइ मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, जातीय समता समाजका महासचिव गोविन्द विक, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कमला चौधरीले सम्बोधन गर्नुभएको थियो ।

    राजमो जिल्ला सदस्य रङ्गबहादुर चौधरीको अध्यक्षता, सचिव अहिमान थापाको स्वागत तथा कोषाध्यक्ष हरि लम्सालले संचालन गर्नुभएको कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रसान्त थापालगायतको उपस्थिति रहेको थियो ।

    मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.